• २६ माघ २०८२, सोमबार

गुल्मीमा मानव कङ्काल फेला

blog

रमेश विश्वकर्मा 

गुल्मी, माघ २६ गते । गुल्मीमा मानव कङ्काल फेला परेको छ। यस जिल्लाको कालीगाण्डकी गाउँपालिका वडा-४ स्थित कालीगण्डकी नदीको किनार (घुमाउने) भन्ने स्थानमा ढुङ्गाको कपेरोमा मानव कङ्काल फेला परेको हाे ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) गंगाबहादुर सारुका अनुसार आज (सोमबार) करिब २:३० बजेको समयमा कालीगण्डकी नदीको किनार (घुमाउने) भन्ने स्थानमा ढुङ्गाको कपेरोमा मानव कंकाल फेला परेको भनी स्थानीयले दिउँसो ३:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय गुल्मीमा खबर गरेका थिए।

त्यससम्बन्धी खबर प्राप्त हुन साथ उक्त स्थानमा प्रहरी चौकी पुर्तिघाटबाट प्रहरी सहायक निरीक्षक रम बहादुर सारुको कमाण्डमा प्रहरी टोली खटिएको छ। घटनास्थल सुरक्षित गरी राखेको, थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक ज्ञान बहादुर माझीको कमाण्डमा प्रहरी टोली खटिएको छ। उक्त मानव कङ्कालको पहिचान खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।