क्रिस्टिना बारबरा आज अति खुसी छिन् । उनको आँखामा खुसीको आँसु छचल्किराखेको छ । एकातिर ओठको हाँसो पस्केर स्वागत, फूलमाला, सम्मान, प्रशंसापत्र लिइराखेकी छिन् अर्कोतिर छचल्किएको आँसु पनि पुछ्दै छिन् । जीवनमा यस्तो दिन पनि आउँछ, यस्तो प्रेम, सद्भाव र अपनत्व देखाउने समाज र मानिस छन् यो संसारमा क्रिस्टिनाले सोचेकी पनि थिइनन् ।
निर्जीव मेसिनसरहको दैनिकी जीवनलाई चार दशकसम्म नियालिरहेकी क्रिस्टिनालाई कता कता स्वर्गमै अवतरण गरेको क्या हो ? जस्तो अनुभूति भइराखेको थियो ।
यो अनुपम प्राकृतिक सौन्दर्यता, निश्चल पवित्र हावा, निस्कपट मुस्कानका धनि वरिपरिका मायालु अनुहारहरू !
व्रिmस्टिना मनमनै यति गदगद हुन्छिन् कि यी सुन्दर डाँडापाखामा उडूँ उडूँ लाग्छ उनलाई ।
नाचाँै नाचौँ लाग्छ उनलाई ती गाउँले कर्मठ इमानदार हात समातेर ।
उनले पढेकी बुझेकी यो संसारमा दुई जात छन् स्त्री र पुरुष । भेदभाव र छलकपटको भाषाबाट अनभिज्ञ क्रिस्टिना वृद्ध बालक, पुरुष महिला, के महिलो के सुकिलो ? सबलाई अङ्कमाल गर्छिन् । भावपूर्ण माया प्रकट गर्दै कुम सुमसुम्याउँछिन् । गाउँलेहरू आफ्नै चेलीको यो देवी जस्तो रूप व्यवहार देखेर हर्षित हुन्छन् गर्वित हुन्छन् ।
टुटेफुटेको नेपालीमा धन्यवाद आमा, धन्यवाद दाइ, धन्यवाद बहिनी भनिराखेकी छिन् । सबै उनलाई भेट्न, छुन लालायित भएर तँछाड म छाड गरिराखेका छन् ।
भर्खरै जिल्लाका प्रमुख नेता प्रशासक, प्रहरीहरू पनि उनीसित बिदा भएर गएका छन् ।
क्रिस्टिना गाउँमा आएकी केही महिना मात्र भएको छ । उनको सहृदयताले त्यो गाउँ मात्र होइन जिल्लाकै मुहार फेरिँदै थियो ।
सोलार बत्ती, स्वास्थ चौकी, स्कुल निर्माण, घर घरमा शौचालय, गरिब असहायका लागि सहयोग गरेर क्रिस्टिना त्यो गाउँका लागि देवदूतको अवतार नै भएर आए कि हो कि जस्तो लाग्थ्यो ।
क्रिस्टिना स्वयं एक वरिष्ठ नर्स थिइन् । गाउँलेहरूको घर घरमा पुगेर स्वास्थ्य परीक्षण गर्नु औषधी दिनु त उनको दैनिक प्रमुख नै थियो । गाउँ आएको छोटो समयमा नै क्रिस्टिना सबैको आँखा कि नानी भएकी छिन् ।
खुईय सास फेर्दै क्रिस्टिना गुन्द्रीमा बसिन् ।
आमा, ए आमा ! एक करुवा पानी दिन्छ्यौ ?
तिम्री आमा ढिँडो ओराल्दै छिन् । म लेराउ छु पानी छोरी ।
सत्तरी नाघेका बलबहादुरले पानी ल्याइदिए । व्रिmस्टिनाले बलबहादुरको हात समातेर आफूसँगै राखिन् । उनको कुममा टाउको राखेर भन्छिन्, बा एउटा कुरो सोध्छु, नरिसाउनु होस् है ?
व्रिmस्टिनाको कपाल खेलाउँदै बलबहादुर भन्छन्, यो डाँडा पारिको जुन भइसकेको बुढासित रिस नै कहाँ बाँकी छ र उठोस् छोरी ? रिस आँसु जति त तिम्रो सम्झनामा बगेर उहिल्यै सक्किए ।
माथि जाने प्रतीक्षामा थियौँ । तिमीले झन् ढिला गरिदिने भयौ । बाँच्ने रहर पो जाग्न थाल्यो अब ।
त्यसो न भन्नुस न बा । म तपाईंहरू भनेर त आएको । तपाईंहरू नै नभए कहाँ जाऊँ फेरि ?
जिस्केको पो त छोरी ! बलबहादुरले तत्काल आफूलाई सच्याइहाले ।
ल भन के भन्न खोजेको तिमीले ?
नरिसाउनुस् है त ?
रिसाउँदिनँ बाबा रिसौदीन, तिमीसित रिसाएर नर्क जानु छ र मलाई ? ल भन के भन्न खोजेकी ?
त्यतिकैमा ढिँडो मस्काएको हात पुछ्दै आमा पनि आएर सोध्छिन्, केको गलफती हो बाबु छोरीको ?
व्रिmस्टिना आमा को हात समातेर अब उनको कुममा टाउको राख्दै सोध्छिन्, बा ! आमा !! मेरो मनमा सधैँ खेलिरहेको एउटा कुरो सोध्छु है ? मन हलुको पार्नु प¥यो नि मैले पनि ?
तपाईंहरूलाई यो रगतको टुव्रmालाई परदेशीको हातमा सुम्पिँदा कति पनि माया लागेन ?
मेरो बाबा ! मेरो छोरी ! यो मुटु घोच्ने प्रश्न नसोध भन्दै बुढाबुढी व्रिmस्टिनालाई अँगालो हालेर रुन थाले ।
उनीहरूको अरू वाक्य नै फुटेन ।
व्रिmस्टिनाले आफैँलाई सम्हाल्दै बा !आमा !लाई सम्झाउन खोजिन् नरुनुस भन्दै । हुन त व्रिmस्टिनाकै पनि आँसु नझरेको त कहाँ हो र ?
रुन देऊ छोरी रुन देऊ हामीलाई बाँकी रहेको पश्चातापको आँसु बग्न देऊ ।
हाम्रो अपराधको बोझ केही हलुको गर्न देऊ ।
व्रिmस्टिनाको पनि आँसु रोकिएको थिएन, बरु उल्टै बाआमाको आँसु पुछ्दै सम्झाउन खोजिन् । मैले तपाईंहरूलाई दुःखी बनाउन रुवाउँन् खोजेको होइन ।
तपाईंहरूलाई मेरो कतिको याद आउँथ्यो भनेर सोधेको पो त ?
बलबहादुर सम्हालिँदै व्रिmस्टिना उनकी कान्छी छोरी कल्याणीलाई च्यापेर बितेका दिनका कथा सुनाउन थाल्छन् ।
के बताऊँ कसरी छोरी हाम्रा ती विवशताका दिन ?
तिम्रा दुई दाजु थिए भनौँ कि छन् भनौँ हर्क र वीरबहादुर दुवै जना कम्मरभन्दा मुनि नचल्ने रोगबाट पीडित थिए ।
दुई दिदीहरू थिए चमेली र फूलमाया । तिनलाई पनि त्यो वर्ष आएको हैजाको महामारीले लिएर गयो । त्यसपछि तिमी जन्मियौ । तिम्रो नाम कल्याणी थियो । अहिले व्रिmस्टिना भएकी छ्यौ ।
दुई अपाङ्ग छोराको हेरविचार गर्दैमा न त ज्याला मजदुरी गर्न जान सक्यौँ न त अँधियामा पाखाबारी कमाएर खान सक्यौँ । तिमीलाई पनि सुकेनासको रोगले ग्रस्त पारेको थियो । औषधीमुलो गर्न न सकेर गाउँको झारपातको उपचारको भरमा बस्नुपरेको थियो । यो पाखा बारीको उब्जनीले वर्षको तीन महिना पनि खान पुग्दैनथ्यो ।
एक दिन तिम्रो मामाले सहरबाट खबर लिएर आए, भिनाजु एक जना पिसकोरमा काम गर्ने अमेरिकन गोरा दम्पती छन् । उनीहरूले धर्मपुत्री बनाएर लैजान खोजेका छन् । कान्छी भान्जीलाई पठाइदिने हो ? भन्न आए ।
न मैले मानेको थिए न त तिम्री आमाले मानेकी थिइन् ।
मेरो रगत, मेरो मुटुको टुव्रmालाई कसरी टाढा राख्न सक्छौँ ? दिँदैनौँ भनेर हप्काएर पठाएको । केही दिनपछि फेरि तिम्रो मामाले ती गोरासमेत लिएर आई सम्झाए ।
तिमीले त यो गरिबी यो नर्क जस्तो जीवन बेहोरिरहेछौ । दुई अपाङ्ग छोराको उपचार गर्न न सकेर जिउँदै मारेका छौ । दुई छोरीको पनि हैजाको उपचार गर्न न सकेर मा-यौ । अब यसलाई पनि खान दिन, शिक्षा दिन सक्दैनौँ, उसको जीवन सुखी हुन्छ भने किन जिम्मा दिँदैनौ ? भन्न थाले ।
गोराले कान्छी उनीहरूलाई दियौ भने दुवै भान्जालाई सहरमा लगेर उपचार गरिदिन्छु भनेका छन् । तिमीलाई पनि महिनैपिच्छे खर्च पठाइदिन्छन् । कान्छीको भविष्य बन्छ । उसको भाग्यमाथि किन खेलबाड गछौँ ?
हामीलाई तिम्रो मामाको कुरो ठिक जस्तो लाग्यो । सँगै तँलाई राखेर खानलाउन दिन नसकेर, उपचार गर्न नसकेर, पढाउन नसकेर नर्क जस्तो जीवन दिनुभन्दा गोराको ठुलो देशमा गएर ठुलो मान्छे बन्लिस् । हामीले दुःख पाए पनि तैले सुख पाउलिस् । हामीले तिमीलाई माया न गरेर होइन, धेरै माया गरेर । तिम्रो सुखी भविष्यका लागि हामीले आफँैलाई अपराधी बनाएका थियौँ र परदेशी गोरालाई सुम्पेका थियौँ । हामीलाई माफ गरिदेऊ छोरी, माफ गरिदेऊ, हाम्रो भुल भयो ।
बाबुआमाको बिलौना सुनिसकेपछि सुँक्क सुँक्क गर्दै क्रिस्टिना सोध्छिन् अनि दाइहरू नि बा !
उनीहरूको पनि लामो कहानी छ छोरी !
तिमीलाई लगेको केही महिनापछि दुवै दाइलाई उपचार गरिदिने भनी कताको मिसन अस्पताल लागेका थिए तिम्रो मामाले । उपचारपछि ठिक पनि भए छन् ।
खोइ कता को को इसुको कृपाले ठिक भएको रे ! इसुमाथि विश्वास गर । तिम्रो बाबुआमाको धर्मले त गरिबी र बिमारी मात्र दिन्छ भने रे । दुवैले हाम्रो धर्म संस्कृति त्यागिदियौँ भन्छन् । चाडपर्वमा कहिले पनि आउँदैनन् । हामी मर्दा पनि किरिया बस्न उनीहरूको धर्मले दिँदैन रे । खोइ मर्दा पनि मुखमा पानी हाल्न आउँछन् कि आउँदैनन् ?
हर्के त खोइ कुन देशमा पो छ रे ? वर्षमा एकाध चोटि आउँछ दुई चार हजार खर्च दिन्छ जान्छ । सहरमै घरबार जोडेको छु भन्छ । नातिनातिनीको मुख हेर्ने रहर थियो लिएर आइज न छोरा भन्छु गाउँमा ल्याएर के गर्नु, बिमारी पर्छन् भन्छ । बलबहादुरका आँखा अझै टिलपिल भइरहेका छन् ।
बुढी आमा एउटा हात छोरीको टाउकोमा र अर्काे हात आफ्नै गालामा राखी टोलाएर बाबुछोरीको दुःखेसो सुनिराखेकी हुन्छिन् ।
दाइहरूको ठेगाना, फोन नम्बर छ बा !
छैन, बा छैन । केही छोडेका छैनन् । सुस्केरा हाल्दै बलबहादुर जबाफ दिन्छन् ।
क्रिस्टिना बारबरा अर्थात् कल्याणी (कान्छी) तीन वर्षको कलिलो उमेरमा धर्मपुत्री बनी अमेरिका आएकी थिइन् । कान्छी ! बाबुआमाले मायाले बोलाउने नाम उनको मानस पटलबाट उडिसकेको थियो भने गाउँ र देशको नाम त टाढा हुने नै भयो ।
अमेरिकाको एक धनाढ्य क्रिस्चियन परिवारमा व्रिmस्टिना नामले परिचित भइन् । उनको संसार बाबुआमा कर्मथलो अमेरिका नै भयो । उनको वर्ण अनि कपालको रङले गर्दा क्रिस्टिनाका बाबु आमालाई उनीहरूका साथीहरूले कहिले काहीँ कोही कोही कति सुन्दर छोरी कुन देशकी हुन् भनेर सोध्थे । बाआमाले नेपाल भनेर जकाफ दिँदा व्रिmस्टिना सोच्थिन्, कहाँ होला नेपाल भन्ने देश ? कस्ता होलान् मलाई जन्माएर अर्काको जिम्मा पठाउने निर्दयी बाबुआमा ?
जिउँदा छन् कि मरिसके होलान् ?
क्रिस्टिना अफ्नो धर्म बाबुआमालाई सोधिखोजी गरेर दुःखी बनाउन चाहँदैन थिइन् ।
आखिर उसको संसार त अब यहि नै हो ।
व्रिmस्टिनाको शीलस्वभाव अनि आमाबाबुप्रतिको लगावले उनीहरू हर्षित थिए । साथी इष्टमित्र जमघट हुँदा व्रिmस्टिनाको खुबै प्रशंसा गर्दथे । क्रिस्टिनाको जीवन सुखमय थियो । नर्सिङ पेसामा लागेर कमाइ पनि मनग्गे हुन्थ्यो । बाबुआमाको मायाले उनले बिहे गरेर अर्काे घर जाने सोच्ने साहस सपनामा पनि आएको थिएन ।
एक दिन अचानक क्रिस्टिनाको जिन्दगीमा भूकम्प आयो । उनी आफ्ना बाबुआमाका लागि साँझको खाना तयार गर्दै थिइन् । स्थानीय अस्पतालबाट फोन आयो । एउटा बीभत्स दुर्घटनामा दुवैको घटनास्थलमा नै मृत्यु भयो भनेर खबर ग-यो ट्राफिक प्रहरीले । अन्तिम सनाखतका लागि अस्पतालमा बोलाएको रहेछ ।
व्रिmस्टिना अब एक्ली भइन् । धर्म बाबुआमाले मृत्युपश्चात आफ्नो सम्पत्तिको हकदार व्रिmस्टिनालाई नै तोकेका थिए ।
व्रिmस्टिनाले ती सबै प्रव्रिmया पनि पूरा गराइन् । अहिलेसम्म अविवाहित व्रिmस्टिनालाई एक्लोपन महसुस हुन थाल्यो । बाबुआमालाई छाड्न नपरोस् भनेर नै उनले विवाह न गरी बसेकी हुन् ।
एक दिन बाबुआमाका सामान पनि गुडविलमा दान दिने उद्देश्यले सामान प्याक गर्दै सम्पूर्ण घर सफा गर्दै थिइन क्रिस्टिना । बुढाबुढीको पुरानो आलमारीमा एउटा श्यामस्वेत फोटो देखिन् । त्यो फोटोमा एउटा सानी मान्छे उनी नै हुनुपर्छ भनी अनुमान गरिन् । उनलाई काखमा राख्ने उनकी जन्म दिने आमाभन्दा अरू को हुन् सक्ला ? उनले आफ्नो धर्म बाबुआमाको विवरण दिएर नेपालको एम्बेसीमा बुझिन् । त्यहीँबाट पत्ता लगाएकी थिइन व्रिmस्टिनाले जन्म दिने बाबु आमा र जन्मेको घर ठेगाना । अब यो परदेशमा व्रिmस्टिनाको आफ्नो भन्ने कोही छैन ।
धर्म बाबुआमा मरेपछि एक्लो बनेकी व्रिmस्टिनाको मनमा कुरा खेल्न थाल्यो । कस्तो होला मेरो जन्म थलो ? कस्ता होलान् मलाई जन्म दिने आमाबाबु ? किन बुझाए मलाई परदेशीको हातमा ? के उनीहरूलाई मेरो याद आउँदैन होला ? उनीहरू मलाई माया होइन घृणा गर्छन् ? म छोरी भएकै कारणले बेचेका हुन् ? किन बेच्छन् आफ्ना सन्तान आमाबाबु ? के यो अपराध हो भन्ने उनीहरूलाई थाहा छैन ? यो मानव अधिकारविरुद्ध होइन ? बाध्यताको बहानामा सन्तान बेच्ने ? के होला यस्तो निर्मम हुनुपर्ने बाध्यता ? यति सस्तो आज संसारमा मानिसको मूल्य ? यस्ता अनेक कुरो व्रिmस्टिनाको मनमा उब्जिन्छ । के हो सत्य कुरो बुझ्न उनले नेपाल जाने निधो गरेकी थिइन् ।
गाउँघर पुगेपछि क्रिस्टिनालाई अनुभव भयो । उसका जन्म दिने आमाको ममता, जन्म भूमिको पवित्रता सुन्दरता ।
व्रिmस्टिना गाउँघर ओल्लोपल्लो घर, ढिकीजाँतो, पाखा बारीमा रमाउन थालिन् । उनीहरूको माया ममताले मुग्ध बनायो व्रिmस्टिनालाई ।
यो पो हो संसार । यहाँ पो छ मानब वस्ती !
अमेरिकाको सम्पूर्ण सम्पत्ति बेचेर सदाका लागि जन्मभूमि र मातापिताको सेवा गर्छु भनेर क्रिस्टिना कान्छी बनेर फर्केकी छिन् ।
अब अर्काे कसैले आफ्नो मुटुको टुव्रmालाई परदेशीको हातमा सुम्पनु नपरोस् !
अब अर्काे कान्छीले धर्मपुत्री बनेर विदेशमा बेचिनु नपरोस् भनेर अफ्नो सम्पूर्ण सम्पत्ति गाउँका निमुखा जनताको शिक्षा, स्वास्थ्य, रोजगारमूलक कार्यमा लगानी गरेको थिइन् ।
व्रिmस्टिना आज त्यो विकट जिल्लाकै दिदी, आमा, शिक्षिका, स्वास्थ्यकर्मी अनि समाजसेवी भएकी छिन् । आज त्यसैको प्रतिफल थियो जिल्लाभरिका जनता, सरकारी कार्यालय प्रमुखहरूको तर्फबाट अभिनन्दन गर्न देशका कार्यकारी प्रमुख स्वयं आएका थिए ।
क्रिस्टिना गाउँकी कान्छी आज खुस छे आफ्नो गाउँ, आफ्नो जन्म दिने आमाबाबु पाएर ।
आमाले बिन्ति गर्दै भनिन्, कान्छी अब तिमी नफर्के हुन्न ? यही गाउँमा बस न बा !
क्रिष्टिनाले जाबफ फर्काइन्, म जान्न आमा । अब यहीँ बस्छु । अर्की कान्छी अब जन्म दिने आमाबाबुको काखबाट छुट्याउन दिन्न । म जस्तै कान्छीहरू र उनीहरूको आमाबाको आँसु पुछेर बस्छु । अर्की कान्छीलाई नक्कली बाबुआमाको पर्दामा सक्कली आमाबाबुको मायाबाट वञ्चित हुन दिन्नँ ।
म कान्छीलाई कान्छी नै बनेर मादलको तालमा नचाउन चाहन्छु । डिस्को, बारको नग्नतामा होइन । धन्य आमा, धन्य बाबा मलाई यस्तो भाग्य दिएर जन्म दियौ ।
म आभारी छु तपाईंहरू प्रतिक्रिस्टिना बाबु आमालाई सम्झाउँछिन् । मधुपर्क