फरेन चप्पल (कथा)

जुनेली रात थियो । रात प्रगाढ र सघन हुँदै गए पनि आँगनभरि जूनका स्नेही थोपाहरू भने तपतप चुहिरहेका थिए, भर्खरै नुहाएकी कुनै नवयौवनाको केशराशिबाट पानीका थोपा चुहिरहे झैँ । चकमन्न व्याप्त थियो ।