इरान र अमेरिकाबिच नयाँ चरणको आणविक वार्ता सुरु
संयुक्त राज्य अमेरिका र इरानबिच ओमानमा शनिबारदेखि नयाँ चरणको आणविक वार्ता सुरू भएको छ । सम्भावित आणविक सम्झौताको विस्तृत विवरणलाई लिएर शनिबारदेखि अमेरिका र इरानबिच विवादका विषयलाई सम्बोधन गर्ने प्रयासस्वरूप छलफल हुने अपेक्षा गरिएको छ ।
अमेरिकामा यस वर्ष दादुराका ८८४ बिरामी भएको पुष्टि
अमेरिकामा यस वर्षको पहिलो तीन महिनामा दादुराका ८८४ बिरामी भेटिएको पुष्टि भएको छ । गत वर्षको तुलनामा यो उल्लेखनीय वृद्धि हो ।
नइ एकेडेमीले ‘नेपाल भारत प्राध्यापक सम्मेलन’ गर्ने
नइ एकेडेमीले निकट भविष्यमा दुई दिने ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ गर्ने भएको छ । त्रिमूर्ति निकेतनका संयोजक प्रा.डा.महादेव अवस्थीको संयोजकत्वमा सम्पन्न हुने यस सम्मेलनमा नेपाल तथा भारतका विभिन्न विश्वविद्यालयबाट नेपाली भाषासाहित्यमा विद्यावारिधि गर्ने ३५० जना प्राज्ञको सहभागिता हुने भएको छ ।
कफी खेतीका लागि सम्भाव्यता अध्ययन
ताप्लेजुङको मैवाखोला गाउँपालिकामा कफी खेती गर्नका लागि सम्भाव्यता अध्ययन गरिएको छ । गाउँपालिकाले छ वटै वडामा कफी खेती विस्तार गर्ने योजना बनाई सम्भाव्यता अध्ययन गरेको हो ।
एमाले संसदीय दलको बैठक जारी
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको बैठक सुरु भएको छ । संसद्को बजेट अधिवेशन प्रारम्भ भएको सन्दर्भमा दलको बैठक प्रधानमन्त्री एवम् नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा शनिबार सङ्घीय संसद् भवन, नयाँ बानेश्वररमा दलको बैठक भएको हो ।
६० औँ जयन्तीमा एक करोड चार लाखको अक्षय कोष
पाँचथरको कुम्मायक गाउँपालिका–१, यासोकमा सञ्चालन भइरहेको पृथ्वी माध्यमिक विद्यालयले स्थापनाको ६० औँ वर्ष उत्सव (हीरक जयन्ती) मनाएको छ।
दोलखामा दुई सडक कालोपत्रे हुँदै
बागमती प्रदेश सरकारको लगानीमा दोलखाका दुई सडक कालोपत्रे हुने भएका छन् । दोलखाको शैलुङ गाउँपालिका र मेलुङ गाउँपालिका जोड्ने (मुडे मेलुङ सितली सडकको भैँसे बुदचोक खण्ड) र तामाकोसी गाउँपालिका १ भिरकोट हुँदै बैत्यश्वर गाउँपालिका १ गैरिमुदी हुँदै तामाकोसी गाउँपालिका –३ छौडे पुग्ने (भिरकोट–झुले छौडे सडक) कालोपत्रे हुने भएको हो ।
बौद्धिक सम्पत्तिसम्बन्धी नयाँ कानुन निर्माणको तयारीमा छौँः उद्योगमन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको बौद्धिक सम्पत्तिसम्बन्धी कानुनलाई सरकारले नयाँ ढङ्गबाट अगाडि बढाउने तयारी भएको बताउनुभएको छ ।
मुख्यमन्त्री शाहले उत्तर प्रदेश र उत्तराखण्डका मुख्यमन्त्रीलाई भेट्नु हुने
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र उत्तराखण्ड प्रदेशका मुख्यमन्त्री पुष्करसिंह धामीलाई भेट्नु हुने भएको छ।
कोरोला नाकामा सीमा अपराध रोक्न संयुक्त गस्ती
चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना जोडिएको उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका–४ मा पर्ने कोरोला नाकाको सीमा क्षेत्रमा हुने सीमा अपराध रोक्न नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र चिनियाँ प्रहरीले शुक्रबार संयुक्त गस्ती गरेका छन् ।
जनमत र नागरिक उन्मुक्ति पार्टीबिच एकता घोषण वैशाख १७ गते
जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबिच यही वैशाख १७ गते पार्टी एकीकरण घोषणा हुने भएको छ । जनमत पार्टीका प्रवक्ता डा. शरदसिंह यादवले पार्टी एकीकरणको मिति तय भएको जानकारी दिनुभयो ।
तराईका जिल्लामा बढ्यो गर्मी, बाहिर ननिस्कन आग्रह
वैशाख लागेसँगै रूपन्देहीसहित तराईका जिल्लामाहरूमा अत्याधिक रूपमा गर्मी बढेको छ । अप्रत्यासित रूपमा गर्मी बढेपछि तराईका जिल्लाको जनजीवन कष्टकर बनेको छ ।
लुम्बिनीलाई विश्वकै आध्यात्मिक केन्द्रको रूपमा पहिचान गराउन सरकार प्रतिबद्ध : मन्त्री पाण्डे
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले लुम्बिनीलाई विश्वकै आध्यात्मिक अध्ययन र चिन्तनको रूपमा पहिचान कायम गराउन सरकार प्रतिबद्ध रहेको उद्घोष गर्नुभएको छ ।
कविता विधाका उत्कृष्ट कृतिलाई सम्मान गरिने
साहित्य सङ्गम, मकवानपुरले कविता विधाका उत्कृष्ट कृतिलाई साहित्य सङ्गम मकवानपुर कृति सम्मान प्रदान गर्ने भएको छ ।
प्रदेश सरकारले साँफेबगर आगलागी पीडितका लागि १० लाख दिने
सुदूरपश्चिम प्रदेश सरकारले अछामको साँफेबगर आगलागी घटनाका पीडित परिवारलाई राहत सहयोगका लागि १० लाख रुपियाँ दिने निर्णय गरेको छ ।
भेरी अस्पतालको मेडिकल स्टोरमा आगलागी : तीन करोड क्षति
नेपालगन्जस्थित भेरी अस्पतालको मेडिकल स्टोरमा शनिबार बिहान आगलागी भएको छ । मेडिकल स्टोरभित्र राखिएको फ्रिजमा सर्ट सर्किट भई आगलागी भएको अस्पतालले जनाएको छ ।
ट्रम्पले दाबी गरे पनि अमेरिकासँग व्यापार वार्ता नभएको चीनको दाबी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङको फोन आएको दाबी गरे पनि चीनले अमेरिकासँग व्यापारका विषयमा कुनै वार्ता नभएको शनिबार बताएकोे छ ।
पुनर्निर्माण पछि पनि झस्किन्छन् स्थानीय
निस्दी गाउँपालिका–२, सुकेकोटका बेनीसरा राना २०७२ वैशाख १२ गतेको दिन सम्झिँदा अझै पनि झस्किनुहुन्छ । त्यस दिन खाना खाएर घरबाट निस्किनु भएका उहाँ जब आँगनमा पुग्नु भएको थियो, आँखै अगाडि घर भत्कियो ।
सुदीप न्यौपानेको हत्याको विरोधमा पाकिस्तानी दूतावास अगाडि प्रदर्शन
भारत कश्मीरको पाहलगममा भएको आतङ्ककारी हमलामा नेपाली युवा सुदीप न्यौपानेको हत्याको विरोधमा काठमाडौँमा प्रदर्शन भएको छ ।
वर्षे बर्सेनि घट्दै चैते धान रोप्ने क्षेत्रफल
गुल्मीमा चैते धान रोप्ने क्षेत्रफल प्रत्येक वर्ष घट्दै गएको पाइएको छ । कृषि ज्ञान केन्द्र गुल्मीको तथ्याङ्कअनुसार प्रत्येक वर्ष चैते धान रोप्ने क्षेत्रफल घट्दै गएको पाइएको हो ।
देश बनाउन विकास, शिक्षा र कृषि नीति परिवर्तन हुनुपर्छ : सांसद सुदन किराती
नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य, पूर्व मन्त्री एवम् भोजपुरका प्रतिनिधि सभा सदस्य सुदन किरातीले देश विकासका लागि शिक्षा, कृषि र विकास नीति परिवर्तन हुनुपर्नेमा जोड दिनुभएको छ ।
श्रीमानको किरिया बसेकी श्रीमतीको निधन
श्रीमानको किरिया कर्मकै अवस्थामा रहेकी भगवती शर्माको निधन भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ मोतीपुरका नारायण आचार्यको निधन भएको ६ दिनपछि श्रीमती भगवती शर्मा किरिया बसेकै अवस्थामा शनिबार बिहान निधन भएको हो ।
साँफेबगर आगलागीमा तीन करोड ८६ लाखभन्दा बढीको क्षति
साँफेबगर नगरपालिका–३ को हाटबजारमा शनिबार बिहान भएको आगलागीमा तीन करोड ८६ लाखभन्दा बढीको क्षति भएको छ ।
नारच्याङमा रेलेखोला जलविद्युत आयोजना निर्माण
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत आयोजना निर्माण सम्पन्न भएको छ । आयोजनाको पूर्वाधार निर्माण सकेर परीक्षण थालिएको हो ।