• २६ माघ २०८२, सोमबार

एन्फा महिला नकआउट फुटबलमा १० टोली

blog

च्याम्पियनसिप बारे जानकारी दिँदै आयोजक ।

काठमाडौँ, माघ २६ गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा फागुन १ देखि ९ गतेसम्म उदयपुरमा एन्फा महिला च्याम्पियनसिप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको एन्फाले जनाएको छ । त्रियुगा नगरपालिकास्थित थरुहट रङ्गशालामा हुने च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहनेछ ।

जसमा स्थानीय गाईघाट एफसी, न्युरोड टिम(एनआरटी), त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब, एफसी रियाले, आरएस रिर्सोट एन्ड बिच फुटबल, चर्च व्बाइज युनाइटेड, छहारी एफसी र संकटा क्लब रहेका छन् । 

च्याम्पिपनसिपको विजेता टोलीले सात लाख ५० हजार रुपियाँ र उपविजेताले पाँच लाख रुपियाँ पाउनेछ । ब्यक्तिगत विधाका उत्कृष्टलाई जनही ५० हजार रुपियाँ प्रदान गरिनेछ । च्याम्पियनसिप सम्पन्न गर्न अनुमानित एक करोड २० लाख ६२ हजार २० रुपियाँ खर्च हुने एन्फाले जनाएको छ ।