‘चुनावी सरकारबाट कानुनी सुधार कठिन’
अर्थमन्त्री रामेश्वर खनालले लगानीको वातावरण सुधार गर्न थुप्रै कानुनी सुधार गर्न जरुरी रहे पनि चुनावी सरकार भएकाले तत्काल कठिन रहेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ (सिएनआई) ले बुधबार आयोजना गरेको ‘राजस्व प्रणालीमा सुधार, सार्वजनिक निजी संवाद’ कार्यक्रममा मन्त्री खनालले लगानीको वातावरण बनाउन कानुनी सुधार आवश्यक भए पनि संसद् नभएको र सरकार चुनावमा केन्द्रित भएकाले पनि कानुन संशोधन गर्न नसक्ने बताउनुभएको हो ।
नारायणी नदी पुल क्षेत्रमा राति गाडी सञ्चालनमा रोक
पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल खण्डको नवलपुर र चितवन जोड्ने नारायणी नदी क्षेत्रमा दुईदिन रातिमा सडक बन्द गरिने भएको छ ।
प्राविधिक रूपले सक्षम ठेकेदार छानिने
पूर्वाधार विकासका आयोजनाको ठेक्का सम्झौता गर्दा कम मूल्य कबोल गर्ने आर्थिक प्रस्तावभन्दा प्राविधिक प्रस्ताव राम्रो रहेका सक्षम ठेकेदार छनोट गर्ने पद्धतिलाई प्राथमिकता दिइने भएको छ । एसियाली विकास बैङ्क र विश्व बैङ्क जस्ता बहुपक्षीय दातृ निकायको मापदण्ड अनुसार सार्वजनिक खरिद ऐनमा समेत त्यस्तो व्यवस्थाको गृहकार्य भइरहेको छ ।
पचपन्न लाख किलोभन्दा बढी जडीबुटी निर्यात
जडीबुटी निर्यातका लागि देशकै प्रमुख नाकाका रूपमा गणना हुने नेपालगन्ज नाकाबाट गत आर्थिक वर्ष २०८१/८२ मा ५५ लाख किलोभन्दा बढी जडीबुटी निर्यात गरिएको छ । केही वर्षयता आएर यस नाकाबाट जडीबुटी निर्यात वृद्धि हुँदै गएपछि त्यसमा लागेका व्यवसायी, सङ्कलक र किसान सबै उत्साहित भएको नेपाल जडीबुटी व्यवसायी सङ्घले जनाएको छ ।
अर्धयान्त्रिकीकरणले थप समस्या
कृषिक्षेत्रमा भित्रिएको अर्धयान्त्रिकीकरणले किसान थप समस्यामा परेका छन् । सघन रूपमा धान खेती हुने दक्षिणी मोरङका रतुवामाई, सुनबर्सी, रङ्गेली नगरपालिका र कानेपोखरी, धनपालथान, जहदा र कटहरी गाउँपालिका क्षेत्रका कृषिमा आश्रित कृषि मजदुर यन्त्रले काम खोसेपछि भारत पलायन भएका छन् । वर्षभरि कृषि मजदुरी गरेर घर चलाउने सन्थाल, ऋषिदेव, बाँतर, उराँव जातिका युवा गाउँमा बस्न छोडेका छन् । वर्षभरि कृषि मजदुरी गर्न नपाउने भएपछि उनीहरू भा
दोस्रो साङ्धुङ्गे माङ्गेना कप हुने
दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ यही मङ्सिर १३ गतेदेखि सञ्चालन हुने भएको छ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नम्बर ५ थुकिमामा दोस्रो साङ्धुङ्गे माङ्गेना कप वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुने भएको हो ।
गुल्मीमा ४८ मतदानस्थल अतिसंवेदनशील
गुल्मीमा ४८ मतदानस्थल अति संवेदनशील सूचीमा परेका छन् । आगामी फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि यस जिल्लामा तयारी तीव्र रुपमा अगाडि बढेको छ ।
सहलगानीमा ठुला जलविद्युतकाे पक्षमा कर्णाली
कर्णाली प्रदेश सरकारले प्रदेश सरकार, स्थानीय तह र निजी क्षेत्रको सहलगानीमा जलविद्युत् आयोजना निर्माण गर्ने नीति लिएको छ । कर्णालीमा ठुला जलविद्युत् आयोजना सञ्चालनमा नरहेको अवस्थामा यस्तो नीति लिइएको हो ।
एक खर्ब नाघ्यो एमसिसी परियोजना : अमेरिकाले थप्यो सात अर्ब अनुदान
प्रसारण लाइन निर्माण तथा सडक स्तरोन्नतिका लागि संयुक्त राज्य अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) मार्फत सात अर्ब रुपियाँ (पाँच करोड अमेरिकी डलर) थप अनुदान दिने भएको छ । यससँगै नेपालमा कार्यान्वयन हुने एमसिसी परियोजनाको आकार एक खर्ब छ अर्ब रुपियाँ (७४ करोड ७० लाख डलर) को हुने भएको छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ४५ पैसा र बिक्रीदर १४२ रुपियाँ ५ पैसा निर्धारण गरिएको छ ।
ब्याजदर न्यूनतम विन्दुमा झर्दा पनि बढेन कर्जा
वाणिज्य बैङ्कले प्रदान गर्ने कर्जाको ब्याजदर न्यूनतम विन्दुमा आउँदा पनि बैङ्कको कर्जा प्रवाह बढ्न सकेको छैन । बैङ्कहरूले प्रदान गर्ने कर्जाको ब्याजदर घटिरहेको छ तर ब्याजदर घटे अनुरूप कर्जाको उपभोग भने नभएको हो ।
राष्ट्रिय सभातर्फ मात्र एमालेको निवेदन दर्ता
नेकपा (एमाले) ले राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ । सो दलले प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता भने गराएको छैन ।
आज देशभरको मौसम सफा रहने
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
रकम हिनामिनामा शाहीलाई छ महिना कैद
सामुदायिक वन उपभोक्ता समूहको रकम हिनामिना प्रकरणमा विशेष अदालतले जाजरकोटको रानीचौर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कर्णबहादुर शाहीलाई छ महिना कैद सजायको फैसला गरेको छ ।
विशेष महाधिवेशनको मिति तोक्न माग
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबार बस्दै छ । मङ्सिर १ गतेका लागि तय भएको बैठक १५ औँ महाधिवेशनका सन्दर्भमा सहमति जुट्न नसकेपछि बिहीबारका लागि तय भएको हो ।
नेपालमा अवैध बसोबास गर्ने चार जना मलेसियनलाई फिर्ता पठाइने
नेपालमा भिसा नियमित नगरी बसोबास गर्दै आएका चार जना मलेसियन नागरिकलाई स्वदेश पठाउने निर्णय भएको छ । मङ्सिर २ गतेको मन्त्रीपरिषद् बैठकका निर्णय बुधबार सिंहदरबारमा सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मलेसियन नागरिकले नेपालबाट प्रस्थान हुने मितिसम्म बुझाउनुपर्ने विलम्ब शुल्क र जरिबानाबापतको सबै दस्तुर मिनाहा गरी नेपालबाट प्रस्थान गराउने निर्णय भएको जानकारी दिनुभयो ।
संवैधानिक निकासका लागि निर्वाचन
सरकारले प्रतिनिधि सभा निर्वाचन तयारीका सन्दर्भमा सर्वदलीय संवाद अघि बढाएको छ । फागुन २१ गतेका लागि तय भएको निर्वाचनमा राजनीतिक दललाई विश्वासमा लिएर अघि बढ्ने वातावरण बनाउने दृढताकासाथ प्रधानमन्त्री सुशीला कार्कीले सर्वदलीय परामर्शलाई निरन्तरता दिनुभएको हो ।
ट्रलीबस सञ्चालनमा सहयोग गर्न आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले काठमाडौँ उपत्यकाको चक्रपथ र विस्तार भइरहेका मुख्य राजमार्गमा विद्युतीय ट्रलीबस सञ्चालनको सम्भाव्यता अध्ययनमा सहयोग गर्न एसियाली विकास बैङ्क (एडिबी) लाई आग्रह गर्नुभएको छ ।
नयाँ दललाई हस्ताक्षर पुर्याउनै हम्मे
निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएका दललाई पाँच सय जनाको हस्ताक्षर पुर्याउन हम्मे हम्मे परेको छ । दल दर्ताका लागि निवेदन दिएका अधिकांश प्रस्तावित दलले सो प्रक्रिया पूरा नगर्दा दर्ताको प्रमाणपत्र पाएका छैनन् ।
नियमित प्रक्रियाबाटै गेट पास
मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारमा सर्वसाधारणको प्रवेशका लागि नियमित प्रणाली अनुसार प्रवेश पास दिन सुरु गरिएको छ । गृह मन्त्रालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी रवीन्द्र आचार्यले भदौ २३ र २४ गते जेनजी समूहको नाममा भएको प्रदर्शनपछि सिंहदरबारको मूल गेटबाट दिँदै आइएको प्रवेश पास नियमित प्रक्रिया अनुसार पुनः दिन सुरु गरिएको जानकारी दिनुभयो ।
हिमालमा हिउँ, तराईमा शीतले दुःख
चिसो यामको सुरुवातसँगै हिमालमा हिउँले र तराईमा शीतले आमनागरिकलाई गाह्रो पार्ने पिरलो बढेको छ । सर्वोच्च शिखर सगरमाथाको फेदीस्थित सोलुखुम्बुका विभिन्न गाउँका स्थानीय कसरी जिउ जोगाउने भन्ने ध्याउन्नमा छन् । यसपालि कात्तिक महिनादेखि नै हिउँ पर्न थालेकाले माघसम्मको ठिही ज्यानले धानी नसक्ने पो हो कि भन्ने पिरलोमा गाउँवासी छन् । प्रमुख जिल्ला अधिकारी लीलाकुमारी पाण्डेले टेलिफोन सम्पर्कमा भन्नुभयो, “अत्यधिक हिमपात भयो भने हिउँपहिरो आउने चिन्ता छँदै छ, थिङ्लाको ठाडो पहिरो रोकिएको छैन, कसरी जोगिने भन्ने पिर छ ।”
लोकतन्त्रमा अराजकता स्वीकार्य छैन : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक उत्तेजनाबाट टाढा रहन र लोकतान्त्रिक प्रक्रियामा विश्वास राख्न सबैमा अपिल गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल ‘फेसबुक’ मार्फत आज सो अपिल गर्नुभएको हो ।
भैरहवामा सातौं लुम्बिनी महोत्सव सुरु
रुपन्देहीको भैरहवामा सातौं लुम्बिनी महोत्सव–२०८२ (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवर्धन) सुरु भएको छ ।
विद्यार्थीलाई न्यानो कपडा वितरण
जनकल्याण माध्यमिक विद्यालय रामपुर नगरपालिका –१०, रामटारमा विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । रम्भा –१ हुँगी घर भई हाल अस्ट्रेलियामा रहनु भएका विनोद कडरियाले न्यून आर्थिक अवस्थाका परिवारका ४५ जना विद्यार्थीलाई स्विटर प्रदान गरिएको हो ।