• १३ पुस २०८१, शनिबार

नियति (कथा)

blog

मन उच्चाट छ आज उसको । समय कटाउन र आवश्यक सूचना लिने विचारले खाना खानासाथ पुरानो साथी सरोजको घर पुग्यो ऊ । मध्याह्नको समय थियो । बाह्र बजेको घाम निकै चर्को, भत्भती पोल्ने ! 

सरोजको एकतले सानो घरको ढोका बन्द थियो । ढोकाको एक छेउमा बोलाउने घन्टी थियो, कलबेल ! 

“घन्टी पो बज्छ कि बज्दैन ? लोडसेडिङ सकियो भने पनि बत्ती कतिबेला जान्छ थाहा हुँदैन । अहिले पनि छ कि छैन, के पत्तो ? ठिकै छ, लोडसेडिङ रहेछ भने नबज्ला । घन्टी थिच्दैमा के पो बित्छ र ? जलस्रोतमा धनी देशको म नागरिकलाई लोडसेडिङले नलखेटेको पो कहिले छ र ?” ऊ फिस्स हाँसिदिन्छ ।  

अचम्म, घन्टी थिच्नै नपाई ढोका आफैँ खुल्यो । ढोका खोल्ने सरोज नै थियो । लवाइ हेर्दा ऊ बाहिर निस्कन लागेको  सजिलै अनुमान गर्न सकिन्थो । उसलाई देखेपछि बाहिर नदेखाए पनि मनमनै आश्चर्य मान्दै थियो ।

“ए... शिव, तिमी पो...? कहिले फक्र्यौ विदेशबाट ? आऊ..आऊ... बस !” शिवलाई देख्नासाथ अनेकौँ जिज्ञासापूर्ण प्रश्नहरू निस्किए उसका मुखबाट । शिव मनमनै अनुमान गर्दै थियो, ऊ अनिच्छापूर्वक मात्र औपचारिकता प्रकट गर्दै थियो । सजिलै अनुमान गर्न सकिन्थ्यो, ऊ तयार भएर बाहिर कतै निस्कन हतारिएको थियो । सके उसको अघिल्तिर धर्मसङ्कट उत्पन्न भएको थियो, जाउँ धेरैपछि आएको पुरानो साथीकोे अनादर हुने, नजाउँ काम बिग्रने !  

शिवलाई भने जबाफ दिने कुनै हतारो थिएन । आज दिनभर सरोजसँगै बसेर दुई जनाले विगतमा गरेका सङ्घर्ष सम्झेर वर्तमानसँग छुटकारा पाउने विचार थियो । नभए करारमा भए पनि कतै काम खाली छ कि भन्ने जानकारी पाउन सकिने उसलाई विश्वास थियो ।  

हुन पनि उसलाई एउटा जागिरको अत्यन्तै आवश्यकता थियो । भएको जागिर आफ्नै महìवाकाङ्क्षाका कारण गुमिहाल्यो । बिदा स्वीकृत नै नगराई छ महिना खाडीतिर बिताएर फर्केको उसको त्यो पुरानो जागिर कसले पो जोगाएर राखिदिन्थ्यो र ! त्यसमाथि अस्थायी जागिर ! त्यसैले फुर्सदै फुर्सद थियो अर्को जागिरको खोजीका लागि । 

“ए... म त लामै समय तिमीसँग दुःख बाँडौँ भनेर पो आएको । बरु तिमी पो कतै जान निस्किएका थियौ कि ?” सरोज लुगाजुत्ता लाएर निस्केको देखेकाले उसले औपचारिकताकै लागि भए पनि सोधेको थियो । 

“ठिकै छ, निस्कन त निस्कन लागेको थिएँ । खासै जरुरी काम होइन, त्यसैले नजाँदा पनि फरक पर्दैन ! शनिबारै हो ठिकै छ नि, हिँड भित्र ।” मेरो प्रश्नको आशय बुझेर उसले आश्वस्त पा-यो । 

“अनि कहिले फक्र्यौ त ?” भित्र पस्दा पस्दै उसले फेरि पहिलेकै प्रश्न दोहो¥यायो ।   

“एक महिना जति हुन लाग्यो फर्केको ।” सङ्क्षिप्त र सरल जबाफ दियो शिवले । 

“फेरि फर्कने ? बिदा थप्न आएको कि, राजीनामा दिएर उतै सेटल गर्ने विचार ग¥यौ ?” एकैसाथ धेरै जिज्ञासा प्रकट ग¥यो सरोजले । 

“होइन, पूरै छाडेर आएँ... नफर्कने गरी । मरुभूमिभित्रको आगोको भुङ्ग्रोमा बाँच्नु पर्ने जीवन, भो पुग्यो !” सङ्क्षिप्तमा सबै जिज्ञासको जबाफ दियो उसले । 

एउटा क वर्गको ठुलो कन्स्ट्रक्सन कम्पनीमा काम गथ्र्यो ऊ । उसले राम्रो श्रेणीमा इन्जिनियरिङको अध्ययन सक्नासाथ त्यही कम्पनीमा काम पाएको थियो । प्राइभेट कम्पनीको जागिर नराम्रो थिएन । 

“खाडीतिर जान्छौ ? त्यहाँ एउटा ठुलो कम्पनीलाई दक्ष इन्जिनियरको आवश्यकता परेको छ । जाने भए भन, म सबै कुरा मिलाउँछु । एक जना साथीले खाडी मुलुका काम गर्ने प्रस्ताव ल्याएको थियो । त्यहाँको एउटा ठुलो निर्माण कम्पनीले दक्ष इन्जिनियरको खोजी गरिरहेको रहेछ । त्यो साथी पनि खाडीकै एउटा मुलुकमा काम गथ्र्याे । त्यतिबेला ऊ बिदामा केही समयका लागि घर आएको थियो । केही समय यतादेखि शिव आफैँले पनि बाहिर जाने सोच बनाइरहेको थियो  । ऊ मनमनै सोच्दथ्यो, “आफ्नै देशमा बसेर भविष्य छैन । कम्पनीको अस्थायी जागिर, जति नै धेरै आम्दानी भए पनि कुनै पनि दिन मालिकले खोस्न सक्छ । सरकारी जागिर पाउन मन्त्री र नेताको आफन्त नभई हुँदैन । त्यसैले पाए विदेश त जानै पर्छ !” हिजोआज यस्तै सोच्न थालेको थियो ऊ । 

“पाए त जानु हुन्थ्यो नि । दुई चार देशका कम्पनीमा बायोडाटा पनि पठाएको हुँ, खबर आएको छैन । आउँछ, आउँदैन त्यो पनि थाहा छैन ।” उसले आफ्नो चाहना र गरिरहेको प्रयासका बारेमा पनि सुनायो । त्यतिबेला साथीले आफैँ काम गरिरहेको खाडीको एउटा कम्पनीमा काम पाउने कुरा गरेर आफूले दिलाउन सक्ने बताएपछि शिव निकै उत्साहित भएको थियो । उसको मन निकै लोभियो । 

साथमै भएको साथी सरोजले ऊ त्यसरी विदेश जान लोभिएको देखेर त्यतिबेला सम्झाउने प्रयास गरेको थियो, “विचार गर है शिव, भएको जागिरमा कामै अपूरो छाडेर जान बिदा नदेलान् नि !  विदेशको लोभमा परेर अधुरै काम छाडेरै जाँदा पछि विचल्ली होला ! हो, पैसा त्यता कुस्त पाइएला । यहाँ पाइने इज्जत र सम्मान भने त्यहाँ कहाँ कसरी पाइएला र हँ ? त्यो त विदेशमा पइँदैन कि, कसो ? आफ्नो देशको सेवामा पाइने सन्तुष्टि अर्कै हुन्छ, त्यो पछि बुझ्लाऊ । पछुताउनु पर्ला है, विचार गर ।”

“ आ... छाड्देऊ शिव । सरकारी जागिर नेताहरूको पेवा भइहाल्यो, निजी कम्पनीमा जति घोटिए पनि आखिर साहुकै दास नभई टिक्न सकिँदैन । अनि देश देश भनेर भो र ? यहाँ जति नै ठुलो इन्जिनियर भए पनि कहाँ इज्जत छ र ? पैसा भन्छौ भने परिवारसम्म राम्ररी पाल्न पुग्दैन !” विदेशको त्यो मोटो तलबको आकर्षणबाट ऊ नराम्ररी आकर्षित भइसकेको थियो । त्यसको चमकदमकको अगाडि नेपालमा पाइने तलब सुविधालाई उसको बुद्धिले कुनै महìव दिन सकेन  त्यति बेला ! खाडी मुलुकको ठुलो धेरै अङ्कको तलबभत्ताको दरिलो प्रलोभनको चारोमा फसेको थियो ऊ ! त्यसैले उसलाई शिवको कुरा मन परेन । आखिर खाडीतिर पाउने डलरको आकर्षणबाट बच्न नसकेर ऊ अफिसमा दुई वर्षको बिदा फालेर स्वीकृत समेत नगराई हिँडेको थियो त्यतिबेला । 

जन्मेदेखि नै समशीतोष्ण हावापानीमो हुर्केको शिवलाई आगोको भुङ्ग्रोमा तताएको तावा जस्तो तातो भूमिमा टिक्नै कठिन भएको थियो सुरु सुरुमा । बिस्तारै उसले आफूलाई त्यो तातो मौसमसँग अभ्यस्त तुल्याउने प्रयास ग¥यो । केही समय त जसोतसो त्यही प्रयास गर्दै बित्यो । तलब, सुविधा र बस्ने खाने सबै सुविधा आकर्षक थिए । कमाइबाट जगेडा पनि मनग्गे नै बच्दथ्यो । घरभित्र बस्न पाउन्जेल त ठिकै थियो, रमाएकै थियो । जब विभिन्न ठाउँमा निर्माण भइरहेका परियोजहरूको निरीक्षण, निर्देशन र अन्य प्रयोजनका लागि प्रायः बाहिरै बिताउनुपर्ने भयो अनि पो तोरीको फूल देख्यो उसले ।  आखिर त्यो मरुभूमिको आगोको भुङ्ग्रो जस्तो तातो ठाउँ उसको शरीरले धेरै महिना सहन सहेन । एकै वर्ष नबित्तै बिरामी परे स्वदेश फर्केको थियो शिव एक महिना अघि । निकै दिनको उपचारपछि बल्ल तङ्ग्रिन पुगेको थियो ! 

त्यति थोरै समय कष्टले कमाएको पैसा कति नै थियो र । बिरामीकै व्रmममा साथको पैसा सकिँदै जानुको साथै उसको चिन्ताको पारो पनि माथि चढ्दै थियो । भएको काम गइहाल्यो, नयाँ खोज्दा कतै पाइँदैन ।

“ए... कहिले आउनु भयो ?”

“अँ... सर, केही दिन भयो ।”

“अब कति दिन बस्ने नि ?”

“अब नफर्कने विचार गरेर आएको हुँ सर । त्यसैले....”

“ए कति चाँडै विदेशमा काम गरेको अनुभव बटुल्नुभएछ त !” उसलाई बिचैमा रोकेर हाकिमले केही छेड हान्दै प्रतिव्रिmया दिए ।

“त्यसो होइन सर, घरमा पनि कराए । आफ्नै देशमा काम गर्न पनि... ।” ऊ बोल्दा बोल्दै अलमलियो । 

“...ए, काम त थालिसक्नुभयो होला ? कहाँ काम गर्न थाल्नुभयो त...?”

“छैन सर, सिधै यहीँ आएको । आफ्नो पुरानो कम्पनी छाडेर कता जानु ? अब काम थाल्छु भनेर नि !” 

“ए...तपाईंलाई थाहा छैन, तपाईंको बिदा त स्वीकृत भएन नि । तपाईं अब हाम्रो कर्मचारी हुनुहुन्न, उहिल्यै हटिसक्नुभयो यहाँबाट त ।” 

हाकिमको कुरा सुनेर उसलाई भाउन्न भयो । हुन पनि उसले बिदा स्वीकृत भए नभएको समेत बुझ्ने कोसिस गरेको थिएन । विदेशमै धेरै वर्ष बितिहाल्छ, बिदा स्वीकृत भए होला नभए नहोला । त्यति बेलाको यो सोचप्रति उसलाई अहिले ठुलै पश्चाताप लाग्यो ।   

“होइन सर, म त बिदा स्वीकृत भइहाल्छ भनेर पो... ।” 

“के गर्नु, हातको परियोजना अलपत्र छाडेर जानु भयो, तपाईंको ठाउँमा अरूलाई नराखी भयो त ?” उसको कुरा सुन्नासाथ पुरानो हाकिमले अलि व्यङ्ग्यमिश्रित प्रश्न गरेका थिए ।  

“होइन, सर त्यति बेला त्यस्तै भयो । केही समय अनुभव जुटाउन भनेर गएको थिएँ ...।” उसले त्यसभन्दा अरू केही भन्नै सकेन । मनमनै सोच्दै थियो, हो त मैले हातमा लिएको काम बिचैमा अलपत्र छाडेर धोका दिएकै त हुँ नि । त्यही कारण सके समयमा त्यो परियोजना पूरा हुन पाएन कि ? त्यसो हुँदा कम्पनीलाई नोक्सान हुने नै भयो । बिदासम्म स्वीकृत नगराई हतारिएर जान नहुने रहेछ । अहिले अनि किन पो पर्खिन्थे !

“ल... माफ गर्नेस्, यहाँ त एक जना पनि खाली छैन । सबै पद भरिएका छन् । सरी !”

“कतै करारमै भए पनि...।”

भनिहालेँ नि । सरी । यहाँ त सम्भावना नै छैन । अन्त प्रयास गर्दा पाइहाल्नुहुन्छ नि विदेशमा “त्यत्रो अनुभव कमाउनुभएको मान्छेले ।”  हाकिमले त्यसरी कुरा टुङ्ग्याएका थिए ।

“ए... त्यसो भए त अफिस ज्वाइन गरिसक्या होला, होइन ?” त्यो कुराबाट अनभिज्ञ सरोजको यो प्रश्नले उसलाई फेरि हिजो हाकिमकहाँ भए जस्तै भाउन्न भएर आयो ।  

सरोजले ठानेको थियो, बिदा स्वीकृत गराएरै गएको त थियो होला नि त्यतिबेला । शिव फर्केर पुरानौ अफिस हाजिर भएको होला ।  

“काँ, ज्वाइन गर्ने यार, बिदा स्वीकृत नै नगरेर हटाइसकेछन् ! अफिस गएको थिएँ, हाजिर हुन । मेरो ठाउँमा त अर्कै पो भर्ना गरिसकेछन् !”  

“करारमा पनि त लिन सक्थे, नि ! भनेनौ ?”

“भनेको, करारमा पनि खाली छैन रे ।” उसले फिस्स पीडाको हासो हाँस्दै जिज्ञासा शान्त ग-यो । त्यो पुरानो अफिसको बाहिर निस्कँदा एक जनाको कुरा मनभित्रैसम्म चिरेर गएको थियो, “थुप्रै डलर कमाएर ल्याएकै होला, केही समय सुतेरै खाए पनि त भैहाल्यो नि !” 

त्यो यो कुरा भने उसले सरोजलाई सुनाएन । 

“ए...त्यसो पो भने ? करारमा  मिलाउन नसक्ने त थिएनन् । हाम्रो जस्तो सानो कम्पनी होइन... मुलुकभर काम छ, विदेशमा पनि निर्माणका ठुलै ठेक्का लिएका छन् !” सरोजको भनाइको भित्री तात्पर्य प्रस्ट थियो, बिचैमा काम छाडेर हिँडेकाले हुनु पर्छ, काम नभएको होइन । उनीहरूले दिनै नचाहेका हुन् । 

“...के गर्नु, यस्तै भएर त हो सबै बिदेसिएर देश रित्तिएको !” लामो सुस्केरक फालेर निधारको पसिना पुस्छ ऊ “अब फेरि बाहिरै त जानु पर्ला नि !” 

विजय निवास, आरुबारी