एकाएक दुर्गादत्त टक्क रोकिए । अर्जुनदृष्टि लगाएर हेर्न थाले । उनी असमञ्जस्यमा परेका थिए । उनले जो देखिरहेका थिए त्यो आफैँमा एउटा अविश्वनीय दृश्य थियो ।
लाम्चो लाम्चो हिसी परेको अनुहार सलक्क जिउडाल त्यसमाथि माछापुछ«ेको हावाले हल्लाइरहेको केशराशि देखेपछि दुर्गादत्त मोहित भए, पार्वतीलाई हेरिरहे ।
१७÷१८ वर्षकी ब्राह्मण कन्या आफ्नो अगाडि देखेपछि दुर्गादत्तमा नयाँ ऊर्जा थपिएको थियो । दुई दुई घरबार बिग्रिएपछि विछिप्त बनेका थिए उनी । साम्मीको डाँडामा ती कन्यालाई देखेपछि उनमा नयाँ घरजम गर्ने उत्कट अभिलाषा जागृत भएर आयो । पुनः विवाह गर्ने सोचको बीजारोपण भयो । अब अर्को विवाह नगर्ने भन्ने उनको पहिलेको सोचाइ परिवर्तन हुन थाल्यो । मनभित्र द्वन्द्व चलि नै रहेको थियो तर उनको दृष्टि भने पटक पटक तिनै कन्यातिर थियो ।
स्याङ्जाको पुतलीखेतबाट घर जान निस्किएका दुर्गादत्तको घर जाने पाइला नै अगाडि बढेन । उनी राति त्यहीँ बास बसे । दुर्गादत्तले आफ्नो मनमा अङ्कुरित इच्छालाई रोक्न सकेनन् । पार्वतीसँग विवाह गर्ने प्रस्ताव ठुलाघरमा पठाए । राति ठुलाघरमा उनको प्रस्तावबारे छलफलमाथि छलफल चल्यो । स्याङ्जा माल अड्डाका मुखियालाई कन्या दिन ठुलाघरे तयार भए तर एउटा सर्त तेस्र्याइयो । कन्यापक्षको एउटा मात्रै सर्त थियो । माल अड्डाका मुखियासँग सम्बन्ध गाँस्नु हाम्रो लागि सौभाग्य हो । हामी कन्या दिन तयार छौँ तर तपाईंको तेस्रो घरबारका रूपमा होइन, ठुलाघरे पौडेलले आफ्नो अडान प्रस्ट्याए । उनले भने चौथो विवाहका लागि हाम्रो सहमति छ तर तेस्रो विवाह अर्थात् तेस्रो दुलहीकी रूपमा हाम्री कन्या दिन असमर्थ छौँ ।
ठुलाघरेको यस्तो अनपेक्षित सर्तपछि दुर्गादत्त दोधारमा परे । कुनै निर्णय नदिई पछि कुनै दिन भेट्ने वाचासहित घर लागे ।
घरको जेठोबाठो उनै थिए । माता पिताको देहान्त भइसकेको थियो । अन्यमनस्क भाव लिएर एक दिन दुर्गादत्तले चारै जना भाइसँग के गर्ने भन्नेबारेमा छलफल गरे । चार भाइ पार्वतीसँग विवाह गर्नुपर्नेमा सहमत भए । तेस्रो विवाह चाँडै गरेर सम्मी गई पार्वतीसँगको विवाह सम्पन्न गर्ने कार्यव्रmम बनाए तर दुर्गादत्तको खासै चित्त बुझेन । उनी थप सल्लाह लिन अन्तरे भाइ लिई मामाघर मैबल गए । त्यहाँ पनि उनले उस्तैै राय उनले पाए ।
अन्ततः कुसुन्डेकी सात वर्षीय जमुनासँग लगनगाँठो कसेको अर्को दिन दुर्गादत्त स्याङ्जा पुगे । एक महिनाका बिचमा दुई वटा विवाह सम्पन्न भएपछि उनको दैनिकी फेरियो । सात वर्षकी जमुनालाई गाउँमा छाडेर कान्छी श्रीमतीका साथ दुर्गादत्त स्याङ्जामा रहन थाले ।
पुरुष धर्म र सन्तान सुखबाट झन्डै वञ्चित दुर्गादत्त सन्तान सुखको चरणमा पुगे, विवाहको पाँच वर्षमा दुई छोरी कालिका र भगवती जन्मे । एवं रीतले दिनहरू बित्तै गए । दुर्गादत्तले पनि जीवनको उत्तरार्धतिर टेक्न थाले । आफ्नै हातले छोरीहरू अन्माउने उत्कट रहर थियो उनमा ।
दुवै छोरीको विवाह सुखौराका भट्टराईका साथ धुमधामका साथ गरे । उनको उत्साह झन् थपिँदै गयो । यसैबिच तेस्रो सन्तानका रूपमा पुत्रलाभ भयो । हर्षबढाइँ गरे गाउँघरमा भोजभतेर चल्यो । तर अफसोच पाँच वर्षको उमेरमा नै बालकको मृत्यु भयो । त्यसपछि भने दुर्गादत्तमा मानसिक पीडा थपिन थाल्यो । टोलाउने, एकहोरो हेरिरहने । तन्त्रमन्त्र झारफुक सबै गर्दा पनि उनको एकहोरोपन हट्न सकेन ।
बसेको घर नै अफाप हो कि भन्ने लागेर उनले अर्को घर बनाए र सरे । त्यस घरमा सरेपछि भने दुई पुत्ररत्न जन्मिए । जमुनाबाट कृष्ण र पार्वतीबाट रुद्र ।
जेठो छोराको निधनपछि उनले जागिर छाडिसकेका थिए । बढी चिन्ताले गर्दा उनलाई रोगले सताउन थाल्यो । जति औषधी गरे पनि नछुने भयो । अन्ततः दुर्गादत्तले संसार छोडे ।
दुर्गादत्तको देहावसान हुँदा कृष्ण र रुद्र बाको अनुहार कस्तो थियो भन्ने सम्झन सक्ने उमेरमा थिएनन् ।
दुई भाइ टुहुरालाई दुई विधवाले पालनपोषण गर्नुपर्ने बाध्यता आइप¥यो । अरू कुनै उपाय थिएन । पार्वती आफ्नो काखे शिशु लिएर माइत गइन् तर जमुनाको जाने ठाउँ कहीँ थिएन । दाजुभाइ थिएनन् । बाआमाको देहावसान भइसकेको थियो । जमुना गाउँमै बसिन् ।
समयले कोल्टो फे¥यो । वैभवपूर्ण जीवन बिताइरहेका जमुना र पार्वतीमा सङ्कटका दिनहरू एकपछि अर्को गर्दै थपिँदै जान थाले । सम्पत्तिको संरक्षण सबैभन्दा ठुलो समस्याका रूपमा उत्पन्न भयो । खेती गर्ने मानिसको अभाव एकातिर रह्यो भने आर्थिक समस्या सबैभन्दा पेचिलो बन्यो । जग्गा बेच्दै मालपोत तिर्ने दिन पनि आए ।
समय एकैनास हुँदैन । समयको गतिसँगै जमुना र पार्वतीका समस्या पनि कम हुँदै गए । दुई बालक कृष्ण र रुद्र विवाह योग्य भए । कृष्णले नर्मदा र रुद्रले तुलसीसँग लगनगाँठो कसे । केही समय सुखमय दिन बिते तर उनीहरूको परिवारमा एकपछि अर्को बज्रपातको अवस्था अझ सकिएको रहेनछ । दुवै छोरी र ज्वाइँसमेतको मृत्युको असह्य पीडाबाट पार्वतीको पनि मृत्यु भयो । त्यसको केही समयपछि रुद्रले पनि मृत्युवरण गरे । सानै उमेरकी तुलसी पनि वियोगबाट गुज्रिनु प¥यो । उनले जीवनभर त्यो पीडा भोगेर बसिन् ।
समय सधैँ गतिशील र परिवर्तनशील हुन्छ भन्ने कुरा कृष्ण र नर्मदाको जोडीले विस्तारै स्थापित गराउँदै गए । उनीहरूको मेहनत र परिश्रमले सफलता प्राप्त गर्न थाल्यो ।
गाउँबेँसी गर्नुपर्ने झमेला थियो । बेँसी फाँटहरूमा औलो लाग्ने हुँदा दिनभर बँेसीमा काम गरेर राति भने गाउँमा सुत्न जाने चलन थियो । गाउँबेँसी दुवैतिर बसोबासको बन्दोबस्त थियो तर बेँसीमा रात बिताउन कोही पनि चाहँदैनथ्यो । राति बसेमा औलो लाग्ने भय थियो । बेँसीमा धन्सार हुन्थ्यो । गाउँमा घर ।
बेँसीमा गाईगोरु भैँसी पालिन्थ्यो भने गाउँमा दुहुनो भैँसी बाख्राका पाठापाठी । कसैकसैले त सबै वस्तुभाउ बेँसीमै पाल्थे । बेलुकाको दुध लिएर गाउँ जान्थे ।
औलो उन्मूलनसँगै गाउँको बसोबास बेँसी झर्न थाल्यो । कृष्ण पनि डाँडाको बसोबासलाई छाडेर सदाका लागि बेँसी झरे ।
धन्सारलाई मर्मत सम्भार गरेर बस्न योग्य बनाए । कृष्णको सानो परिवार दोहोरो बसाइबाट मुक्त भए । एकचित्त भएर कृषि कर्ममा लागे ।
कृष्ण र नर्मदा माटोसँग खेल्न थाले । विस्तारै सारा बन्जरभूमिलाई खेतीयोग्य बनाए । उब्जनी वर्षैपिच्छे बढ्दै गयो । माटोको सुवाससँग उनीहरू चुर्लुम्म डुबे ।
बर्खे खेती गर्ने गाउँको प्रचलनलाई तोड्दै कृष्ण नर्मदाको जोडीले रवि (हिउँदे) खेतीको सुरुवात गरे । गहुँ, आलु, प्याज, लसुन मटर, केराउ, आलस, खेसरी आदिको खेती, खेत र पाखोबारी दुवैतिर एकै पटक गरे । गाउँमा गहुँ र प्याजको खेतीको सुरुवात गर्ने कृष्ण नै थिए ।
बर्खे एक खेती मात्र गर्ने गाउँमा तीन खेती गर्ने जाँगर कृष्णले चलाए । खेतबारी बाँझो नराख्ने अभियान एकसाथ चल्यो । खेतमा मकैको खेती एकाध ठाउँमा हुन्थ्यो तर चैते धान पनि रोप्न थालियो ।
कृष्णको प्रयासमा गाउँमा साथ दिनेहरू एकपछि अर्को गर्दै रवि खेतीको पक्षमा देखिन थाले । खेतबारी १२ महिनै हरियालीका साथै आम्दानीको स्रोत पनि थपिन थाल्यो ।
गाउँमा केही व्यक्ति भने विरोधमा उत्रिए । वस्तुभाउ छाडा छाड्ने प्रवृत्ति थियो । गाईगोरुभैँसी फुकाएर छोडिदिने । बेलुका गोठमा आए बाँधिदिने अन्यथा खोज्न जाने प्रचलन थिएन । चार पाँच दिन पनि नआएमा जङ्गलतिर खोज्न जान्थे । कति बाघले खाएको भेटिन्थ्यो भने कति चिथोरेर छाडेको । रवि खेतीले गर्दा गोठालो जानु अनिवार्य भयो । फलानाले हिउँदमा पनि खेतीको चलन चलाएर हामीलाई अप्ठ्यारो पा¥यो भन्नेहरूका स्वर विस्तारै क्षीण बन्दै गयो । वस्तुभाउको सुरक्षा भएकोमा खुसी पनि भए ।
समाज बदल्ने अभियानमा एकपछि अर्को गर्दै कृष्णले नयाँ नयाँ कार्यहरू गर्न थाले । मन्दिर पाटी महिला प्रौढ शिक्षा आदिका साथै सामाजिक कुरीति र अन्धविश्वासविरुद्ध चेतना बढाउने सनातन संस्कृतिको रक्षाका लागि चेतना अभिवृद्धिको मार्गमा अविचलित भएर लागेँ । राजनीतिक चेतना बढाउँदै गाउँका सबैलाई एकताबद्ध बनाउने प्रयासमा लागे ।
कृष्ण र नर्मदाको अमर प्रेमको निसानी पाँच छोरा र दुई छोरी खेतीकिसानीसँगै जन्मे, हुर्के र उच्च शिक्षा प्राप्त गरी आआफ्नो क्षेत्रमा सव्रिmय रहेका छन् । मानसिक सुखानुभूतिका साथै आत्मसन्तुष्टि पाएको कुरा उनले बताउने गरेका थिए ।
प्रजातन्त्र नागरिकको हक अधिकार सुरक्षित गर्ने सबैभन्दा उत्तम व्यवस्था हो भन्ने मान्यता राख्ने कृष्ण उदारवादी प्रजातन्त्रको हिमायती थिए र त्यसको संवर्धनमा सव्रिmय रहे । जीवनको उत्तरार्धमा पनि विश्राम नलिई एकचित्त आफ्नो कर्तव्य पथमा निरन्तर खटेर कृष्णले कार्य गरे, कसैको सहाराबिना । आफ्नो मृत्युको आभास उनलाई अघिल्लो दिन भयो । उनले काठमाडौँमा भएका छोरालाई बोलाउन लगाए । भोलिपल्ट बिहान करिब ११ बजेतिर उनले यो संसार छाडे, कुनै बिरामी नभईकन । त्यसको १० वर्षपछि ठिक त्यसै दिन नर्मदाको पनि देहावसान भयो । दुवैको जन्म र मरण एकै दिन हुनु एक संयोग मात्र कि एउटा प्रेमको स्वरूप ।
नियतिको खेल मनुष्यले सोचे जस्तो नहुने रहेछ । पार्वतीका चार सन्तान कसैको पनि वंश परम्परा रहेन तर जमुना जो दुर्गादत्तको तेस्री श्रीमतीका रूपमा अप्रत्यासित रूपमा घरमा भित्रिएकी थिइन्, तिनका सन्ततिले भने डाँडाकाँडा ढाकेका छन् ।