जाइकाको आर्थिक सहयोगमा धुलिखेलमा ‘ट्रमा एण्ड इमर्जेन्सी’ सेन्टर निर्माण हुने
धुलिखेल नगरपालिका–६ स्थित धुलिखेल अस्पतालमा ट्रमा एण्ड इमर्जेन्सी सेन्टर निर्माण गरिने भएको छ । यसका लागि नेपाल सरकारको पहलमा धुलिखेल अस्पताल र जापान अन्तरराष्ट्रिय सहयोग एजेन्सी ९जाइका० बीचको समझदारीअनुसार जापान सरकारको सहयोगमा सेन्टर निर्माण गर्न लागिएको हो ।
वकिल र डाक्टरको कोटको कथा
तपाईंले कहिले विचार गर्नुभएको छ किन वकिलले कालो कोट र डाक्टरले सेतो कोट लगाउँछन् ? यो केवल फेसन वा परम्परासँग मात्र सम्बन्धित छैन । यसको पछाडि गहिरो सोचाइ, इतिहास र मनोवैज्ञानिक कारण छन् ।
सगरमाथा दिवस मनाउने तयारी
बहत्तरौँ सगरमाथा दिवस भव्यताका साथ मनाउने तयारी गरिएको छ । मे २७, २८ र २९ अर्थात् जेठ १३, १४ र १५ गतेका दिन खुम्बु पासाङल्हामु गाउँपालिका–५,
खाना बनाउँदा ग्यासले जलेर दाजु बहिनीको मृत्यु
नारद कोहारतौलिहवा(कपिलवस्तु), जेठ १२ गते । जिल्लाको शुद्धोधन गाउँपालिका ५ जयनगरमा ग्यास सिलिन्डरमा खाना पकाउने क्रममा जलेर दाजु बैनीको मृत्यु भएको छ । प्रहरी उपरीक्षक निरञ्जन दत्त भट्टका अनुसार आइतबार साझा घरमा ग्यासमा खाना पकाउने क्रममा ग्यासको रेगुलेटर लिकेज भइ आगो लागेपछि १८ वर्षीया सोनाम यादव र उहाँका दाई २५ वर्षीय शिव कुमार यादव जलेर गम्भीर घाइते भएको बताउनुभयो ।घर नजिकै गोठमा रहेको आगो ग्यास लिक भई आगलागी भएको थियो । जलेर गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि आइतबार राति नै युनिभर्सल मेडिकल कलेज भैरहवा पठाएको थियो । सोनमको मेडिकल कलेज भैरहवा मै र शिव कुमारको भारतको गोरखपुर उपचारका लागि लैजाने क्रममा बाटो मै मृत्यु भएको थियो ।दुवै जनाको शव पोस्टमार्टमका लागि भीम अस्पताल भैरहवामा राखिएको छ ।
विकास खर्च दस महिनामा दस प्रतिशत
मधेश प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८१/८२ को विकास खर्च अत्यन्तै निराशाजनक देखिएको छ । आव सकिन अब करिब डेढ महिना मात्र बाँकी रहँदा कुल बजेटको १६.२७ प्रतिशत मात्रै खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालय मधेश प्रदेशले जनाएको छ ।
खानामा प्रिजर्भेटिभ्स कत्तिको सुरक्षित
खाद्यपदार्थलाई रोगाणुमुक्त, अझ स्वादिलो बनाएर लामो समय सुरक्षित राख्न सकिने प्रविधिको विकासले खाद्य सुरक्षासँगै समकालीन बजारको माग आपूर्तिमा सन्तुलन बनाइराखेको छ । मानव उद्विकासको क्रममा शिकारी र घुमन्ते समाजले हरेक दिन आहाराका लागि चहार्ने तथा पाए खाने, नपाए भोकै बस्ने जुन अवस्था थियो त्यस्तो आधुनिक युगमा छैन । विज्ञान प्रविधिको विकाससँगै खाद्यवस्तुको उत्पादनमा विविधता, व्यापकता र सर्वसुलभता आएको छ । मानिसले भोकै रहनेभन्दा पनि धेरै खान पाउने भएका छन्, त्यो पनि रोजीरोजी र जिब्रोले मागे अनुसार ।
निगुरो टिप्न जङ्गल गएका व्लोन चार दिनदेखि बेपत्ता
राममणि दाहालमकवानपुर, जेठ १२ गते । मकवानपुरको मनहरी गाउँपालिका २ रामबारी भार्ताबाट स्थानीय जङ्गलमा निगुरो तथा च्याउ गएका तीन जनामध्ये एक जना बेपत्ता रहेका छन् । गत बिहीबार निगुरो तथा च्याउ गएकामध्ये तीन जनामध्ये श्याम बहादुर ब्लोन जङ्गलमा नै हराएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।मनहरी गाउँपालिका २ का ६२ वर्षीय श्याम बहादुर ब्लोन, वर्ष २८ का श्रवनकुमार ब्लोन र वर्ष ५० का भक्तबहादुर आलेमगरसहित तीन जना स्थानीय जङ्गलमा निगुरो तथा च्याउ खोज्न गएकोमा श्रवण कुमार र भक्त बहादुर शनिवार दिउँसो २ बजे घर फर्की आउनुभएको थियो । वडाध्यक्ष राजकुमार पाख्रिनले जङ्गलमा नै हराएर घर फर्की नआएकोले श्याम बहादुर भने खोज तलास गर्दा तथा आफन्त छर छिमेककोमा बुझ्दा समेत फेला नपरेको जानकारी दिनुभयो । उहाँले श्याम बहादुरको खोज तलासका लागि पर्सा राष्ट्रिय निकुञ्जसँग समन्वय भइरहेको र खोजी कार्यका लागि जङ्गल जाने तयारी गरिएको बताउनुभयो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित माझी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित माझी भाषा
गुल्मीमा छ अर्बको कृषि र पशुजन्य उत्पादन
गुल्मीमा कृषि र पशुपालनबाट समृद्धिको आशा जाग्न थालेको छ । पहाडी जिल्लाहरूमा ठुला उद्योग कलकारखाना नहुने भएकाले कृषि र पर्यटन नै समृद्धिका आधार हुन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र कृषि ज्ञान केन्द्र गुल्मीका अनुसार यो आर्थिक वर्षमा साढे चार अर्बको पशु र सवा अर्ब रुपियाँ बराबरको कृषिजन्य उत्पादन भएको छ ।
पच्चिस वर्षपछि सडक कालोपत्रे
ट्र्याक खुलेको २५ वर्षपछि ओढारचौर–ढोडेनी सडक कालोपत्रे भएको छ । सदरमुकामबाट नजिकै रहेर पनि सडक सुविधाबाट वञ्चित बनेका बागलुङ नगरपालिका–४, ढोडेनीवासीले गैँची, बेल्चा र कोदालोको सहायताले २०५६ सालमा ट्र्याक खोलेको ओढारचौर–ढोडेनी सडक कालोपत्रे गरिएको हो ।
हराउँदै परम्परागत माटाका घर
माटाका छाना भएका मनाङका परम्परागत घरहरू हराउँदै गएका छन् । रैथाने सिप, ज्ञान र प्रविधिमा घरको छतमै माटो जमाएर बनाइएका घरहरू जलवायु परिवर्तनको असरको चेपुवामा पर्न थालेका छन् ।
कृषि सामग्री वितरण
इलामको सूर्योदय नगरपालिकाका पशुपालक किसानलाई कृषि सामग्री वितरण गरिएको छ । नगरको वार्षिक स्र्वीकृत कार्यव्रmम अनुसार किसानलाई
मुहान विवाद, उपभोक्ताले पाएनन् पानी
“जब हिउँद लाग्छ, कसरी पिउने पानीको जोहो गर्ने भन्ने चिन्ताले हामीलाई पिरोलिरहन्छ । यो गाउँमा पानी ल्याउन कसैले पनि सकेको छैन । मुहानमा विवाद भएर पानी नआएको भन्ने कुरा सुनिन्छ, पानी त ल्याउन दिनुपर्ने हो, के अब हामी पानी नपाएरै बस्नुपर्ने हो त ?’’ यो गुनासो हो, नवलपुरको मध्यविन्दु नगरपालिका–११ की दुर्गा शर्माको ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित लिम्बू भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित लिम्बू भाषा
मध्यपहाडी राजमार्ग मर्मत प्रारम्भ
गत वर्षको बाढीपहिरोबाट क्षतिग्रस्त मध्यपहाडी राजमार्गको खुर्कोट–घुर्मी खण्डको मर्मत कार्य सुरु गरिएको छ । यो वर्षको बर्सात नजिकिएसँगै
राष्ट्रिय परिचयपत्र बनाउने बढे
पछिल्लो समय सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि परिचयपत्र बनाउनेको सङ्ख्यामा वृद्धि भएको छ ।
मापदण्ड मिच्दै नदीजन्य पदार्थको उत्खनन
बर्दियाको बारबर्दिया नगरपालिकाले बबई नदीको नदीजन्य पदार्थ उत्खननका लागि गरेको ठेक्का सम्झौतामा लापर्बाही भएको पाइएको छ ।
सुर्खेत–बर्दिया छोटो दुरीको सडक शिलान्यास
सुर्खेतको मूलपानी–रानीघाट–तेलपानी हुँदै बर्दियाको भुरीगाउँ जोड्ने सडक शिलान्यास गरिएको छ ।
शैक्षिक गुणस्तर सुधार्न छलफल
जुम्लाको तिला गाउँपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि बृहत् शैक्षिक भेला गरेको छ । पालिकाभित्रका ३२ वटै सामुदायिक विद्यालयका प्रधानाध्यापक, जनप्रतिनिधि र अन्य सरोकारवाला व्यक्तिसँग शनिबार भेलाको आयोजना गरी शैक्षिक गुणस्तर सुधारका विषयमा छलफल गरिएको गाउँपालिका शिक्षा शाखा प्रमुख झनमाया खत्रीले जानकारी दिनुभयो ।
वडा कार्यालय बनाउन ललित तामाङद्वारा निः शुल्क जग्गादान
भोजपुर नगरपालिका ९ ले नयाँ प्रशासनिक भवनबाट सेवा थालेको छ । वडाले स्थानीयवासीलाई पायक पर्ने स्थान पानीट्याङ्की नजिक रु ३४ लाख लागतमा कार्यालय भवन निर्माण गरेर सेवा प्रवाह थालनी गरेको वडाध्यक्ष रामबहादुर तामाङले जानकारी दिनुभयो ।
अब्बल बन्दै कान्दाका चेपाङ बालबालिका
चेपाङ समुदायका बालबालिकाले पछिल्लो समय उत्कृष्ट नतिजा हाँसिल गर्न थालेका छन् । चेपाङ बालबालिका मात्रै अध्ययनरत चितवनको राप्ती नगरपालिका–१३ स्थित कान्देश्वरी आधारभूत विद्यालयले यस वर्षको कक्षा ८ को परीक्षामा पालिकाको उत्कृष्ट विद्यालय बनेको छ ।
‘हिमाली जिल्लाका लुलु गार्ई संरक्षणतर्फ ध्यान पुगेको छैन’
हिमाली जिल्ला मुस्ताङ, मनाङ र डोल्पाका किसानले पालन गर्ने विभिन्न प्रजातिका गाईमध्ये लुलु गाई पनि एक हो । पारिस्थितिक प्रणाली (इको सिस्टम)मा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेका हिमाली लुलु गाई पछिल्लो समय भने लोपोन्मुख अवस्थामा रहेको छ ।
क्यान्सर अस्पतालमा नयाँ प्रविधिबाट शल्यक्रिया
यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नयाँ प्रविधिबाट शल्यक्रिया गरिएको छ । नेपालमै पहिलो पटक ‘मायस्थेनिया ग्राभिस’ प्रविधिबाट शल्यक्रिया गरिएको हो ।
‘फोहरबाट मोहर’ कमाउँदै स्नातक गरेका युवा
हाम्रै भान्सा, घर, अफिस, स्कुल, कलकारखानाबाट दिनहुँ फोहर निस्कन्छ । यसलाई कहाँ र कसरी व्यवस्थापन गर्ने भन्ने धेरैलाई चिन्ता छ । कसैलाई यो चिन्ताको विषय बनिरहँदा कोही फोहरमै भविष्य देख्नेहरू पनि छन् ।