• १३ वैशाख २०८२, शनिबार

कविता विधाका उत्कृष्ट कृतिलाई सम्मान गरिने

blog

राममणि दाहाल
मकवानपुर, वैशाख १३ गते ।
साहित्य सङ्गम, मकवानपुरले कविता विधाका उत्कृष्ट कृतिलाई साहित्य सङ्गम मकवानपुर कृति सम्मान प्रदान गर्ने भएको छ ।

साहित्य सङ्गमले वि.सं. २०८० वैशाख १ गते २०८१ चैत मसान्तसम्म प्रकाशन भएको कविता विधाका कृतिलाई सम्मान प्रदान गर्ने निर्णय गरेको हो ।

साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डी.बी. बर्तौलाले प्राप्त कृतिमध्ये सर्वोत्कृष्ट कृति छनोट गरी आगामी साहित्य सन्ध्याका अवसरमा सम्मान समर्पण गरिने जानकारी दिनुभयो । सम्मान राशि २५ हजार एक रुपियाँ र सम्मानपत्र रहेको छ ।

उक्त साहित्य सङ्गम मकवानपुर कृति सम्मान साहित्य सङ्गम मकवानपुरका संस्थापक केशव श्रेष्ठ ‘ज्योति’ लेस्थापना गर्नुभएको हो ।

उहाँका अनुसार सम्मानका लागि कविता विधाका मौलिक सङ्ग्रह तीन थान सम्मान छनोट समितिलाई उपलब्ध गराउनुपर्ने छ ।

सम्मानका लागि दर्ता गरिएको कृति कुनै पनि राष्ट्रिय पुरस्कार वा सम्मानका लागि छनोट नभएको हुनु पर्ने छ । यही वैशाख २५ गतेभित्र छनोट समितिमा कृति प्राप्त भइसक्नु पर्ने अध्यक्ष बर्तौलाले बताउनुभयो ।