• १३ वैशाख २०८२, शनिबार

पूर्व प्रधानमन्त्री भट्टराई भारत प्रस्थान

blog

काठमाडौँ, वैशाख १३ गते। पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराई भारत प्रस्थान गर्नुभएको छ ।

उहाँ प्रगतिशील नेपाली समाज, भारतको अधिवेशनमा अथितिका रूपमा सहभागी हुन आज त्यहाँ जानुभएको पार्टी उपाध्यक्ष मानुषी यमीले जानकारी दिनुभयो। आइतबारदेखि भारतको फरिदावादमा समाजको अधिवेशन सुरु हुँदै छ।

डा. भट्टराईका साथ  उपाध्यक्ष एवं विदेश विभाग प्रमुख मानुषी र सचिव एवं प्रवास प्रदेशअन्तरगत भारतका इन्चार्ज शन्देश कार्की हुनुहुन्छ।