• १२ पुस २०८१, शुक्रबार

लघुतम कविता र एपिफिटिक

blog

मधुपर्कको ५७ औँ वार्षिकोत्सवमा आयोजित कार्यव्रmमको दोस्रो सत्र ‘मधुपर्क–मन्थन’ मा ‘वर्तमान नेपाली कविता : अवस्था, यात्रा र गन्तव्य’ विषयक प्रवचनका स्रोत वक्ता प्रा. डा. लक्ष्मण गौतमले सुनाउनुभएको कविता लेखनको अनुभव निकै मननीय थियो । हुन त उहाँको अनुभव वा विचारमा सर्वसहमति आवश्यक छैन । खासमा यसलाई उहाँले ‘विचार’ पनि भन्नुभएको होइन, मात्र आफ्नो अनुभव भन्नुभएको थियो । उहाँले भन्नुभएको थियो– जब मैले कविताका बारेमा गम्भीर अध्ययन गरेको थिइनँ, त्यसबिच करिब ८० वटा कविता छपाएछु, कविताका विषयमा गम्भीर अध्ययन तथा यसैमा विद्यावारिधि गरेपछि छपाउनु त कुरै छाड्नुस्, एउटा पनि लेखेको छैन, लेख्न डर लाग्छ ।’ उहाँले यसो भन्नुहँदा कार्यव्रmममा हाँसो चल्यो तर उहाँको अनुभवले गम्भीर सङ्केत गरेको पाइन्छ । कविताको तìव, रूप/स्वरूप, प्रयोग, संरचना, इतिहास, आन्दोलन, प्रवृत्तिबारे गम्भीर ज्ञान पाएपछि उहाँ कविता लेख्न डराउनुको अर्थ, कि कतै हामी उहाँले कविताबारे जानकारी नराख्दासम्म लेखे झैँ लेखिरहेका त छैनौँ ? 

बजारको अनुभव के छ र के भन्छ बजारले भनेर हे-यो भने, वर्षभरिमा सबैभन्दा धेरै कविता (विविध रूपका) सङ्ग्रह प्रकाशित हुने रहेछन् । धेरैजसो प्रकाशकले कविता सङ्ग्रह छाप्न चाहँदैनन् । व्यक्तिगत लगानीमा यस्ता प्रकाशन हुने गरेका छन् । वर्तमान पाठक कविता वा आख्यानभन्दा गैह्रआख्यानतिर ढल्किएका आमअनुभव पाइन्छ । कवितिर फर्कियो भने आफ्ना कविताको उचित मूल्याङ्कन हुन नसकेका जस्ता औसत असन्तुष्टि पाइन्छ । महाकाव्यहरू आकारमा आएका छन्, अस्तित्वमा कति छन् भनेर प्रश्न गरिन्छ र भनिन्छ लामा साहित्य अबको चाहना होइन । छोटा साहित्य नै बजारको रोजाइ हो । त्यसो भए कविताको लघुतम रूप भनिने मुक्तक वा हाइकुको बजार राम्रो छ त ? त्यो पनि होइन ।

साहित्य एउटा जीवन्त फाँट भएकाले यहाँ सिर्जनाका विविध प्रयोग हुन्छन्, खेतमा नयाँ नयाँ बिउ रोपे जस्तै । साहित्य स्वयंमा संस्कृति पनि भएकाले यसको संरचना, सार, स्वर, स्वरूपमा निरन्तर नयाँ नयाँ प्रयोग हुन्छन् । मानिसको आवश्यकतामा संस्कृति निर्माण तथा परिमार्जन हुने भएकाले मानिसको आवश्यकतामा साहित्यको पनि उद्भव तथा परिमार्जन हुने गर्छ । हिजो धार्मिक श्लोक (छन्दबद्ध) लाई मात्र कविता भनिन्थ्यो भने आज गद्य स्वरूपका गीत, तथा गैरधार्मिक स्वर पनि कविता बनेका छन् । यस्ता साहित्यिक विधा, उपविधाका स्वरूप, संरचना तथा विषय मानवीय आवश्यकता अनुसार नयाँ नयाँ प्रयोगद्वारा भिन्न प्रकारमा स्थापना हुने गरेका छन् । 

साहित्यका विधा/उपविधा अभिव्यक्तिको आवश्यकतामा निर्भर हुन्छन् । कथाबाट कुनै सन्देश दिन सकियो भने कविता नचाहिन सक्छ । निबन्धबाट भन्न सकियो भने कथा नचाहिन सक्छ तर कुनै अभिव्यक्ति यस्ता हुन्छन् जसलाई जोगबनी–विराटनगरको सोझो यात्रामा व्यक्त गर्न सकिँदैन, चारआली इलामको घुम्ती यात्रा, जहाँ निलो आकाश छोपिँदै, हराउँदै गर्छ, त्यहाँ मात्र गाउन सकिन्छ । त्यसैले विधा/उपविधा नयाँ नयाँ बन्दै जानु र तिनको संरचना, भाषा, गेय, ताल, राग, स्वर, स्वरूपमा विभिन्न प्रयोग गरिनुलाई स्वाभाविक भन्नु पर्छ ।

यसरी हेर्दा छोटा कविताहरूको उत्थान र प्रयोगलाई स्वाभाविक भन्नु पर्छ तर विश्व अभ्यास, विश्व प्रयोग, विश्व पहिचान, विश्व प्रतिस्पर्धा जस्ता परिदृश्यमा नेपाली छोटा कविता जसलाई भनिएको छ, तिनले सिर्जना र सर्जकलाई कुन उचाइमा उभ्याउने सामथ्र्य राख्छन् भन्ने प्रश्न टड्कारो छ । विविधता आफैँमा सौन्दर्य हो, नेपाली कवितामा झन्डै दुई दर्जन जति छोटा कविताका देखिएका छन्, तिनीहरू हाम्रा विविधता र सौन्दर्य हुन् तर यिनका प्रयोग हेतु केका लागि हो त ? प्रयोगका लागि प्रयोग मात्र हो भने लघुतम कविताको औचित्य पुष्टि गर्न सम्भव छैन । म कविता लेख्छु, नेपालको कवितालाई सके विश्व नभए पनि क्षेत्रीय बजारसम्म पु-याउँछु भन्ने मनकामना राख्छ र म कवि भएरै उभिन्छ÷ बाँच्छु भन्ने सहास गर्छ भने हाम्रा सुसेली र खोरिया जस्ता लघुतम कविताले यस्ता कामना पूरा गर्लान् कि  नगर्लान् भनेर सर्जक आफैँ स्पष्ट हुनु पर्छ । 

नेपाली काव्य फाँटमा लघुतम रूपका कविता भनेर मुक्तक, खिचडी, बाछिटा, सुसेली, साइनो, खोरिया, हाइकु, ताङ्का, सेदो, छोक, एलाक, रम्बास, रुबाई, सायरी, दोहा, सोरठा, चौपाई, केस्रालगायत अरू पनि केही नाम र रूप देखिएका छन् । यिनीहरूबारे चर्चा, परिचर्चा हुने गरेका पनि छन् । मुक्तक स्थापित भइसकेको छ । यीमध्ये केही मौलिक नेपाली छन्, केही जापानी÷कोरियन शैलीका छन् । यिनलाई नेपाली काव्य/कविताको लघुतम रूप भनेर सम्मान गर्दा हुन्छ तर यिनै लेखनले ‘कवि’ भएर बाँच्न सकिन्छ कि सकिँदैन भन्ने प्रश्न कवि स्वयंले बिर्सन हुँदैन ।  

कविता भनेपछि लामो छोटो भनेर विभाजन गर्न नमिल्ला । कतिपय द्रष्टाले कविताका लघुतम, लघु, मध्यम, बृहत् र बृहत्तर जस्ता न्वारन गरेको पाइन्छ । मानिस भनिसकेपछि अति होँचो, हाँचो, ठिक्क होँचो, अग्लो र अति अग्लो भने झँै गरेर यस्ता विभाजन गर्नु द्रष्टा–रञ्जनका लागि उपयुक्त होलान् सिर्जना व्युत्पन्नका लागि खास अर्थ राख्दैनन् । साहित्यमा पद्य, गद्य र नाट्य मात्र विधा छन् भन्ने जिकिर गर्ने हो, गद्य र पद्य कविता भनेर यिनको ‘राज्य–विभाजन’ गरिरहनु पनि आवश्यक छैन । कविता भन्नेवित्तिकै पद्य भइहाल्यो नि । त्यसमाथि फुटकर कवितालाई कविताको ‘लघु’ रूप र लामो कवितालाई ‘मध्यम’ रूप भन्नु त अवैज्ञानिक नै हुन्छ । कविता जतिसुकै लामो वा छोटा किन नहोस् त्यो एउटा कविता हो । लघु, लघुतम केही होइनन् । आकारबाट कविता नाप्ने कि त्यसको सन्देशबाट ? ओम (ॐ) अक्षर हो कि मन्त्र ? यस्तै पत्रकारितामा जतिसुकै हरफका हेडलाइन राख्नुस्, त्यो एउटा हेडलाइन हो । डबल–डेकको हेडलाइन राख्नुभयो भने पनि त्यो एउटा हेडलाइन हो । कविता चार पानको छ तर सन्देश दुई हरफको पनि हुन सक्छ । केही तीनलाइने कविताको सन्देश दिनभरिमा पनि व्याख्या गर्न नसकिने किसिमका हुन सक्छन् । त्यस्ता कविता नेपाली कविले नै प्रयोग गरेका छन् । आकार हेरेर नै रूपै निर्धारण गर्ने हो भने पनि लामो कविता पनि ‘लधु कविता’ नै हो । मध्यम कविता होइन । खण्डकाव्यलाई मध्यम कविता भन्न सकिएला ।  खण्डकाव्यमा कम्तीमा १०० श्लोक (राजेश्वरीको आधारमा) र महाकाव्यमा कम्तीमा आठ सर्ग र आठ सयभन्दा धेरै श्लोक हुन पर्छ भने जस्तो कति शब्द भएका लामो कविता र कति शब्द भएमा लघु कवितामा पर्छन् भन्ने अङ्कगणित बनाएर विवाद गर्नु उपयुक्त नहोला । छुट्याउनै पर्ने भए पनि सन्देशका आधारमा लघु र लघुतम भने आँट गर्नु पर्छ तर यस्तो विभाजन अति विवादास्पद हुन सक्छ । कवितालाई संरचना, अक्षर वा लयका आधारमा छुट्याउन सकिने नेपाली मापदण्ड बनाउन सकिएला तर विश्वमा यस्ता रचनाको पहिचान के हुन्छ ? विश्वमा महाकाव्य र खण्डकाव्य नभएका होइनन् । तिनको छुट्टै व्याख्या गर्नु पर्छ । यसै गरी छोटा र लामा कविता पनि प्रचलित छन् । ती सबै पहिला कविता हुन् अनि मात्र छोटा र लामा कविता हुन् भनेर जान्नु पर्छ, मान्नु पर्छ । 

कतै कवितालाई वस्तु जसरी आकार तथा आयतनबाट नाप्ने गरिएको त छैन ? त्यसो हो भने कवितालाई वस्तु भन्नु पर्छ । चार अङ्गुल, एक कुरेत, एक बित्ता, एक हात वा एक योजन । विशिष्ट कवि मोहन कोइरालाले मेरा छोटा कविता पढ्दै भन्नुभएको उद्गार यहाँ सान्दर्भिक हुनसक्छ– ‘यस्तै कविता लेख्नुहोस् । तपाईंका कविताले तीन लाइनमा बोलेका सन्देश मैले कवितामा व्यक्त गर्नुप-यो भने तीन पाना खर्चनु पर्छ ।’ यो उदाहरणलाई समातेर कसरी कवितालाई विभिन्न रूपमा वर्गीकरण गर्ने भनेर स्पष्ट हुनु पर्छ ।   

कविताको आम प्रचलन र अभ्यासलाई छाडेर ‘प्रवर्तक’ हुने मोहमा विभिन्न नाम/स्वरूपका लघुतम कविता कथ्दै जाने हो भने यस्तो प्रवृत्तिले कवितालाई छिन्नभिन्न बनाउन सक्ला कि भन्ने चिन्ता लिनु अन्यथा होइन । व्यक्तिगत रूपमा विविध स्वरूपका कवितालाई सम्मान गर्दै म पनि छोटा संरचनाका कविता (हाइकु, मुक्तक) लेख्छु तर कविताको रुखमा लघुतम संरचनाका कविता एपिफिटिक (वनस्पति विज्ञान अनुसार एउटा मौलिक रुखमा अर्को सानो बिरुवा उम्रन्छ, हुर्कंदै जान्छ र अन्त्यमा त्यही सानो बिरुवाले मौलिक ठुलो रुखलाई सखापै परेको देखिन्छ नि !) हुन्छन् कि भन्ने चिन्ता हो ।  मधुपर्क