• ७ मंसिर २०८१, शुक्रबार

उद्विकास र प्रसारवादी दृष्टिकोणमा गजल

blog

“अमेरिकाका चिकित्सकहरूले एक व्यक्तिमा सुँगुरको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण गरे” भन्ने पुरानो समाचार पढ्दै थिएँ एकजना दाइ साहित्यकारको फोन आयो– “भाइ अब त मधुपर्कले पनि सर्वाेच्च अदालतको फैसला अनुसारको भाषा प्रयोग गर्नुपर्ला नि !” हजुर दाइ गर्नै पर्छ नि मैले भनेँ । दाइले सायद २०८१ असार ९ गते सर्वोच्च अदालतले गरेको वर्णविन्यासम्बन्धी फैसलालाई सङ्केत गर्नुभएको होला । अर्कोतरि यही समयमा दुई जना कविबिच गजलबारे सामाजिक सञ्जालमा ठुवा चलेको देखियो । बिबिसीमा प्रकाशित सुँगुरको मिर्गौला प्रत्यारोपणसम्बन्धी समाचार, वर्णविन्याससम्बन्धी फैसला र गजलको विवादले मेरो मस्तिस्कमा के प्रभाव पा-यो होला, आफैँ अनुमान गर्नुहोस् । म चाहिँ मात्र यति सोच्छु कि, अमेरिकाको बहस केमा छ ? नेपालको विवाद केमा छ ? यसले हाम्रो विकास स्तर देखाउँछ । 

मधुपर्ककर्मी भएकाले एउटा सकस बेहोर्दै आएको छु, “प्राप्त गजल प्रकाशित गर्ने कि नगर्ने ?” गजल छापौँ कतिपयका आँखामा त्यो गजल हुँदैन । नछापौँ गलज विधा चाउरिएर मरिच होला ! यो मेरो व्यक्तिगत समस्या र धारण हो । मैले बुझेको के हो भने गजललाई असाध्यै प्राविधिक बनायौँ भने यो जनस्तरबाट टाढिँदै जान्छ । बहर, काफिया, रदिफ मिल्दैमा सबै लिखत गजल हुँदैनन् होला । यसका आवश्यक तìवहरू गजलमा रहनुपर्ला । अरबी मान्यतालाई विश्वास गर्ने हो भने त गजल (कसिदा विधा) ले जीवित व्यक्तिको गुणगान, प्रशस्ति र हाइहाइ गर्नु पर्छ तर अहिले त भ्रष्टाचार र वातावरण जस्ता विविध विषयमा पनि गजल लेखिएका छन् । यसले के पुष्टि गर्छ भने गजलमा निरन्तर नयाँ अभ्यास हुँदै आएका छन् । अर्कोतिर साहित्य वा भाषालाई संस्कृति भनिने भएकाले यो परिवर्तनशील हुन्छ । यसमा लकिरका फकिर गर्नु कति वैज्ञानिक हुन्छ भनेर सोच्छु ।  

गजललाई संस्कृति मान्न तयार हुने हो भने यसको विकास (इभोलुसन) र प्रसार (डिफ्युजन) बारे केही सोच्नै पर्छ । संस्कृतिको उद्विकासवादी दृष्टिकोणले हेर्ने भने भने गजललाई अरबी क्षेत्रको मात्र उत्पादन भन्नुहुँदैन । संस्कृतिको उद्विकासवादी दृष्टिकोणको मुख्य मान्यता उद्विकास विश्वव्यापी प्रव्रिmया हो जसले जतिखेर अरब क्षेत्रमा गजल जन्मिएको थियो त्यस्तै प्रकारका गीत वा सबाइ वा गजल नेपाल जस्ता अन्य क्षेत्रमा पनि जन्मिएका थिए भन्छ । गजलका प्राविधिक र सिर्जनत्वका बारेमा बहस गर्नुपूर्व गजललाई संस्कृतिको उद्विकासीय र प्रसारवादी दृष्टिकोणबाट बुझ्न आवश्यक छ । 

–संस्कृतिको उद्विकासीय दृष्टिकोणमा गजल

–संस्कृतिको प्रसारवादी दृष्टिकोणमा गजल

संस्कृतिको उद्विकासीय दृष्टिकोणमा गजल

संस्कृतिको उद्विकासीय दृष्टिले संस्कृतिको निर्माणलाई विश्वव्यापि प्रव्रिmया मान्दछ । अर्कोतिर यसले संस्कृति मानव तथा समाजसँग सम्बन्धित हुन्छ भन्छ । एलएच मोर्गान र इबी टैलर जस्ता विद्वान् संस्कृतिको उद्विकासीय दृष्टिलाई फराकिलो बनाउँदै यो समानान्तर रूपमा विश्वभर त्यहाँको आवश्यकता अनुसार विकसित हुन्छ भन्छन् । अर्कोतिर उद्विकासीय दृष्टिले मनोक्षमताको एकरूपता (एकथअजष्अ गलष्तथ) मा विश्वास गर्छ । यो भनेको संस्कृति निर्माणका सन्दर्भमा मानवको सोच्न सक्ने क्षमता विश्वभर समान हुन्छ भन्ने हो । अर्कोतिर उद्विकासवादीहरू यो प्रव्रिmयालाई पछाडि नफर्कने (नन् रेट्रोग्रेसिभ) हुन्छ भन्छन् । यसै गरी उद्विकास एकलबाट बहुलतिर जान्छ भन्छन् । यिनै मान्यताका आधारमा गलजलाई हेर्ने हो भने । गजल कुनै एक स्थानमा मात्र जन्मेको होइन भन्नु पर्छ । यसको विकास विश्वका उपयुक्त स्थानमा समानान्तर तरिकाले भएको हो । यसका लागि मनोक्षमताको एकता (साइकिक युनिटीले) सहयोग गर्दै आएको हो । उदाहरणबाट मनोक्षमताको एकतालाई स्पष्ट गर्नुप¥यो भने जतिखेर अरब÷फारसी क्षेत्रमा गजल अस्तित्वमा आएको थियो । त्यसैबेला विश्वका अनुकूल अन्य स्थानमा पनि यसको समानान्तर विकास गर्ने मनोक्षमता अन्य क्षेत्रका मानिसमा थियो पनि भनेर बुझ्नु पर्छ । यद्यपि त्यस्ता गजलमा उद्विकासीय दृष्टिले भने झैँ एकलबाट बहुल अर्थात् एकात्मक स्वरूपबाट बहुस्वरूपमा विकसित भएका हुन सक्छन् । यसरी हेर्दा अरबमा गजल जन्मँदै गर्दा नेपालमा पनि भजन, रोइला वा अन्य गेय प्रकृतिका गजल विकसित भएका थिए भनेर स्वीकार गर्नु पर्छ । मनोक्षमताको एकताले भन्ने यही हो– कि अरबका मानिसले गजल लेख्ने क्षमता विकास गरेकै समयमा समान्तान्तर तरिकाले नेपालमा पनि गजलको विकास गर्ने मनोक्षमताको विकास भएको थियो र त्यसले गलज जन्माएको थियो । मात्र यसको स्वरूप फरक पर्न सक्छ ।   

संस्कृतिको प्रसारवादी दृष्टिकोणमा गजल

संस्कृतिको प्रसारवादी दष्टिकोणले कुनै पनि संस्कृति एक स्थानमा मात्र जन्मन्छ र सञ्चार तथा जनसम्पर्क जस्ता प्रव्रिmयाले अन्यत्र फैलन्छ भन्छ । यस्तो विचारको नेतृत्वकर्तामध्ये जर्मन मानवशास्त्री फ्रान्ज बोस (१८५०–१९४२) र ग्राफ्टन इलियट स्मिथ समानान्तर उद्विकास र मनोक्षमताको एकरूपतालाई ठाडै अस्वीकार गर्छन् । उदाहरण दिएर भन्नुपर्दा  यिनीहरूका अनुसार “गजल अरबमा मात्र जन्मेको हो ।” अमेरिकामा अध्ययन गर्ने अवसर पाएका तर लामो समय इजिप्टमा बसेर अध्ययन गरेका अस्टे«लियन सर्जन स्मिथ इजिप्टप्रति यति विधि आशक्त भए कि उनले सारा संस्कृतिको मूलभूमि इजिप्ट मात्र हो भने । स्मिथ र यिनीहरूलाई समग्रमा इजिप्टोलोजिस्ट भनिन्छ । मान्नुस् कि गजलको उत्पत्ति अरबमा मात्र भयो । अन्यत्रका मानिसमा गजल विकास गर्ने मनोक्षमता नै थिएन भन्छन् यिनीहरू । उनले इजिप्टको संस्कृतिलाई सभ्य र अन्यत्रलाई असभ्य समाज भने । उनी संस्कृति इजिप्टबाट अन्यत्र प्रसार (डिफ्युजन) मात्र भएको हो भन्छन् । उनले विश्वका अन्यत्र स्थानमा संस्कृतिको विकास हुनै सक्दैन भनेर जुन पूर्वाग्रही विचार राखे धेरै समकक्षीले उनको यस्तो विचारको आलोचना मात्र गरेनन् उनको नाम जिई ‘इलियट’ स्मिथलाई बिगारेर जिई ‘इडियट’ स्मिथसम्म भन्न भ्याए । 

उद्विकासीय दृष्टिकोणबाट हेर्ने हो भने गजलको उदय नेपालबाट पनि विकसित भएको हो भन्न सकिने आधार पाउन सकिन्छ । हाम्रा भजनहरू सयर गर्दै गर्दै जापान पुगेर ‘हाइकु’ भएर पुनः नेपाल भित्रिएको विचार अब विचार मात्र होइन तथ्य हुँदै छन् । यी तथ्यलाई सिद्धान्त बनाउन केही परिश्रम गर्नु पर्छ । 

फारसी÷उर्दु, हिन्दी हुँदै नेपाली भाषामा लेखिन थालेको गजलमा प्रकार (भेरियन्ट) आउनुलाई स्वाभाविक मान्नु पर्छ । यसै सन्दर्भमा  देवी पन्थी (१९५९ जुन १५) ले भन्नुभए जस्तो चारु, राग, विराग र रागविराग गरेर पनि गजल लेख्न सकिने खुकुलो वातावरण बनाउनु पर्छ । भारतमा पनि मुक्त गजल प्रयोगमा आएकै छन् । कुनै दिन नेपालीमा श्लोक लेख्दा वा गद्यमा कविता लेख्दा ओठ लेप्या-उनेहरू अहिले बाँचिबसेकै भए गद्य कविताको भेलबाढीमा कहाँ उभिने थिए ? हो छन्दमा लेख्ने हो भने यसका मान्यता (शास्त्रीय र वार्णिक) पालना गर्नै पर्छ । यसमा विवाद छैन । गजल भनेपछि यसका नियम पालना गर्नै पर्छ तर गजलको आदिभूमि मानिने क्षेत्रमा पनि यसका स्वरूपमा परिवर्तन आएका छन् भने हामीले पनि गजललाई मुक्त, चारु, राग, विराग र रागविराग वा अन्य प्रकारले लेख्न दिनु पर्छ । अन्यथा बहरको कहरमा गजल चाउरिने छ । ज्ञानुवाकर पौडेल, प्रकट पङ्गेनी रवि प्राञ्जलका गजललाई एकदम शास्त्रीय कोणबाट हेरेर “गजल नै होइनन्” भनियो भने यस्तो मान्यता राख्नेहरू अहिले आउँदै गरेको गजलको भेलमा कहाँ उभिएलान् । 

भाषा, गजल, साहित्य यी सबै संस्कृति हुन् जो समाजका सदस्यका नाताले मानिसले आर्जन गरेका हुन् । यिनले मानिसको आवश्यकता पूरा गर्छन् । यी मानिसको आवश्यकता अनुसार उदय, विकासित र परिमार्जित हुन्छन् । यस सन्दर्भमा कि त हामीले मनोक्षमताको एकरूपतालाई अस्वीकर गरी अरबमा मात्र गजल उदय भएको हो र तिनै सिद्धान्त घोकेर गजल लेख्नु पर्छ भनेर इजिप्टोलोजिस्टका विचारलाई पच्छ्याउनु पर्छ कि त मनोक्षमताको एकरूपताई स्वीकार गरेर गजलको समानान्तर विकास हुन्छ । त्यो नेपालमा पनि भएको थियो वा हुन सक्छ भलै यसका स्वरूपमा भिन्नता आउन सक्छन् भनेर स्पष्ट हुनु पर्छ । होइन भने हामी गजल र वर्णविन्यासमा विवाद गरिरहौँ, अमेरिका वा अन्य देशलाई वैज्ञानिक आविष्कार र नवप्रवर्तनको जिम्मा लगाई दिऊँ । मधुपर्क