गाउँमै स्तरीय स्वास्थ्य सेवा प्रदेश सरकारको प्राथामिकता : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गाउँमै स्तरीय स्वास्थ्य सेवा प्रदेश सरकारको प्राथामिकता रहेको बताउनुभएको छ।
गोरखापत्रकर्मी शाही र थापालाई फोटो पत्रकारिता अवार्ड
शनिबार ललितपुरमा आयोजित पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्डको अवसरमा उहाँहरुलाई सम्मान प्रदान गरेको हो।गोरखापत्र अनलाइनका फोटो पत्रकार शाहीले पर्यटन तथा संस्कृति विधा र गोरखापत्र दैनिकका फोटो पत्रकार थापाले महिला समूहबाट अवार्ड जित्नुभएको हो। फोटो पत्रकारद्वयलाई प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले अवार्ड र सम्मान पत्र प्रदान गर्नुभयो।
फोटो पत्रकारिताको विकासमा राज्यले जोड दिनुपर्छः सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले फोटो पत्रकारिताको विकासमा राज्यले जोड दिनुपर्ने बताउनुभएको छ । शनिबार राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८२ को अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह, नेपालले ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
इँटा कारखानादेखि लन्डन म्याराथनः बाल उद्धार नेपालसँग अस्माको प्रेरणादायी यात्रा
२२ वर्षीया अस्मा लन्डन म्याराथनमा सहभागीता जनाउन जाँदै हुनुहुन्छ । सन् २०१९ मा चाइल्ड रेस्क्यु नेपालले उद्धार गरेकी अस्मा अप्रिल २७ मा हुने लन्डन म्याराथनको पहिलो लहरमा विश्व स्तरका खेलाडीसँगै दौड्ने छिन् । अस्माले धेरै कठिन यात्रासँगै खेलाडीको पहिचान बनाउनुभएको हो ।
तमोरमा पौडी खेल्ने क्रममा एक व्यक्ति बेपत्ता
ताप्लेजुङस्थित तमोर नदीमा पौडी खेल्ने क्रममा शनिबार एक व्यक्ति बेपत्ता हुनुभएको छ। प्रहरीका अनुसार जिल्लाको आठराई त्रिवेणी गाउँपालिका–२ फूलबारी खुवाका ५६ वर्षीय जीतबहादुर बल तामाङ तमोर नदीमा बेपत्ता हुनुभएको हो।
पूर्व प्रधानमन्त्री भट्टराई भारत प्रस्थान
पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराई भारत प्रस्थान गर्नुभएको छ ।
नेपाल सदैव आतङ्कवादको विपक्षमा छः परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल सदैव आतङ्कवादको विपक्षमा रहेको र जुनसुकै प्रकार र प्रकृतिको आतङ्कवादको कडा शब्दमा निन्दा गर्ने बताउनुभएको छ ।
शिक्षकका माग सम्बोधन गर्ने प्रयास जारी छः अध्यक्ष प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्दोलनरत शिक्षकका माग सम्बोधनका लागि आफ्नो पार्टीले सक्दो प्रयास गरिरहेको बताउनुभएको छ ।
विश्वकप छनोटका लागि महिला क्रिकेट टोलीको घोषणा
क्यानले शुक्रबार राति इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय अेलाडी टोलीको घोषणा गरेको हो । टोलीमा पूजा महतोलाई उपकप्तानको जिम्मेवारी दिइएको छ ।
तरकारी खेतीबाट समृद्धि खोज्दै किसान
तुलसीपुर उपमहानगरपालिका–२ कुमलगदी गाउँका किसान व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित हुन थालेका छन् । कुनै समय धान, गहुँ खेतीमा निर्भर रहेका कृषकहरु तरकारी खेतीमा राम्रो आम्दानी हुन थालेपछि सिङ्गो गाउँले तरकारी खेतीमा आकर्षित हुन थालेका हुन् ।
गाजामा पाँच वर्षे युद्धविरामका लागि सबै बन्धकको रिहा गर्ने हमासको प्रस्ताव
गाजामा जारी युद्ध अन्त्यका लागि हमासले सबै बन्धकलाई रिहा गर्ने र इजरायलद्वारा पाँच वर्षका लागि युद्धविराम गर्ने सहमतिका लागि नयाँ प्रस्ताव अघि सारेको हमास निकट एक अधिकारीले शनिबार बताएका छन् ।
विद्यालय सञ्चालन गर्न पालिकाको दबाब, माग पूरा नभएसम्म नखोल्ने शिक्षकको अडान
नवलपुरका स्थानीय पालिकाहरूले भोलि आइतबारदेखि विद्यालय सञ्चालन गर्न दबाब बढाएका छन्। तीन वटा पालिकाले विज्ञप्ति निकालेर आइतबारदेखि विद्यालय सञ्चालन गर्न आग्रह गरेका छन्।
राष्ट्रङ्घद्वारा जम्मू–कश्मीरमा भएको आक्रमणको निन्दा गर्दै न्यायको माग
संयुक्त राष्ट्र सुरक्षा परिषद् (युएनएससी) ले २२ अप्रिलमा जम्मू–कश्मीरमा भएको आतङ्कवादी आक्राणको कडा निन्दा गर्दै न्यायको माग गरेको छ । आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु भएको थियो भने कैयौँ घाइते भएका थिए ।
फिडे र्यापिड रेटिङ बुद्धिचाल हुने
संयुक्त राष्ट्रसंघले घोषणा गरेको अन्तर्राष्ट्रिय सहकारी वर्ष-२०२५ को अवसरलाई लक्षित गर्दै प्रभु महालक्ष्मी दोस्रो ओपन फिडे र्यापिड रेटिङ बुद्धिचाल प्रतियोगिता हुने भएको छ ।
आलुमा पुतली किराको प्रकोप
सल्यानको बनगाडकुपिण्डे नगरपालिका–१२, निगालचुलाका किसानले लगाएको आलुमा पुतली किराको प्रकोप देखापरेको छ ।
क्रिकेट प्रशिक्षक स्टुआर्ट उत्साहित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक स्टुआर्ट ल नेपाल आउनासाथ उत्साहित देखिनुभएको छ ।
एक सयको कोष, तीन लाखको बिमा
समाजवाद उन्मुख बन्दै गएको लमजुङको पर्यटकीय स्मार्ट भिलेज घले गाउँवासीले आफ्नै कोषबाट स्वास्थ्य बिमा लागु गरेका छन् ।
‘नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रप्रति विशेष जोड दिनेछु’
कोशी प्रदेशका स्वास्थ्य मन्त्री भूपेन्द्र राईले स्वास्थ्य क्षेत्रलाई विशेष जोड दिने प्रतिबद्ध गर्नुभएको छ । नेपाल स्ट्रोक एशोसिएसन र नेपाल स्ट्रोक प्रोजेक्टको संयुक्त आयोजनामा इटहरीमा सम्पन्न स्ट्रोक मास्टर क्लासमा उहाँले यस्तो प्रतिबद्ध गर्नुभएको हो ।
बौद्धिक सम्पत्तिको दर्तालाई प्रोत्साहन गर्नुपर्ने : अध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बौद्धिक सम्पत्तिको दर्तालाई प्रोत्साहन गर्ने गरी राज्यको भूमिका बढाउनुपर्नेमा जोड दिनुभएको छ ।
सरकार ढल्छ भन्नेहरू गल्न थालेका छन् : प्रधानमन्त्री ओली
प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थाइल्यान्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरु अहिले गलेको टिप्पणी गर्नुभएको छ।
रेसुङ्गा चिनाउँदै चित्रकार
चित्र हेरर मख्ख छत्रदेव गाउँपालिका–५ अर्घाखाँचीका ५४ वर्षीय शेखर पाण्डेय लगभग पाँच वर्षमा तम्घास आउनुभयो । बसाइसराईले गाउँ छोडेपछि तम्घास आउ–जाउ पनि कम भयो । रेसुङ्गानै नपुगेका त धेरै वर्ष भएका थिए ।
इरान र अमेरिकाबिच नयाँ चरणको आणविक वार्ता सुरु
संयुक्त राज्य अमेरिका र इरानबिच ओमानमा शनिबारदेखि नयाँ चरणको आणविक वार्ता सुरू भएको छ । सम्भावित आणविक सम्झौताको विस्तृत विवरणलाई लिएर शनिबारदेखि अमेरिका र इरानबिच विवादका विषयलाई सम्बोधन गर्ने प्रयासस्वरूप छलफल हुने अपेक्षा गरिएको छ ।
अमेरिकामा यस वर्ष दादुराका ८८४ बिरामी भएको पुष्टि
अमेरिकामा यस वर्षको पहिलो तीन महिनामा दादुराका ८८४ बिरामी भेटिएको पुष्टि भएको छ । गत वर्षको तुलनामा यो उल्लेखनीय वृद्धि हो ।
नइ एकेडेमीले ‘नेपाल भारत प्राध्यापक सम्मेलन’ गर्ने
नइ एकेडेमीले निकट भविष्यमा दुई दिने ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ गर्ने भएको छ । त्रिमूर्ति निकेतनका संयोजक प्रा.डा.महादेव अवस्थीको संयोजकत्वमा सम्पन्न हुने यस सम्मेलनमा नेपाल तथा भारतका विभिन्न विश्वविद्यालयबाट नेपाली भाषासाहित्यमा विद्यावारिधि गर्ने ३५० जना प्राज्ञको सहभागिता हुने भएको छ ।