• ७ मंसिर २०८१, शुक्रबार

गुफाडाँडामा उक्लिँदा

blog

गुफाडाँडा जाँदै छौँ । मेलम्ची बजार छाडेर हाम्रो गाडी केही मात्र उकालिएको थियो, मेलम्चीलाई हवाईजहाजको झ्यालबाट हेरे जस्तो हेर्नुपर्ने भइसक्यो । २०७८ असारमा आएको ठुलो बाढीको त्रासदी र चर्चा अझै सकिएको छैन । यता आउनुअघि बजार खाना खाएको पाँचतले होटेल नै पनि डेढ तल्लासम्म चुर्लुम्मै डुबाएको थियो । त्यही चर्चा गाडीभित्र चल्यो । गुफाडाँडामा पु¥याउन हामीसँगै आएका स्थानीय जनप्रतिनिधि र उनका एक साथीले बाढीको बखान मात्रै गरेनन्, यो घर र त्यो घर, त्यहाँ र यहाँ भनेर गाडीको झ्यालबाटै देखाइरहे ।  

वास्तवमा गुफाडाँडा नै पुग्ने भनेर मेलम्ची आएकै होइनौँ । योजना नै थिएन यहाँ आउने । बागमती प्रदेशमा एडभेन्चर टुरिजमका लागि सम्भाव्यता अध्ययन गर्दै हिँडिरहेका हामीलाई यहाँ पुग्नु आकस्मिक पनि होइन । हाम्रो योजना वा कार्यव्रmम मेलम्चीको मेयरलाई भेटेर सिधै हेलम्बुतिर लाग्ने हो तर कुरै कुरामा गुफाडाँडाको नाम निस्क्यो । यसलाई हेर्नै पर्ने महसुस भएपछि रहर मात्रै नभएर कर पनि बन्न पुग्यो । अनि यतातिर उकालिएका हौँँ ।   

गुफाडाँडासम्म पुग्ने बाटो त फराकिलो नै बनेको रहेछ तर अफरोड । 

अघि नै टाउको दुख्न थालिसकेको, अब झन बढ्न थाल्यो भनेँ । डाँडा, दायाँबायाँ हरियो बारी तथा चौरको बिचबाट गाडी उक्लिरहेको बाहेक त्यहाँ केही थिएन । कसैले केही गर्न सक्ने अवस्था थिएन । टाउको दुखाइ बढ्दै गयो । गाडीभित्रको कुरामा मेरो ध्यान जान छाड्यो । के कुरा भएको रहेछ भनेर थाहा पाउन सहयात्रीबाटै बुझ्न सकिन्छ । म भरसक निदाउने खोजेँ । 

झलक्क निदाएँ होला, निद्रा खुल्यो । गाडी उक्लिँदै थियो । एक ठाउँमा पुगेर गाडी ढ्याक्क रोकियो । त्यहाँ चार पाँचवटा घर रहेछन् । किन रोकेको ? मेरै लागि रोकेको रहेछ । त्यहाँ घरहरू मात्रै रहेनछ, स्वास्थ्यचौकी पनि रहेछ । सिटामोल मगायो । सिटामोल बोकेर एक स्वास्थ्यसेविका निस्केर केही सोध्यो र त्यहीँ पानी लिएर औषधी खाइदिएँ । गाडी फेरि उक्लियो । 

समुद्री सतहबाट दुई हजार दुई सय पचास मिटरको टुप्पोमा लाग्दै छौँ । बाहिर घाम लागिरहेको भए पनि चिसो चिसो हुन थाल्यो । त्यस्तै बेलामा ठिही नै लाग्ने हिमाली गाउँमा चिसो लाग्नु कुन ठुलो कुरा भयो र ? धेरै माथि गएपछि हुस्सु पनि लाग्न थाल्यो । पछि त पानी पनि पर्न थाल्यो तर टुप्पो भने आएकै होइन । अझै कति जानु पर्छ ? आउनै लाग्यो भन्दाको ठाउँलाई निकै पछाडि छाडेर आइसक्यौँ । अर्को डाँडा देखाएर भने, “ऊ त्यो छ नि, ठुलो गुम्बा हो । कुन चाहिँ हो, ठुलै रिम्पोचे आएर उद्घाटन गरेको केही अघि मात्रै । उद्घाटनका बेला थुप्रै मान्छे आएका थिए ।”

“हामी त्यहीँ जाने हो ?” सोधेँ । जहाँ देखाएको हो त्यो डाँडाको टुप्पो होइन । गुफाडाँडा, डाँडाको टुप्पोमै पर्छ भनिएको थियो । केही क्षणपछि नै जवाफ पायौँ, “यही हो गुफाडाँडा, अब झर्दा पनि भयो ।”

पहिलाको संंचरना अनुसार ज्यामिरे गाउँ विकास समितिमा पर्ने यो गुफाडाँडा अहिले मेलम्ची गाउँपालिका वडा नं १० मा पर्दछ । यो डाँडाको अलि मुनि केही ओडारहरू रहेछन् र त्यहाँ बौद्ध धर्मका साधकहरू ध्यानमा बस्नका लागि प्रयोग हुने भएर नामै गुफाडाँडा राखिएको रहेछ । ध्यान बस्नुलाई गुफा बस्नु पनि भनिन्छ गाउँघरमा । पहिला यो गाईवस्तु चराउने खर्कका रूपमा थियो । हरियो चौरको बिच बिचै आइरहेको बाटैबाटो जाने हो भने अघि भनेको गुम्बा पुग्ने रहेछ । गाडी रोकिएकै ठाउँमा एउटा प्रवेशद्वार रहेछ । प्रवेशद्वारमा लेखिएको छ– गुफाडाँडा जलवायु पार्क प्रवेशद्वार । 

जिल्ला समन्वय समिति महासङ्घको आयोजना तथा समन्वय समिति सिन्धुपाल्चोकको समन्वयमा विश्वव्यापी समस्याका रूपमा आइरहेको जलवायु परिवर्तनबारे २०७५ सालमा प्रथम राष्ट्रिय जलवायु सम्मेलन भएको थियो । दुई दिनसम्म चलेको यो सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् । प्रवेशद्वार पछि सिँढीहरू छन् । दायाँबायाँ लहरै राष्ट्रिय झण्डा फर्फराइरहेको छ । त्यही सिँढी चढ्दै गर्दा जनप्रतिनिधि बोले, सतहत्तर जिल्लाका सतहत्तर वटा नै झन्डा छन् । यसको झन्डोलोत्तन जिल्ला सभापतिहरूले गरेका हुन् र माथि बिचमा अलि ठुलो झन्डा छ, त्यो चाहिँ राष्ट्रपतिबाट झन्डोलोत्तन भएको हो ।” 

“उसो भए यो राष्ट्रिय स्तरको र सबै जिल्लाको साझा पार्क भयो त, होइन ?” 

“त्यस्तै भन्नुप¥यो ।”

दायाँबायाँ राष्ट्रिय झन्डाहरू फर्फराइरहेका छन् । हामी चढ्दै गयौँ । झण्डाहरू मक्किन थालेछन्, च्यातिन थालेछन् । सिँढीमा छापिएका ढुङ्गाहरू नै पनि उप्किन थालेका छन् । जनप्रतिनिधिले मुख खोले, “सम्मेलन भयो, त्यसको सम्झनामा पार्क नै बनायौँ तर यसको मर्मत तथा देखरेखका लागि बजेटकै अभाव छ । त्यसैले सोचे जस्तो गर्न सकिरहेका छैनौँ ।” 

राष्ट्रिय जलवायु सम्मेलनलाई स्मरणीय बनाउन जलवायु परिवर्तनको असर झल्काउने स्ट्याचुलाई राष्ट्रपतिले अनावरण गरेकी थिइन् । त्यो स्ट्याचुसम्म पुग्यौँ । स्ट्याचुुमा रहेको झन्डा यसरी मक्किसकेको थियो, हेर्दै बिजोग लाग्ने अवस्था भइसकेको थियो । अर्काले छिटोछिटो त्यो झन्डा त्यसबाट निकाल्यो । जलवायु परिवर्तनबाट पृथ्वीलाई बचाउनुपर्ने वा जलवायु परिवर्तनले कुनै बेला पृथ्वी नै जोखिममा पार्ने दोहोरो सन्देशसहितको त्यो स्ट्याचुमा मानवलाई पृथ्वी बोकाइएको छ । स्ट्याचुमुनि अभिलेख छन्, “सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भन्डारीबाट प्राकृतिक स्रोत तथा सम्पदाले सम्पन्न सिन्धुपाल्चोकको गुफाडाँडामा आयोजित प्रथम राष्ट्रिय जलवायु सम्मेलन २०७५ का सन्दर्भमा निर्मित जलवायु प्रतिमाको अनावरण सम्पन्न भयो । २०७५ पुस १६ गते सोमबार ।” 

ठाउँ राम्रै रहेछ । यहाँबाट लाक्पादोर्जे, जुगल, लाङटाङ, गौरीशङ्कर हिमालहरू छर्लङ्ग देखिने रहेछ तर यति बेला कुहिरोले छोपिएका छन् । यहाँबाट इन्द्रावती, दोलखा, चौतारा, साँगागढी  र काठमाडौँका केही भाग पनि देखिने रहेछ । त्यो पनि कुहिरोका कारण देखेनौँ । ११ सय ३३ रोपनी क्षेत्रफलमा फैलिएको यो पार्कमा घुम्न भनेर युवा युवती त आउने रहेछन् तर खासै केही गर्न सकिएको छैन । केही संरचना त बनेका छन् तर पार्ककै धज्जी उडाउने गरी । बस्न भनेर केही बनेका संरचना पनि पार्कको सौन्दर्य हेर्नेको आँखा बिझाउने खालको छ । पार्क आफैँमा सौन्दर्यले भरिपूर्ण त छँदै छ, राष्ट्रिय झन्डा नै पनि आकर्षक दृश्य भइरहेका छन् । 

हामी घुम्न मात्रै आएका त होइनौँ, हेरेर यतिकै फर्कन । पर्यटनविद्का रूपमा नियुक्त भएका हामी पर्यटकीय सम्भाव्यता अध्ययन गर्दै हिँडेका । केही दिनयता हाम्रो काम नै सोध्ने मात्रै भइरहेको थियो अनि सँगै गएको अर्को पर्यटनविद्सँग छलफल र चिन्तन मनन गथ्र्यौं । गुफाडाँडाका सम्बन्धमा पनि थुप्रै जानकारी सङ्कलन ग¥यौँ । यताउता अवलोकन ग¥यौँ । यही पार्कको छेउबाट प्याराग्लाइडिङ गरेर तल झर्ने गरी पर्यटनको आइटम विकास गर्न सकिने रहेछ ।  

फेरि पानी पर्न थाल्यो । उता गुम्बातिर जाने मन भयो । अलि अगाडि बढेको पनि हो तर बाटो यसरी बिग्रन थालिसकेको रहेछ कि ड्राइभरले हिम्मत गर्न सकेनन् । फस्नुभन्दा फर्कनु राम्रो । फक्र्यौं । 

मधुपर्क