काठमाडौँ, वैशाख ११ गते । नेपाल क्रिकेट सङ्घ (क्यान) ले क्रिकेटर सिद्धान्त लोहनीको उपचारका लागि पाँच लाख रुपियाँ सहयोग गर्ने भएको छ ।
महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरानमा घाइते हुनुभएका लोहनी हाल भारतको गुरुग्राममा उपचार गराई रहनुभएको छ । क्यानले बिहीकार लोहनीको उपचारका लागि सहयोग गर्ने निर्णय गरेको हो ।
मधेश प्रदेश क्रिकेट सङ्घको आयोजनामा २०८० जेठ १५ देखि २६ सम्म जनकपुरमा आयोजना भएको प्रतियोगितामा लोहनी गण्डकी प्रदेशका अमृत गुरुङले प्रहार गरेको बललाई ‘बाउन्ड्री लाइन’ मा रोक्ने क्रममा गम्भीर घाइते हुनुभएको थियो । उहाँको घुँडामा चोट लागेको थियो ।