अन्नपूर्ण र माछापुच्छ्रे हिमाल
पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्कीको नागडाडाबाट सोमबार बिहान देखिएको अन्नपूर्ण र माछापुच्छ्रे हिमालको दृश्य ।
दुर्घटनामा किशोरीको मृत्यु
काठमाडौँको बसुन्धरामा दुर्घटनामा परी एक किशोरीको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३ बसुन्धरा सडकमा म प्र ०२–०३४ प ६२५७ नम्बरको स्कुटरले पैदलयात्रुलाई ठक्कर दिँदा स्कुटरमा सवार महोत्तरी घर भई काठमाडौँको चावहिल बस्ने १८ वर्षीया मनिसा परियारको मृत्यु भएको हो ।
जोगबुडाबासीले पाए जग्गाधनी पुर्जा
भित्रिमधेश जोगबुडाबासीले जग्गाधनी प्रमाणपत्र लालपुर्जा पाएका छन् । परशुराम नगरपालिकाको १२ लालढुङ्गा बजारका ६४ जना अव्यवस्थित बसोबासीले एक दशपछि मात्रै पछि जग्गाधनी पुर्जा पाएका हुन् ।
जापानले अमेरिकी भन्सार शुल्क वार्तालाई ‘तीव्रता’ दिने
संयुक्त राज्य अमेरिका र जापान आफ्नो पछिल्लो भन्सार शुल्क वार्तामा सम्झौताको दिशामा प्रयासलाई ‘गति दिन’ सहमत भएको टोकियोले सोमबार बताएको छ ।
गाजामा आपूर्तिमा प्रतिवन्द नलगाउन इजरायललाई दबाब
इजरायलले गाजामा अतिआवश्यक सामानको आपुर्तिमा प्रतिबन्ध लगाउनु ‘अस्वीकार्य’ कदम भएको भन्दै अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले इजरायलको निन्दा गर्नुभएको छ ।
मिथिलामा वटसावित्री पर्व मनाइयो
मिथिलाञ्चलमा सोमबार वटसावित्री अर्थात् वरसाइत पर्व मनाइएको छ । विवाहित महिलाहरुले मनाउने यो पर्वलाई लिएर बर भएको ठाउँमा पूजाका लागि बिहानैदेखि भिड लागेको छ ।
जिल्ला न्यायाधीशको विदेश भ्रमणले रोकियो अदालती काम
जिल्ला अदालत म्याग्दी एक महिनादेखि न्यायाधीशविहीन रहेको छ । अदालतमा कार्यरत न्यायाधीश प्रकाशप्रसाद पण्डित वैदेशीक भ्रमणमा निस्केपछि जिल्ला अदालत म्याग्दीको न्याय सम्पादन प्रभावित भएको हो ।
चोरमाराको पुल टेको लगाएर सञ्चालन गरिने
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपुर चोरमारास्थित गिरुबारी खोलाको भाँचिएको पुल तत्कालका लागि टेको लगाएर सञ्चालन गरिने भएको छ ।
बजेटमा कमला पुललाई समेट्न सिरहावासीको माग
मधेशको ‘लाइफ लाइन’ मानिने हुलाकी सडकअन्तर्गत १४ वर्षदेखि निर्माणाधीन सिरहा र धनुषा जोड्ने कमला पुललाई आगामी बजेटमा समेट्न सिरहावासीले माग गरेका छन् ।
गार्मेन्ट सञ्चालनबाट आम्दानी गर्दै महिला
एक्लै व्यवसाय सञ्चालन गर्न आर्थिक अभावसँगै बजारको ज्ञान नहुँदा दिदीबहिनीसँग मिलेर व्यवसाय सञ्चालन गरेको भन्दै सञ्चालक गुरुङले भन्नुभयो, ‘घरको कामपछि दिनभर केही काम थिएन, साथीहरूसँग सल्लाह गरेर गार्मेन्ट उद्योग सञ्चालन गरेका हौं ।’
गृहमन्त्रीमाथि चरित्र हत्या र लाञ्छना लगाउने काम भयो : नेता कोइराला
नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले गृहमन्त्री रमेश लेखकमाथि चरित्र हत्या गर्ने र लाञ्छना लगाउने काम भएको बताउनुभएको छ ।
बर्खा लाग्यो : डरै डरमा मनाङका माटाका घर
हिमाली क्षेत्रमा पानीपर्दैन भन्ने कथन पछिल्लो समय फेरिएको छ । विगतमा पानीको आवश्यकता नै हिउँले पूर्ति गर्ने हिमाली जिल्ला मनाङमा अहिले वर्षा हुन्छ । जसले गर्दा यहाँका माटाका छानो भएका घर मासिन थालेका छन् ।
दुई हप्तामा डेंगु सङ्क्रमण बढ्ने
नेपालमा पछिल्लो केही वर्षयता डेंगु सङ्क्रमण जनस्वास्थ्य समस्याका रुपमा देखा पर्दै गइरहेको छ । सन् २०१९ देखि देशका विभिन्न स्थानमा डेंगु सङ्क्रमण महामारीका रुपमा देखा पर्दै आइरहेको छ ।
बाच्छा गाउँका कृषकलाई बिउ काँक्राे टिप्न भ्याइनभ्याइ
पर्वतको दक्षिणी भेगमा पर्ने बाच्छा गाउँका कृषकलाई बिउ काँक्राे टिप्न भ्याइनभ्याइ छ ।
‘याक अट्याक’ साइकिलिङ प्रतियोगिता सुरु
विश्वकै उच्च हिमाली भेगमा आयोजना हुने साइकलिङ प्रतियोगिता मध्येको एक ‘याक अट्याक’ साइकलिङ प्रतियोगिता सुरु भएको छ । लमजुङ सदरमुकाम बेसीसहरबाट सुरु भएको प्रतियोगिता आठौं दिनमा पोखरा पुगेर टुङ्गिनेछ ।
बागवानीको आँप ५३ लाखमा ठेक्का
सर्लाहीको नवलपुरस्थित उष्ण प्रदेशीय बागवानी केन्द्रको आँप यो वर्ष ५३ लाख ७१ हजार रुपियाँमा ठेक्का लागेको छ । सुरज निर्माण सेवा लालबन्दी २ पुनर्वासले सो रकममा आँपको ठेक्का सकार गरेको हो ।
भन्सार प्रमुखलाई कुटपिट गरेको आरोपमा तीन पक्राउ
कैलालीको त्रिनगर भन्सार कार्यालयका प्रमुख अनन्त तिमिल्सिनालाई कुटपिट गरेको आरोपमा धनगढी उपमहानगरपालिकाका तीन नगर प्रहरीसहित चार जना पक्राउ परेका छन् ।
लाटभिया र युएई पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी लाटभिया र युएई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सञ्चालन नहुँदै जीर्ण बन्दै बसपार्क
निर्माण सम्पन्न भएको दुई वर्ष हुन लाग्दा पनि सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानमा बागमती प्रदेश सरकारको सहयोगमा निर्माण भएको बसपार्क सञ्चालनमा आउन सकेको छैन ।
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग : आगामी जनवरी १ देखि सञ्चालन गर्ने तयारी
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको अनुगमन गर्नुभएको छ । मन्त्रालयका सचिवसहितका उच्चस्तरीय अधिकारीसँगै मन्त्री दाहालले आइतबार निर्मार्णाधिन सुरुङमार्गको अनुगमन तथा निरीक्षण गर्नुभएको हो ।
तिल पहिरोको कारण पत्ता लगाउन विज्ञ टोली हुम्लामा
हुम्लाको नाम्खा गाउँपालिकाको तिल गाउँमा गएको बाढी पहिरोको अध्ययन गर्न गएको प्राविधिक टोली काँजी हिमालमा पुग्न सफल भएको छ ।
अवकासपछि कागज उद्योगमा रमाउनुहुँदै मोतिराज
लामो समय शिक्षण पेशामा बिताउनुभएका मालिका गाउँपालिका ६ दरबाङका मोतिराज गौतमले नेपाली हाते कागज उद्योग सञ्चालन गर्नुभएको छ । परम्परागत सिप र प्रविधिमा आधारित कागज उद्योग सञ्चालन गरेर गौतमले वार्षिक रुपमा १५ देखि २५ लाखसम्मको कागज बिक्री गर्दै आउनुभएको छ ।
गणतन्त्रविरुद्ध हुने गतिविधिविरुद्ध एक भएर लाग्नुपर्छः महासचिव पोखरेल
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले लोकतान्त्रिक गणतन्त्रका विरोधीहरु जनविरोधी भएको बताउनुभएको छ ।
काँक्रा बिक्री गरेर ३० लाख आम्दानी !
देशमा रोजगार नभएर अधिकांश युवा विदेश पलायन भइरहेका बेला गुल्मीका एक युवाले भने गाउँमै कृषिमा महत्त्वपूर्ण उपलब्धि हासिल गर्नुभएको छ । गुल्मीको छत्रकोट गाउँपालिका–५ खर्ज्याङका ४० वर्षीय विष्णु भण्डारीले बाँझो जमिनलाई सदुपयोग गर्दै कृषि पेसामा छलाङ मार्नुभएको हो ।