शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, फागुन १२ गते ।कीर्तिपुर नगरपालिका-६, चारघरेमा भगवान् विष्णुको मूर्ति स्थापना गरिएको छ ।
विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त जालन्धर शक्तिपीठ पुनर्निर्माणका क्रममा फेला परेको मूर्ति बृहत् चारघरे धार्मिक समितिको अगुवाइमा आज स्थापना गरिएको हो ।
मूर्ति प्राणप्रतिष्ठाका निम्ति कीर्तिपुर नगरपालिकाले १२ लाख तथा स्थानीयले चन्दा दिएका थिए ।मन्दिरको प्रारुप कीर्तिपुर नगरपालिका-६ का प्राविधिक प्रभाष महर्जनले तयार गर्नुभएको हो ।
उक्त मूर्ति नवौँ शताब्दीको भएको पुरातत्व विभागले बताएको छ । रासस