• १२ फागुन २०८२, मङ्गलबार

महिला फुटबल टोलीले थाइल्यान्डमा सिरिज खेल्ने

blog

नेपाली महिला फुटबल खेलाडी । फाइल तस्बिर

काठमाडौँ, फागुन १२ गते । नेपाली महिला राष्ट्रिय फुटबल टोलीले फिफा सिरिज–२०२६ अन्तर्गत थाइल्यान्डमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण सिरिज खेल्ने भएको छ । 

विश्व फुटबल महासङ्घ (फिफा) ले विभिन्न राष्ट्रिय टोलीलाई नियमित प्रतिस्पर्धात्मक अवसर प्रदान गर्न ‘फिफा सिरिज’ गर्ने गर्दछ । सोहीअनुसार नेपालले सिरिज खेल्न लागेको हो ।

सिरिजमा नेपालसहित, थाइल्यान्ड, कंगो र ओसिनिया फुटबल महासङ्घ (ओएफसी) का देशमध्ये एक देशको सहभागिता रहनेछ । नेपालले पहिलो खेल अप्रिल १२ तारिख कंगोसँग खेल्नेछ ।

सोही दिन दोस्रो खेलमा थाइल्यान्डले ओएफसी टोलीसँग खेल्नेछ। त्यसपछि अप्रिल १५ मा पहिलो खेलका विजेता र दोस्रो खेलका विजेताबिच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।