• ८ पुस २०८१, सोमबार

धार्मिक साहित्यमा दसैँ र नारीशक्ति

blog

हरेक देशका आफ्नै भाषा, जाति, समुदायहरू एवं तिनका आआफ्नै संस्कृति पनि छन् र तिनका आफ्नै साहित्य पनि छन् । वैदिक साहित्यलाई पृष्ठभूमिका रूपमा मान्दा ती साहित्यबाहेकका अन्य साहित्य प्रारम्भमा धार्मिक साहित्यबाट नै प्रभावित र प्रेरित भएर लेखिएका छन् । हाम्रो पूर्वीय परम्परामा मात्र होइन, पाश्चात्य परम्परामा पनि प्रारम्भिक साहित्य धार्मिक साहित्यबाट नै अभिप्रेरित रहेको पाइन्छ । धार्मिक साहित्य शाश्वत प्रकृतिको हुने भएकाले यसको प्रभाव लामो कालखण्डसम्म पनि रहिरहन्छ । नेपाली साहित्यको सन्दर्भमा पनि प्राथमिक कालीन साहित्य, माध्यमिक कालीन साहित्य र आधुनिक कालीन साहित्यको लामो यात्रालाई हेर्ने हो भने यो धार्मिक साहित्यबाट कुनै न कुनै रूपमा प्रभावित देखिन्छ । शक्तिबल्लभ अर्यालको महाभारत विराटपर्वदेखि भानुभक्तको रामायण हुँदै सोमनाथ सिग्देलको आदर्शराघवसम्म आइपुग्दा होस् या  वर्तमानमा लेखिएका कतिपय साहित्यलाई हेर्ने हो भने पनि ती धार्मिक साहित्यबाट निकै प्रभावित देखिन्छन् । 

नेपाली साहित्य उत्तरआधुनिक कालखण्डमा आइपुग्दा पनि यसले धार्मिक साहित्यबाट पूर्ण रूपमा पृथक् भएर आफनो अस्तित्व बनाएको पाइँदैन । कुनै न कुनै रूपमा पौराणिक मिथक, पात्र, घटना आदिलाई विम्ब, प्रतीक आदिका रूपमा प्रयोग गरिएको पाइन्छ । धार्मिक वा पौराणिक साहित्यको प्रभाव अहिलेको साहित्यमा एकै किसिमले नभई विभिन्न तर्क, बहस, मिथक र मान्यताहरू, धार्मिक साहित्यको व्याख्या, पुनव्र्याख्या, प्रतिव्याख्याका रूपमा समेत आएका देखिन्छन् । नेपालका परिप्रेक्ष्यमा हेर्ने हो भने नेपाली समाज, संस्कृति र सभ्यताको मूल जरो नै धार्मिक ग्रन्थहरूमा वर्णन गरिएका समाज र संस्कृतिबाट अनुप्राणित छ । आज पनि आदर्श पात्रको उदाहरण दिनुप¥यो भने या बदनाम र मूर्ख पात्रको उदाहरण भन्नुप¥यो भने धार्मिक ग्रन्थमा वर्णित मिथक पात्रहरूको नै नाम अगाडि आउँछ । रामायणदेखि यता लेखिएका आख्यानात्मक पौराणिक ग्रन्थहरूलाई धार्मिक साहित्य मानिन्छ र यिनै पौराणिक ग्रन्थमा वर्णित विषयहरूको धरातलमा उभिएर नै नेपाली साहित्यको यात्रा प्रारम्भ भएको देखिन्छ ।

धार्मिक साहित्य र नारी

धार्मिक विषयवस्तुको प्रयोग गरी लेखिएको वा देवीदेवताहरूलाई पात्र बनाई धार्मिक मान्यता वा धार्मिक विधिविधानलाई स्थापित गर्ने उद्देश्यले लेखिएको साहित्यलाई धार्मिक साहित्य भनिन्छ । नेपाली साहित्यको सन्दर्भलाई आधार मानेर यसको पृष्ठभूमि खोज्दै जाने हो भने वैदिक कालसम्म पुग्नुपर्ने हुन्छ । सर्वप्राचीन ग्रन्थ वेद हो र यसलाई वैदिक साहित्य पनि भनिन्छ । समयको व्रmमसँगै पछि वेद तथा उपनिषद्लाई आधार बनाएर विभिन्न पुराण लेखिएका छन् । वेदमा जीवन र जगत्सम्बन्धी ज्ञानका विभिन्न शाखाको गहन प्रस्तुति रहेकाले यसलाई धार्मिक साहित्यभन्दा निकै माथि वैज्ञानिक र प्रामाणिक ग्रन्थ मानिन्छ । वैदिक ऋषिहरूले नारीका महिमाको वर्णन गरेका अनेक मन्त्र छन् । घरगृहस्थी समाल्ने जिम्मा पत्नीको बढी भए पनि पतिपत्नीमा भेद थिएन भन्ने कुरा अथर्ववेदको ‘जायपत्यो नविभागो दृश्यते ।’ (अथर्ववेद १४–१–४३) मन्त्रबाट थाहा हुन्छ । पतिपत्नी साथी हुन् भन्ने कुरा धेरै ठाउँमा पाइन्छन् । नारी र पुरुष एक रथका दुई पाङ्ग्रा हुन् भन्ने हिजोआजको कथन ऋग्वेदबाटै आएको हो । ऋग्वेदमा ‘हे वरबधू, तिमीहरू रथमा जोडिएका दुई अश्वसमान हौ । तिमीहरू रथमा जोडिएका दुई पाङ्ग्रासमान हौ । तिमीहरू एकसाथ मिलेर कार्य गर । तिमीहरू एउटाबिना अर्को अपूर्ण छौ भनेर स्पष्ट भनिएको छ  । हिजोआजको नारी र पुरुष एक रथका दुई पाङ्ग्रा हुन्, समान छन् भन्ने कुरा वैदिक साहित्यबाट नै आएर प्रचलनमा रहेको पाइन्छ ।  यस प्रकार नारीलाई सम्मान गरिएका अनेक मन्त्र वेदमा प्राप्त गर्न सकिन्छ ।

उत्तरवैदिक कालपछि भने वेद र उपनिषद्मा वर्णित प्रकृति र देवस्तुतिको सन्दर्भहरूलाई व्याख्या–पुनव्र्याख्या गरी तिनलाई उपजीव्य आधार बनाएर विषय बनाएर अन्य पौराणिक आख्यानहरूको रचना भएका हुन् । वेदभन्दा पछि लेखिएका यस्ता पुराणलाई कतिपयले पञ्चम वेद भनेर नाम पनि दिएको पाइन्छ । व्यास परम्पराद्वारा लिखित अठार पुराण, अठार उपपुराण र अठार औपपुराण नै पौराणिक साहित्य वा धार्मिक साहित्यका प्रस्थानबिन्दु हुन् र रामायण तथा महाभारत जस्ता आख्यानात्मक महान् ग्रन्थहरूका कारण नै धार्मिक साहित्य कालजयी साहित्य बन्न पुगेको हो र यसका कारण यी ग्रन्थ जुनसुकै भाषाका उत्तरवर्ती साहित्यका लागि उपजीव्य स्रोत हुनु पनि हो । 

नेपाली साहित्यमा वर्तमानको चलनचल्तीका भाषामा सनातन हिन्दु धर्मसँग सम्बद्ध ग्रन्थहरूलाई पौराणिक ग्रन्थ मानिन्छ । यसमा पुराणमा वर्णन गरिएका विधि, मूल्य र मान्यतालाई नै स्वीकार गरिएको हुन्छ । पुराणहरू धार्मिक कथाहरू नै हुन् र यिनमा तत्कालीन समाजमा श्रुतिका रूपमा रहेका सत्य र ऐतिहासिक यथार्थलाई विभिन्न राजारानीहरूको चरित्र, देवताहरूको जीवनवृत्तान्त, ऋषिमुनिहरूका उपाख्यानहरूद्वारा स्थापित गर्न खोजिएको छ । यी पुराणलाई पछिका धर्मगुरुहरूले सर्वसाधारणलाई शिक्षा दिने साधनका रूपमा प्रयोग गर्न थालेको देखिन्छ । 

पुराणमा प्रस्तुत गरिएका विषयवस्तुका केही ऐतिहासिक आधार हुन सक्छन् तर धेरै जसो विषयसन्दर्भ भने मिथकीय वा काल्पनिक नै छन् । यी पुराणलाई धार्मिक साहित्य अन्तर्गतका ऐतिहासिक नीतिकथा वा आचारकथा भन्न पनि सकिन्छ । 

किनभने यिनमा ऐतिहासिक नाटक र उपन्यासमा जस्तै तथ्य र कल्पनाको सम्मिश्रण रहेको हुन्छ । यस्ता धार्मिक साहित्यमा नारीका सन्दर्भहरू पनि अन्तर्वस्तुका रूपमा आएको पाइन्छ । धार्मिक–पौराणिक साहित्यमा वर्णन गरिएका आदर्श नारीहरूका चरित्रगत विशेषता र आदर्शलाई आधार बनाएर आज पनि नारीहरूको मूल्याङ्कन गर्ने गरिन्छ ।

नेपाली समाजमा नारीलाई हेर्ने दृष्टिकोण धर्म र संस्कारबाट निर्मित छन् । यिनै परम्परित संस्कारका प्रभावले बनेका नारीसम्बन्धी मूल्य र मान्यता आज पनि हिन्दु सनातनी समाजमा यथावत् नै रहेको पाइन्छ । नेपालका बहुसङ्ख्यक नेपालीले मान्ने हिन्दु सनातन धर्मको आधारग्रन्थका रूपमा रहेको वेद र यसमा पनि सर्वप्राचीन ग्रन्थका रूपमा मानिएको ऋग्वेदको अध्ययन गर्दा कतै पनि नारी र पुरुष भनेर भेदभाव गरिएको र पुरुषलाई सर्वोच्च सत्तामा चढाइएको पाइँदैन । त्यसमा नारीलाई ‘सम्पूर्ण देवगणबाट शक्ति लिएर सबैलाई आफ्नो वशमा राख्न सक्ने बल भएकी’ भनेर अथ्र्याइएको छ । ऋग्वेदका कयौँ ऋचा स्वयं नारीले नै रचना गरेकाले त्यसमा नारीका विचार र अनुभूतिसमेत अभिव्यक्त भएको कुरा कतिपय विद्वान्हरूले आफ्ना ग्रन्थमा उल्लेख नै गरेका छन् तर मनुस्मृतिमा आइपुग्दा भने पछिका कतिपय व्याख्याताहरूले क्षेपक (पछि थपिएका अंश) हरू थपेर तिनमा त्यही वेद नै नारीले पढ्न हुँदैन भनेर लेखियो र त्यसैलाई स्थापित गरियो । पौराणिक कालमा आइपुग्दा नै नारीको स्थानलाई यसरी अवमूल्यन गरिएको पाइन्छ ।

उत्तरवैदिक कालबाट अझ भनौँ पौराणिक कालबाट भने यस्ता धार्मिक ग्रन्थमा विस्तारै नारीप्रति सङ्कीर्ण र नकारात्मक धारणा बढाउँदै जान थालेको देखिन्छ । त्यसपछि लेखिएका शास्त्र तथा अन्य धार्मिक साहित्यमा नारीमाथि विरोधाभासपूर्ण र पूर्वाग्रही दृष्टिकोण विकसित हुँदै आएको कुरा अध्ययनले बताउँछ । वैदिक रचनाहरूमा आदिशक्तिका रूपमा रहेको र पुरुषको समान स्तरमा रहेको नारीको अस्तित्व र आत्मसम्मानलाई पछि लौकिक रचनाहरूसम्म आइपुग्दा पुरुषलाई स्वामीका रूपमा र नारीलाई दासीका रूपमा व्याख्या गरी अवमूल्यन गरिएको अवस्था पनि देखिन्छ । यस्तो हुनुमा पौराणिक कालीन पौराणिक ग्रन्थहरू सबै पुरुषहरूले मात्र लेखेको र उनीहरूले आफ्नो सुविधा अनुरूप नै यसको व्याख्या गरेकाले पनि यस्तो भएको हुन सक्छ । यसैबिच पुरुषले नारीप्रति राख्ने दृष्टिकोण सङ्कीर्ण बन्दै गएको पाइन्छ । 

सनातन हिन्दु धर्मको आधार सामग्रीका रूपमा रहेका रामायण, महाभारत, मनुस्मृतिपछिका स्मृतिग्रन्थलगायतका अन्य पौराणिक ग्रन्थ नारीप्रति अनुदार बन्दै गएका देखिन्छन् र पनि कतिपय सन्दर्भ र कतिपय पुराणमा भने नारीशक्तिको महिमा र स्तुति पनि गरिएको छ । खास गरी मनुस्मृति, गरुडपुराण, स्वस्थानी व्रतकथा जस्ता पछिल्ला ग्रन्थहरूका कतिपय प्रसङ्गमा नारीलाई तल्लो स्तरमा राखेर व्याख्या गरिएको देखिए पनि यो वैदिककालीन ग्रन्थहरूमा आधारित सत्य नभएर पछि व्यक्ति विशेषले निर्माण गरेको सङ्कीर्ण धारणा हो भन्ने कुरा गहन अध्ययनबाट स्पष्ट हुन्छ । यसै व्रmममा हामीले परम्परागत रूपमा मनाउँदै आएको दसैँ पर्वमा नारीशक्तिको पूजा मात्रै गरिँदैन देवीकै नाममा लेखिएको चण्डीपाठसमेत गरिन्छ र स्तुति गाइन्छ ।

दसैँका सन्दर्भमा नारीशक्ति

मूलतः दसैँलाई विजयोत्सव मनाउने पर्वका रूपमा लिइन्छ । विशेष गरी यस चाडमा नारीशक्तिको पूजा–आराधना गरिन्छ । घटस्थापनापछि विजयादशमीको अघिल्लो दिनसम्मको नौ दिनलाई नौरथा भनिन्छ र यो नौरथामा दुर्गाका नौ वटा स्वरूपको पूजा गर्ने परम्परा चलिआएको छ । यसरी पूजा गरिने देवीहरूलाई हाम्रो हिन्दु धर्मशास्त्र अर्थात् पुराणहरूमा विभिन्न प्रतीकका रूपमा बुझाइएको छ । नौ वटा नारी स्वरूपलाई शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदातृ नामले चिन्ने गरिन्छ । शास्त्रमा शैलपुत्रीलाई पर्वतपुत्री पार्वती भनी बुझाइएको छ र यिनलाई शीतलताको प्रतीकका रूपमा मानिन्छ भने ब्रह्मचारिणीलाई ब्रह्मचर्ययुक्त नारीका रूपमा मान्दै शुद्धता र ओजको प्रतीकका रूपमा लिइएको छ । यसै गरी चन्द्रघण्टालाई चन्द्रमाको सौन्दर्यका रूपमा अर्थात् सौन्दर्यको प्रतीकका रूपमा मानिएको छ भने कुष्माण्डालाई कुभिण्डोका रूपमा प्रस्तुत गर्दै वनस्पतिको प्रतीकका रूपमा लिइएको छ । यसै गरी स्कन्दमातालाई मातृस्वरूप नारीहरूको प्रतीकका रूपमा मानेर स्तुति गरिन्छ भने कात्यायनीलाई तन्त्रमन्त्र र अन्य विभिन्न शक्तिको स्वरूप अर्थात् शक्तिको प्रतीकका रूपमा पूजा आराधना गरिन्छ । कालरात्रिलाई तमोगुणको प्रतीकका रूपमा मानिएको छ भने महागौरीलाई महान् चरित्रयुक्त र आदर्श नारीको प्रतीकका रूपमा स्तुति गरिन्छ । यसै गरी सिद्धिदातृलाई हरेक किसिमका कार्यसिद्धिको प्रतीकका रूपमा चण्डी र मार्कण्डेय पुराण तथा देवीभागवत महापुराणमा वर्णन गरिएको छ । यसरी नारीलाई प्रकृति, शक्ति, तमोगुण, सृष्टि, आदर्श, सिद्धि र सौन्दर्यको प्रतीकका रूपमा प्रस्तुत गरिएको छ । यस सप्तशतीमा जसरी नारीलाई विभिन्न विशेष गुणले युक्त नारीका रूपमा व्याख्या गरिएको छ, वास्तवमा यी सबै गुणहरू हरेक नारीभित्र लुकेर रहेका शाश्वत गुण 

नै हुन् ।

यसरी नारीका गुण र विशेषताहरूमा केन्द्रित भएर नवदुर्गामा पाठ गरिने पुराणलाई चण्डी अर्थात् सप्तशती भनिन्छ । यो मार्केण्डेय पुराणबाट लिइएको हो र यहाँ वर्णन गरिएको विषय वा कथा मार्कण्डेय ऋषिले आफू मूल वक्ता बनेर सुनाएको हुनाले मार्कण्डेय पुराण भनिएको हो । मार्कण्डेय पुराणको रचना द्वापर युगमा भएकाले यो त्यतिबेलाकै समाज र संस्कारमा आधारित कथा भए पनि यसभित्र धेरै विज्ञानसम्मत दृष्टिकोणहरू पनि पाइन्छन् । विज्ञानले हरेक कुरामा दुई वा सोभन्दा बढी पदार्थको योग हुन्छ भन्छ र विपरीत तìवबिच द्वन्द्व हुन्छ भन्छ । यहाँ चण्डी वा सप्तशतीमा पनि देवी र असुरहरूका बिच यही द्वन्द्व देखाइएको छ ।

दानवका रूपमा चिनिएका चण्डमुण्डलाई संहार गरेकी हुनाले यहाँ देवीको नाम चण्डी रहेको र चण्डीरूप देवीको रौद्र वा उग्ररूप हो । विज्ञानका अनुसार कुनै पनि यन्त्र आदिबाट शक्ति उत्पन्न हुन त्यसको कार्य उत्कर्षमा पुग्नु पर्छ । जस्तो कि विद्युत् उत्पादन हुन टर्बाइन उत्कर्षमा पुगेर तीव्र रूपमा घुम्नु पर्छ भनेको जस्तै देवीको रूप पनि उत्कर्षमा पुगेर नै उनले चण्डीरूप धारण गरेको देखिन्छ । चण्डी वा सप्तशतीको तेह्र अध्यायले दश दिशा र सत्व, रज, तम गरी तीन गुणलाई सङ्केत गरेको छ । यस पुराणमा केवल कथा मात्र छैन, शक्तिलाई अनेक किसिमले उपासनासमेत गरिएको छ । चण्डीको पाठ वा पूजा शक्तिको उपासना हो र यसको पाठ गर्नाले हामी आफूमा निहित रहेको शक्तिलाई समेत जागृत गर्दछ भन्ने मान्यता पनि पाइन्छ । सप्तशतीमा जीवन बाँच्ने कला छ र यसले स्वाभिमानी भएर बाँच्न सिकाउँछ । सप्तशतीमा देवी र दानवको कथा मात्र छैन, त्यहाँ देवताले देवीको स्तुति गरेका छन् । देवताहरूले आफूभित्रको शक्ति र क्षमता थाहा नपाएर देवीको स्तुति गर्दागर्दै उनीहरूले आफ्नो शक्तिलाई समेत चिन्न पुगेको सन्दर्भ पनि छ ।

नारीशक्ति र नारीको विविध रूपको व्याख्या गरी यसप्रति उच्च सम्मान र श्रद्धा व्यक्त गरिएको ग्रन्थ नै चण्डी हो । यो एक प्रकारले भन्ने हो मातृसत्तात्मक समाजको एउटा दस्तावेज पनि हो । नारीहरू अत्यन्तै शक्तिशाली हुन्छन् र तिनले पुरुषलाई हाँक र चुनौती दिन सक्छन् भन्ने कुरालाई यस चण्डी पुराणले प्रस्ट पारेको छ । मार्कण्डेय पुराणमा देवीले ‘जसले मलाई युद्धमा मात्र होइन, बुद्धि र पराव्रmममा पनि जित्न सक्छ म उसैसँग विवाह गर्छु’ भनेको कथनले पनि यस कुरालाई पुष्टि गरेको छ । यसरी विजयादशमीका रूपमा मनाइने दसैँलाई नारीशक्तिको उपासना र आराधनाका रूपमा लिइन्छ । यति मात्र होइन, अन्य पौराणिक साहित्यमा पनि नारीलाई माताका रूपमा उच्च सम्मान प्रदान गरिएको छ । नारीलाई जननीका रूपमा सम्मान गर्ने धर्मशास्त्रहरूमा जननीको स्थान गुरु र पिताभन्दा कैयौँ गुना माथि रहेको स्विकारिएको छ र नारीको आमा रूपलाई सबैभन्दा सम्मानित, पूजनीय र उच्च स्थानमा राख्ने गरेको पाइन्छ ।

वैदिक कालीन साहित्य नारीशक्तिको महिमा र मातृसत्तात्मक समाजका दृष्टिले निकै महŒवपूर्ण रहेको देखिन्छ । त्यस समयदेखि यताका धार्मिक साहित्यहरूमा नारीशक्तिको व्याख्या गरिए पनि र स्त्रीतìवलाई नै शक्तिका रूपमा स्विकारे पनि केही पुराण तथा आख्यानात्मक धार्मिक ग्रन्थहरूमा नारीलाई निकै दयनीय र आश्रित प्राणीका रूपमा समेत देखाइको छ । यो हाम्रो पौराणिक ग्रन्थहरूमा पाइने विरोधाभास पनि हो । रामायण, महाभारत, देवीभागवत, देवीपुराण, मार्कण्डेय पुराणलगायतका धार्मिक ग्रन्थहरूमा नारीको उच्च सम्मान गरिएको भए पनि दसैँ पर्व र यस पर्वसँग जोडिएर लेखिएको चण्डी÷सप्तशती नारी शक्ति र नारीको आन्तरिक तथा बाह्य स्वरूपका बारेमा लेखिएको सबैभन्दा प्रभावकारी ग्रन्थ हो । यस पर्वमा पाठ गरिने दुर्गा सप्तशतीमा दुर्गा अर्थात् देवीको उद्घोषले नारीशक्तिलाई उजागर गरेको छ । यसमा भनिएको छ, ‘यो मां जयति सङ्ग्रामे...स मे भर्ता भविष्यति ।’ अर्थात् जसले मलाई यस युद्धमा परास्त गर्न सक्छ, म त्यसैलाई पति स्वीकार गर्ने छु । यसरी आफूलाई पराजित गर्न सक्ने सामथ्र्य भएको पुरुषसँग मात्र विवाह गर्ने प्रतिज्ञा गरेकी देवीले त्यस्तो किसिमको शक्तिशाली पुरुष कतै पनि नभेटेपछि विवाह नै नगरेको सन्दर्भलाई दुर्गा सप्तशती (चण्डी) मा उल्लेख गरिएको छ । 

नारीभित्र अथाह शक्ति र सामथ्र्य लुकेको हुन्छ तर त्यसलाई उसले बाहिर देखाउने वा त्यसलाई जागृत गर्ने अवसर प्राप्त नगर्नाले पनि उनीहरूको शक्ति र सामथ्र्य केवल आख्यानका रूपमा मात्र सीमित हुन पुगेको छ । यस्ता पुराण वा ग्रन्थका पाठहरू कर्मकाण्डी पूजामा मात्र सीमित भएकाले र त्यो आमनारीको पहुँचबाट टाढा राखिएकाले पनि नारी स्वयं आफ्नै शक्ति र सामथ्र्यबाट अनभिज्ञ रहन पुगेका हुन् । 

वर्तमान परिप्रेक्ष्यमा हेर्ने हो भने अहिलेको समाजमा हुने विभिन्न प्रकारका लैङ्गिक हिंसालाई रोक्न र सभ्य, सुसंस्कृत समाज निर्माण गर्नका लागि पनि नारी शक्तिशाली हुन आवश्यक छ र यसका लागि वैदिक ग्रन्थका गूढतम अर्थ बुझ्न तथा पौराणिक ग्रन्थका पछि भएका अनेक अपव्याख्याहरूबाट मुक्त भएर  अध्ययन गर्नु आवश्यक छ । वर्तमानमा अनेक प्रकारका लैङ्गिक हिंसालाई रोक्न र नारीप्रतिको सम्मान भाव जगाउन संस्कृतका नीतिसूक्तिहरूमा ‘मातृवत् परदारेषु’ अर्थात् सबै नारीहरूलाई आमासमान मान र ‘या देवी सर्वभूतेषु शक्तिरूपेण संस्थिता’ अर्थात् नारी भनेकी देवी हुन् र ती सबैमा शक्तिका रूपमा रहेकी हुन्छिन् भन्ने कुराको सबैमा बोध गराउँदै दुर्गासप्तशतीमा वर्णन गरिएको दुर्गा जस्तै चण्डीरूप धारण गरेर शक्तिशाली हुनु आवश्यक छ ।  मधुपर्क