लोकतन्त्रले दियो सबैलाई सम्मान
लोकतन्त्र दिवस, जनताले जितेको दिन । यो दिनले युवा आन्दोलनको इतिहासलाई सम्झाउँछ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले लोकतन्त्र दिवसका अवसर पारेर हजारौँ युवाबिचमा युवा उत्सव (युथ सेलिब्रेसन) आयोजना गरेको छ । युथ सेलिब्रेसनमा सहभागी युवाले लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि आफूहरूले हासिल गरेको उपलब्धिलाई साझा गरेका छन् ।
नेपालमै मुटु प्रत्यारोपणको तयारी
मानव अङ्ग प्रत्यारोपण गर्ने उद्देश्यले स्थापना गरिएको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र १३ औँ वर्षमा प्रवेश गरेको छ ।
अधिकांश भूभागमा अत्यधिक तातो बढ्ने
आगामी तीन दिन देशका अधिकांश भूभागमा अत्यधिक तातो बढ्ने भएको छ । जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन जारी गर्दै शनिबारसम्म तातो हावाको लहर बढ्ने भएकाले सतर्कता अपनाउन भनेको छ ।
‘शिक्षकलाई तीन दिनभित्र फर्कने वातावरण बनाउनू’
सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकलाई तीन दिनभित्र नियमित पठनपाठनमा फर्किने वातावरण सुनिश्चित गर्न आदेश गरेको छ ।
भूकम्पीय जोखिम न्यूनीकरणमा प्रतिबद्धता
आज वैशाख १२ गते । २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर ७.८ म्याग्निच्युटको भूकम्प गएको थियो । यस भूकम्पमा परेर आठ हजार नौ सयभन्दा बढीको ज्यान गएको र झन्डै २२ हजार घाइते भएका थिए ।
एमसिसी बन्दको तयारी नेपालमा भने निरन्तर
संयुक्त राज्य अमेरिकाले कम विकसित मुलुकलाई सहायता उपलब्ध गराउन सञ्चालन गरेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बन्द गर्ने तयारी सुरु गरेको छ ।
आजदेखि बजेट अधिवेशन
सङ्घीय संसद्को बजेट अधिवेशन आज शुक्रबारदेखि प्रारम्भ हुँदै छ । हिउँदे अधिवेशन अन्त्य भएको तीन सातापछि नियमित बजेट अधिवेशन सुरु हुन लागेको हो । दुवै सदनको अधिवेशनको पहिलो बैठक शुक्रबार १ बजे सुरु हुने छ ।
भारतबाट हुने खतराप्रति कडा र उपयुक्त प्रतिक्रिया दिइनेछ : पाकिस्तान
भारतले पाकिस्तानमाथि सीमापार आतङ्कवादलाई समर्थन गरेको आरोप लगाएको एक दिनपछि पाकिस्तान सरकारले बिहीबार भारतको कदमहरूको कडा प्रतिवाद गरेको छ।
भारतको रक्सौलबाट आठजना नेपाली किशोरको उद्धार
पर्साको वीरगञ्ज नाकासँग जोडिएको भारतको रक्सौलबाट आठजना किशोरको उद्धार गरिएको छ ।
रुकुम पूर्वको रन्मामाइकोट नजिक ४.२ को भूकम्प
रुकुम पूर्व जिल्लाको रनमामाईकोट क्षेत्रलाई केन्द्रविन्दु बनाएर बिहीबार बेलुका ७ः३४ बजे ४ं.२ रिक्टर स्केलको भूकम्प गएको छ।
राष्ट्र निर्माणको जिम्मेवारी युवाको काँधमा छ : महासचिव पोखरेल
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले नेपाली जनतालाई खुसी बनाउने र राष्ट्र निर्माणको जिम्मेवारी युवाको काँधमा रहेको बताउनुभएको छ।
सर्वसाधारणलाई कुटपिट गर्ने ट्राफिक प्रहरी कारबाहीमा : चार जनाकै जिम्मेवारी खोसियो
सर्वसाधारणलाई बाटोमा निर्घात कुटपिट गरेको घटना सार्वजनिक भए लगत्तै प्रहरीले चार जना ट्राफिक प्रहरीलाई कारबाही गरेको छ ।
पुरुष साफ च्याम्पियनसिप अर्को वर्ष सर्यो
पुरुष साफ च्याम्पियनसिप फुटबल यो वर्ष नहुने भएको छ ।
युवाले देश बनाउने संकल्प गर्नुपर्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अस्थिरता, अराजकता र पश्चमगनलाई अस्वीकार गर्दै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न युवाहरुले सङ्कल्प र तागत देखाउनुपर्ने बताउनुभएको छ ।
एपीएफ र आर्मी सेमिफाइनलमा
एपीएफ क्लब र नेपाल आर्मी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
नयाँबस्तीमाथि बाँसबारीको सहज जित
एन्फा मैदानमा बिहीबार भएको खेलमा बाँसबारीले नयाँबस्तीलाई २–० गोलले हरायो ।
प्रदेशस्तरीय ब्याडमिन्टन सम्पन्न
पाँचथरको फिदिममा सम्पन्न कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगितामा पुरुष एकल तर्फ संखुवसभाका सुनिलजंग कार्की प्रथम हुनुभएको छ ।
गेटाफेमाथि रियलको कठिन जित
बुधबार राति भएको खेलमा रियलले गेटाफेलाई उसैको मैदानमा १–० गोलले हरायो ।
भूकम्पको १० वर्ष : पीडितका अधिकांश घरमा ताला, खाली हुँदै गाउँ
बिनाशकारी भूकम्प गएको १० वर्ष पूरा भएको छ। ०७२ साल वैशाख १२ गते आजकै दिन गोरखा जिल्लाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ८ म्याग्नेच्यूडको भुकम्प गएको थियो। उक्त भूकम्पमा परेर देशभर ठुलै मानवीय क्षति भएको थियो।
‘लोकतन्त्र सुदृढीकरणका लागि सबै एकजुट हुनु जरुरी छ’
नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले लोकतन्त्र सुदृढीकरणका लागि सबै एकजुट हुनु जरुरी रहेको बताउनुभएको छ ।
गण्डकी प्रदेश स्वास्थ्यमन्त्री पाठकद्वारा दमौली अस्पतालको निरीक्षण
गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले तनहुँको सदरमुकाम दमौलीस्थित प्रदेश अस्पताल दमौलीको बिहीबार आकस्मिक अनुगमन तथा निरीक्षण गर्नुभएको छ ।
देश विकासका लागि युवा एकतामा जोड
युवाहरुमा एकता हुँदा सधैँ देश विकासमा टेवा पुग्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले बिहीबार लोकतन्त्र दिवसका अवसरमा भृकुटीमण्डपमा आयोजना गरेको ‘यूथ सेलिब्रेसन’ कार्यक्रममा विभिन्न क्षेत्रका युवाहरुले आफ्ना प्रतिभा प्रस्तुत गर्दै विचार राखेका थिए ।
क्यानद्वारा लोहनीको उपचारमा पाँच लाख सहयोग
नेपाल क्रिकेट सङ्घ (क्यान) ले क्रिकेटर सिद्धान्त लोहनीको उपचारका लागि पाँच लाख रुपियाँ सहयोग गर्ने भएको छ ।
ट्याक्टर दुर्घटनामा एकको मृत्यु
सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा बिहीबार ट्याक्टर पल्टिदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।