• ११ असार २०८२, बुधबार

दैलेखका ११ पालिकाको बजेट सार्वजनिक

blog

नारायण नगरपालिकाको १६ औं नगर सभामा निति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नु हुँदै नगर उपप्रमुख तप्ता कुमारी थापा । तस्बिर : यामराज बिष्ट

यामराज बिष्ट
पञ्चकोशी (दैलेख), असार ११ गते ।
दैलेखका ४ नगरपालिका र ७ गाउँपालिका गरी ११ पालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट सार्वजनिक गरेका छन् । नारायण नगरपालिका, दूल्लु नगरपालिका, चामुण्डाबिन्द्रासैनि नगरपालिका, आठबिस नगरपालिका ठाटिकाध गाउँपालिका, भैरबी गाँउपालिका, महाबु गाँउपालिका, नौमूले गाँउपालिका, भगवतीमाई गाँउपालिका, डुवेश्वर गाँउपालिका र गुराँस गाउँपालिकाले आव २०८२/८३ का लागि बजेट सार्वजनिक गरेका हुन् ।   

जिल्लाको सबै भन्दा पुरानो नगरपालिका नारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ५६ करोड ४४ लाख ६९हजार चार सय २९ रुपियाँको बजेट ल्याएको हो । चालु तर्फ ४५ करोड ७० लाख ९२ हजार तीन सय ६ पुँजीगततर्फ १० करोड ७३ लाख ७७ हजार चार सय २९ रुपियाँ गरी कुल ५६ करोड ४४ लाख ६९ हजार चार सय २९ रुपियाँको अनुमानित बजेट प्रस्तुत छ  । नगरपालिकाले बजेटलाई सुशासन तथा सेवा प्रवाह, शिक्षा, स्वास्थ्य, पर्यटन, सिपमुलक तालिम, खानेपानीका, कृषि तथा पूर्वाधार निर्माणका कार्यक्रमलाई प्राथमिकतामा राखि बजेट विनियोजन गरिएको नगर प्रमुख लोमन शर्माले बताउनुभयो ।

यस्तै, महाबु गाँउपालिका दैलेखले चालुतर्फ ३३ करोड ८० लाख ६२ हजार सात सय २२ रुपियाँ र पुँजीगततर्फ १५ करोड ५९ लाख ८० हजार गरी एक ४९ करोड ४० लाख ४२ हजार सात सय २२ रुपियाँको बजेट सार्वजनिक गरेको हो । कृषि जलवायु उत्थानशिल योजनाबद्ध दिगो विकास, स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास, कृषि क्षेत्रमा बजेट विनियोजन गरिएका महाबु गाउँपालिका अध्यक्ष जंगबहादुर शाहीले बताउनुभयो ।

नौमूले गाउँपालिकाले आगामी पुँजीगततर्फ १९ करोड ८० लाख ८९ हजार चालु चालुतर्फ ३६ करोड २७ लाख ७७ हजार आठ सय ३३ रुपियाँ गरी ५६ करोड आठ लाख ६६ हजार आठ सय ३३ रुपियाँको बजेट ल्याएको छ । गाउँपालिका अध्यक्ष छबिराम सुवेदीका अनुसार स्वास्थ्य, शिक्षा, पूर्वाधार विकासमा बजेट विनियोजन गरिएको बताउनुभयो  ।

यस्तै, ठाटिकाध गाँउपालिका दैलेखले चालुतर्फ २४ करोड २५ लाख ३५ हजार ५९ रुपिययाँ र पुँजीगततर्फ १७ करोड २४ लाख ५६ हजार गरी एक ४१ करोड ५० लाख ३१ हजार ५९रुपियाँको बजेट सार्वजनिक गरिएको ठाटिकाँध गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसी उपाध्यायले बताउनुभयो ।

दुल्लु नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि एक अर्ब आठ करोड ९२ लाख ५९ हजार बजेट ल्याएको हो । चालु तर्फ ७६ करोड ९८ लाख ८० हजार पुँजीगततर्फ ३१ करोड ९३ लाख ६९ रुपियाँको अनुमानित बजेट प्रस्तुत गरेको छ  ।

गुराँस गाउँपालिका दैलेखले चालुतर्फ ४३ करोड ५५ लाख ४४ हजार नौ सय ५५ रुपियाँ र पुँजीगततर्फ १६ करोड १६ लाख वित्तीय व्यवस्था १३ करोड ४० गरी ७३ करोड ६१ लाख ४४ हजार नौ सय ५५ रुपियाँको बजेट सार्वजनिक गरिएको गुराँस गाँउपालिकाका प्रमुख प्रसासकीय अधिकृत डिलबहादुर पौडेलले बताउनुभयो ।  एक वडा, एक उद्योग र एक टोल, एक उत्पादन कार्यक्रम, गुराँस गौरव मार्गको निर्माण तथा कृषि लगायका क्षेत्रमा आगामी वर्षको योजनामा समावेश गरिएको गुराँस गाउँपालिका अध्यक्ष टोपबहादुर बिसीले बताउनुभयो ।

डुवेश्वर गाउँपालिका दैलेखले चालुतर्फ २८ करोड ५० लाख र पुँजीगततर्फ १३ करोड ३१ लाख ७२ हजार नौ सय ५३ रुपियाँ गरी ४१ करोड ८१ लाख ७२ हजार नौ सय ५३ रुपियाँको बजेट सार्वजनिक गरिएको छ ।

यसैगरी, चामुण्डा बिन्द्रासैनि नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ४८ करोड ४३ लाख तीन हजार ८८ रुपियाँ बजेट ल्याएको हो । शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार, प्रशासन र युवासँग सम्बन्धित कार्यक्रमलाई प्राथमिकतामा राखिएको चामुण्डा बिन्द्रासैनि नगरपालिका प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगालीले बताउनुभयो ।

आठबिस नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ५५ करोड ८८ लाख ६१ हजार पाँच सय ८५ रुपियाँ बजेट ल्याएको हो । भगवती गाँउपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ५६ करोड ४५ लाख ७५ हजार दुई सय बजेट सार्वजनिक गरेको हो ।

भैरबी गाँउपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ४९ करोड ९९लाख ९० हजार बजेट सार्वजनिक गरेको छ । दैलेखका अधिकांश पालिकाले शिक्षा, स्वास्थ्य, सडक, सिँचाइ तथा कृषिलाई आधुनिकीकरण लगायतका कार्यक्रमलाई मुख्य प्राथमिकतामा राख्दै बजेट विनियोजन गरिएको जनाएका छन् ।