मन्त्रीलाई कुराएर फर्किए शिक्षक
बिहीबार मात्रै कार्यभार समाल्नुभएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सार्वजनिक विज्ञप्ति जारी गरेर शुक्रबार आन्दोलनरत शिक्षकलाई वार्ताका लागि औपचारिक आह्वान गर्नुभयो । सोही आह्वान अनुसार मन्त्रीलाई भेट्ने बहानामा शिक्षकका प्रतिनिधि वार्तामा बस्न तयार भए ।
प्रदेश सरकारले कृषि, पर्यटन योजनालाई प्राथमिकता दिने
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षमा कृषि, पर्यटन, पूर्वाधार, उर्जालगायत क्षेत्रका योजनालाई प्राथमिकता दिने जनाएको छ ।
बारपाकमा गोरखा भूकम्पसम्बन्धी एकल फोटो प्रदर्शनी
गोरखा भूकम्पको १०औँ स्मृति दिवसको अवसरमा आज बारपाकमा ‘भूकम्पसम्बन्धी एकल फोटो प्रदर्शनी’ गरिएको छ । विसं २०७२ वैशाख १२ गते बारपाक केन्द्रबिन्दु भएको ७ दशमलव ८ म्याग्निच्यूडको विनाशकारी गोरखा भूकम्पको स्मृति दिवस पारेर पत्रकार प्रकाश तिमिल्सिनाको फोटो प्रदर्शन गरिएको हो ।
ब्राजिलका पूर्वराष्ट्रपति कोलोर डि मेलो भ्रष्टाचारको आरोपमा पक्राउ
ब्राजिलका पूर्वराष्ट्रपति फर्नान्डो कोलर डी मेलोलाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको अभियोगमा सर्वोच्च अदालतले झण्डै नौ वर्षको जेल सजाय सदर गरेपछि शुक्रबार पक्राउ गरिएको सङ्घीय प्रहरी स्रोतले जानकारी दिएको छ ।
ऊर्जामन्त्री खड्काद्वारा ताप्लेजुङ घटनाको छानबिन समिति गठन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ताप्लेजुङमा विद्युतीय तारमा अल्झिएर बोलेरो दुर्घटना भएको घटनाको छानबिन गर्न चार सदस्यीय छानबिन समिति गठन गर्नुभएको छ।
दलित सशक्तीकरण लक्षित कोष सञ्चालनको तयारी
ताप्लेजुङको मैवाखोला गाउँपालिकामा दलित सशक्तीकरणका लागि स्थापित अध्यक्ष कोष सञ्चालनको तयारी गरिएको छ। दलित लक्षित सीप तथा चेतनामूलक कार्यक्रम गर्नेगरी स्थापना गरिएको अध्यक्ष कोष सञ्चालन गर्ने तयारी गरिएको हो।
अन्तर्राष्ट्रिय गुरुङ परिषद्को पहिलो सम्मेलन : शनिबारदेखि सुझाव सङ्कलन हुँदै
अन्तर्राष्ट्रिय गुरुङ बुद्धिजम परिषद्, नेपालको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन आउँदो असोज ९ र १० गते काठमाडौंमा आयोजना हुँदैछ।
मकैको खोस्टा र थाकलको पातबाट आत्मनिर्भर बन्दै महिला
बाँकेको राप्ती सोनारी गाउँपालिकाका महिलाले सुकेको मकैका खोस्टा र वन जङ्गलमा पाइने थाकलको पातबाट फूल लगायत विभिन्न आकर्षक सामग्री बनाएर आत्मनिर्भर बन्दैछन्।
बिक्न छाडे हस्तकलाका सामग्री
एउटा ढाकाको साडी बनाउँदा १५ दिन बित्छ । बिक्री भएमा पाँचदेखि १५ हजार आउने हो । तान र हातले काम गर्दा समय धेरै खर्च हुन्छ । तर, बलियो र गुणस्तरमा कुनै समस्या हुँदैन ।
कैलालीमा प्रदेशस्तरीय होमस्टे महोत्सव हुने
कैलालीको धनगढी उपमहानगरपालिका–१६ स्थित होमस्टे गाउँ भादामा प्रदेशस्तरीय होमस्टे महोत्सव आयोजना हुने भएको छ।
आइतबारबाट पढाइ सुरु गर्न शिक्षकलाई व्यास नगरपालिकाको सूचना
तनहुँको व्यास नगरपालिकाले आइतबारबाट विद्यालय सूचारु गर्न आन्दोलनरत शिक्षकलाई सूचित गरेको छ। नगर प्रमुख वैकुण्ठ न्यौपानेले शुक्रबार विज्ञप्ति जारी गर्दै सामुदायिक विद्यालयका प्रधानाध्यापक,शिक्षक सूचित गरिएको हो।
चितुवाको आक्रमणबाट चार जना घाइते
चितुवाको आक्रमणबाट नवलपरासी पश्चिमका चार जना घाइते भएका छन् । शुक्रबार बिहान चितुवाको आक्रमणबाट प्रतापपुर र सुस्ता गाउँपालिकाका स्थानीयहरू घाइते भएका हुन् ।
आयुर्वेद चिकित्सालयलको सेवा बिहान ६ बजेदेखि
बिरामीको सहज उपचारका लागि दमौलीस्थित प्रदेश आयुर्वेद चिकित्सालयले बिहान ६ बजेदेखि सेवा सुरु गरेको छ । बढ्दो गर्मीसँगै बिरामी चाप बढेकोले बिहान १० देखि ३ बजेसम्म सेवा प्रवाह गरिँदै आएकोमा अब बिहान ६ बजेदेखि सेवा सुरु गरिएको आयुर्वेद चिकित्सालयले जनाएको ।
एक वर्षमा थपिए ७९१ जना औलोका बिरामी
सरकारले सन् २०२६ सम्ममा स्थानीय औलोका बिरामीको सङ्ख्यालाई शून्यमा पुर्याउने र सो स्थितिलाई कायम राख्ने लक्ष्य लिएको भए पनि यसको जोखिम कायम नै छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१/८२ मा ७९१ जनामा औलो पुष्टि भएको छ।
‘बिदा कटौती गरेर पठनपाठनमा परेको असर भर्पाई गरिने’
विद्यालय शिक्षा ऐन जारी गर्न मागसहित काठमाडौँमा आन्दोलनरत देशभरका सामुदायिक विद्यालयका शिक्षकहरूले पठनपाठनमा पुगेको क्षतिको जसरी पनि पूर्ति गर्ने बताएका छन् ।
पर्यटकको पर्खाइमा टिटि ताल
मुस्ताङको थासाङ गाउँपालिका–५ स्थित टिटि ताल र आसपासका दृश्य । पर्याप्त प्रचारप्रसारको कमीले गर्दा टिटि तालमा सोचेजस्तो पर्यटक पुग्न सकेको छैन । स्थानीय निकाय, जिल्लास्थित सरोकारवाला निकाय र गाउँलेले प्रचारप्रसारका लागि आवश्यक पहल गरेमा आन्तरिक तथा बाह्य पर्यटक यहाँसम्म पुग्न सक्नेछन्।
श्रममन्त्री भण्डारी र बोस्नियाका मिसन उपप्रमुखबिच श्रम सम्झौताबारे छलफल
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी र बोस्निया र हर्जगोभिना दूतावासमा मिसन उपप्रमुख आर्मिन मेसिनोभिकबिच श्रम सम्झौता गर्ने सम्बन्धमा छलफल भएको छ ।
कान्ति लोकपथ १५ दिन बन्द हुने
हेटौँडा-काठमाडौँ जोड्ने कान्ति लोकपथ सडक खण्डमा सवारी आवागमन बन्द हुनेभएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले शुक्रबार सूचना जारी गर्दै मकवानपुरको बकैया गाउँपालिकास्थित ठिङ्गन-बगुवा सडक खण्डमा सडकको चौडाइ विस्तारका लागि सवारी आवागमन बन्द हुने जानकारी दिएको हो।
भूकम्पको एक दशकः अझै सकिएन सात तले दरबारको पुनर्निर्माण
गोरखा भूकम्पको १० वर्षपछि पनि भूकम्पबाट क्षतिग्रस्त नुवाकोटको दुर्गरत्न (सात तले दरबार)सहित आसपासका धार्मिक एवम् पुरातात्विक सम्पदाको पुननिएर्माण अझै पूरा भएको छैन ।
कागज उद्योगमा जम्दै मधेशका महिला
अब विस्तारै मधेशका महिला दिदिबहिनीहरुको दिनचर्या फेरिँदै गएको छ । चुलोचौका सिमित महोत्तरीका महिलाहरु कागज उद्योगमा जागिर गरिरहेका छन् । यसले गर्दा मधेशका महिलाहरुको जीवन फेरिएको छ ।
बारपाकवासी भन्छन्, ‘भूकम्पपछि गाउँको मौलिक चिनारी बचाउन सकिएन’
गोरखा भूकम्पको ‘इपिसेन्टर’ गोरखाको बारपाक गाउँ वीरताको गाथा कोरिएको ऐतिहासिक एवम् पर्यटकीय गाउँ हो । जगदेखि छानोसम्म ढुङ्गा र काठबाट बनेका एकै स्वरुपमा जोडिएर रहेका एक हजार ३०० भन्दा बढी घर बारपाकको अर्को छुट्टै मौलिकता र चिनारी थियो ।
ताप्लेजुङ उद्योग वाणिज्य सङ्घले पायो पूर्णता
ताप्लेजुङ उद्योग वाणिज्य सङ्घको कार्यसमितिले पूर्णता पाएको छ । शुक्रबार सङ्घका नवनिर्वाचित अध्यक्ष विकास गौतमले मनोनित पदाधिकारी तथा सदस्यलाई सपथग्रण गराउनु भएसँगै कार्यसमितिले पूर्णता पाएको हो ।
अन्तर्राष्ट्रिय गुरुङ परिषद्को पहिलो सम्मेलन : शनिबारदेखि सुझाव सङ्कलन हुँदै
अन्तर्राष्ट्रिय गुरुङ बुद्धिजम परिषद्, नेपालको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन आगामी असोज ९ र १० गते काठमाडौँमा आयोजना हुँदै छ ।
डुडुवा पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा
बाँकेको डुडुवा गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ । गाउँपालिकाका सबै बालबालिकाले पूर्णखोप लगाएपछि स्थानीय तह खोप सुनिश्चितता घोषणा भएको हो ।