• ११ असार २०८२, बुधबार

मधेश प्रदेश सभाको बैठक आह्वान

blog

मधेश प्रदेश सभा भवन । तस्बिरः धीरेन्द्रप्रसाद साह

धीरेन्द्रप्रसाद साह 

जनकपुर, असार ११ गते । मधेश प्रदेशसभाको बुधबार बैठक आह्वान गरिएको छ । मधेश प्रदेश सभाको पाँचौँ अधिवेशनको बुधबार १ बजे १२ औं बैठक आह्वान गरिएको हो। सभाको सो बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने जनाएको छ।

मधेश प्रदेश सभा सचिवालयले जारी गरेको दैनिक कार्यसूचीअनुसार मधेश प्रदेशका अर्थमन्त्री सुनिलकुमार यादवले वक्तव्यसहित ‘आव २०८२–८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने उल्लेख गरिएको छ। 

सो प्रस्ताव पेस भइसकेपछि आव २०८२–८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने प्रदेश सभाका सचिव वासुप्रसाद कोइरालाले जानकारी दिनुभयो। असार १ गते सभामा अर्थमन्त्री यादवले आव २०८२–८३ को राजस्व र व्यय (बजेट वक्तव्य) प्रस्तुत गर्नुभएको थियो।