दिनेश अधिकारी
भर्खरै बर्खा लागेको थियो
बडेमानको एउटा ढुङ्गोले
बालुवालाई हेर्दै स–गर्व भन्यो–.
तिमी त बगेर भरे कहाँ पुग्ने हौ थाहा छैन
म भने यत्ति गरुँङ्गो छु कि
हम्मेसी नदीको प्रवहले मलाई हल्लाउनै सक्तैन
प्रत्युत्तरमा बालुवाले भन्यो–
ठिक भन्यौ
तिमी म जस्तो हुँदै होइनौ
तर नबिर्स !
नदी भनेकी हाम्री आमा हुन्
आमाको काखमा लुट्पुटिन
तिम्रो भाग्यमा लेखिएकै छैन ।