गौरमा बिहानी सत्रमा कक्षा सञ्चालन
अत्यधिक गर्मीले विद्यार्थीलाई पठनपाठनमा समस्या हुन थालेपछि रौतहटको गौर नगरपालिकाले नगरपालिका मातहतका सबै विद्यालयहरुलाई बिहानी सत्रमा कक्षा सञ्चलान गर्न निर्देशन दिएको छ ।
कोरिया प्रायद्वीपमा शान्तिको भविष्य
दक्षिण कोरियाले नयाँ नेतृत्व पाएको छ । नवनिर्वाचित राष्ट्रपति ली जे म्युङले आणविक शक्ति सम्पन्न उत्तर कोरियासँग वार्ता गरेर ‘घाउ निको पार्ने’ प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नयाँ मध्यमार्गी वामपन्थी नेता ली ‘बढ्दो संरक्षणवाद र आपूर्ति शृङ्खलाको पुनर्संरचना’ ले अस्तित्वमाथि खतरा उत्पन्न गरेकोमा चिन्तित हुनुहुन्छ ।
सामाजिक न्यायसहितको सुशासन
बहुजातीय, बहुभाषीय, बहुसांस्कृतिक, बहुधार्मिक जातजाति जनजातिको बसोबास भएको सुन्दर देश नेपाल विकासको हिसाबले पछि परे पनि सुन्दरतामा अब्बल छ । विभिन्न लेकमा पाइने जडीबुटी, हिमालमा पाइने यार्चागुम्बा, कालीगण्डकीमा पाइने शालिग्राम तथा विभिन्न स्थानमा अन्वेषणमा रहेका खनिज धातु यो देशका अमूल्य सम्पत्ति हुन् । वातावरण र मौसमको हिसाबले फरक–फरक तापव्रmम, फरक–फरक रहन सहन, बाइसे चौबिसे राज्य सञ्चालन हुँदा बनाइएको ऐतिहासिक राजाका दरबार, पुरातात्त्विक संरचना नेपा
गैँडाको आक्रमणबाट एकजना घाइते
नवलपुरमा बिहीबार बिहान गैँडाले आक्रमण गरी एक जनालाई घाइते बनाएको छ । मध्यविन्दु नगरपालिका–२ सेहरीको बाटोमा हिँडिरहेको अवस्थामा सोही ठाउँका ४५ वर्षीय रेशमलाल महतोलाइ एक्कासी गैँडाले आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आजको मौसम : कोशीमा मनसुनी वायुको प्रभाव
हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ ।
सरकारी सञ्चारमाध्यममा भोट भाषाको समाचार सेवा सुरु गर्न बौद्ध महासङ्घको आग्रह
नेपाल बौद्ध महासङ्घले सरकारी सञ्चारमाध्यमहरुबाट भोट भाषामा समाचार, सूचना तथा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारणको व्यवस्था गरिदिन सरकारको ध्यानार्कषण गरेको छ ।
दाङमा स्याउका बिरुवा उत्पादनसँगै खेती विस्तार गरिँदै
भारतको हिमाचल प्रदेशको सिम्लामा १५ बर्ष स्याउ बगैँचामा काम गर्नुभएका रोल्पा निवासी मनु बुढामगर दाङको घोराहीमा स्याउका बिरुवा उत्पादनसँगै स्याउको व्यवसायिक खेतीमा लाग्नुभएको छ ।
गुल्मीको छल्दी खोलामा झोलुङ्गे पुल निर्माण
गुल्मीको छल्दी खोलामा निर्माण गरिएको झोलुङ्गे पुलले विचित्र गुफालाई राजमार्गबाट नजिक बनाएको छ ।
‘दुधमा प्रोत्साहन अनुदान’ कार्यक्रमबाट कर्णालीका किसान लाभान्वित
कर्णाली प्रदेश सरकारको ‘दुधमा प्रोत्साहन अनुदान’ कार्यक्रम पछिल्लो समय प्रभावकारी बन्दै गएको छ । कार्यक्रमबाट कर्णालीका दुध उत्पादक किसान लाभान्वित भएका छन् ।
बासी र सडेगलेका खानेकुरा नखान मन्त्रालयको आग्रह
गर्मी तथा वर्षायामसँगै झाडापखाला तथा हैजा जस्ता पानीजन्य रोग फैलने हुँदा यस्ता रोगबाट बच्न बासी सडेगलेका झिँगा भन्केका खानेकुरा नखान मन्त्रालयले आग्रह गरेको हो ।
गर्मी बढेपछि भरतपुरका विद्यालयमा तिन दिन बिदा
अत्याधिक गर्मी बढेपछि भरतपुर महानगरपालिकाले विद्यालयमा सार्वजनिक बिदा दिएको छ । आजदेखि शुक्रबारसम्म महानगरले सार्वजनिक बिदा दिएको हो ।
अत्यधिक गर्मीले पूर्वी तराईको जनजीवन प्रभावित
अत्यधिक गर्मीले पूर्वी तराईको जनजीवन प्रभावित भएको छ । केही दिनदेखि पूर्वी तराईमा गर्मी बढ्ने क्रम जारी रहेकोमा बुधबार झापा, मोरङ र सुनसरी जिल्लाको औसत तापक्रम बढेर ३७ डिग्रीसम्म पुग्दा जनजीवन कष्टकर बनेको छ ।
नेदरल्यान्ड्समाथि नेपालको ‘क्लिन स्विप’
नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणत्मक सिरिजको चौथो खेलमा नेदरल्यान्ड्सलाई १६ रनले हराएको छ ।
गर्मी बढेपछि नगरका विद्यालयमा पठनपाठन बन्द
विगत केही दिनदेखि बढेको गर्मीका कारण सिन्धुलीको कमलामाई नगरपालिकाले बुधबारदेखि सामुदायिक तथा नीजि विद्यालयको पठनपाठन बन्द गराइएको छ ।
दिल्लीमा गर्मीको लहरः रेड अलर्ट जारी
भारतमा बढ्दो तापक्रमको बिच भारत मौसम विज्ञान विभागले मङ्गलबार दिल्लीमा आगामी तीन दिनका लागि रेड अलर्ट जारी गरेको छ ।
गुल्मीका स्थानीय तहलाई पाँच अर्बभन्दा बढी बजेट
सङ्घीय सरकारबाट आगामी आर्थिक वर्षका लागि गुल्मीका स्थानीय तहलाई पाँच अर्बभन्दा बढी बजेट विनियोजन भएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको अन्तर सरकारी वित्तीय हस्तान्तरण विवरण अनुसार आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि यस जिल्लाका दुई नगरपालिका र दस गाउँपालिका गरी १२ स्थानीय तहलाई पाँच अर्ब एक करोड ५३ लाख रुपियाँ बजेट विनियोजन भएको पाइएको हो ।
चितुवाले मान्छे मार्न थालेपछि स्थानीयवासी आतङ्कित
तनहुँको बन्दीपुर गाउँपालिकाकाको ग्रामीण क्षेत्रमा चितुवा दिउँसै बस्तीमा पसेर मान्छे मार्न थालेपछि स्थानीय बासिन्दा आतङ्कित बनेका छन् । एक महिनाकै अवधिमा एक बालक र एक बालिका गरी दुई बालबालिकाको ज्यान गएपछि आतङ्कित बनेको बन्दीपुर गाउपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताउनुभयो ।
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
झापामा गर्मीका कारण जनजिवन प्रभावित
झापामा अधिक गर्मीका कारण जनजिवन प्रभावित बनेको छ । गर्मीका कारण दुई जनाको मृत्यु भएको आंशका गरिएको छ । अत्यधिक गर्मीका कारण झापामा दुई जनाको मृत्यु भएको आशंका गरिएको हो ।
प्रशासनिक कानुनका अन्तर्वस्तु
राजनीतिक प्रणालीमा आउने परिवर्तन जनस्वीकार्यताबिना अपूर्ण मानिन्छ ।
संस्थागत विद्यालयको नियमन
नेपालको संविधानले सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता र स्वतन्त्र विकासमार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्ने र अर्थतन्त्रमा निजी क्षेत्रको भूमिकालाई महत्व दिँदै उपलब्ध स्रोतसाधनको अधिकतम परिचालन गरी आर्थिक समृद्धि हासिल गर्ने नीति अङ्गीकार गरेको छ ।
लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर
१. नेपाल बिमा प्राधिकरणले २०८२ जेठ २३ मा सार्वजनिक गरेको तथ्याङ्क अनुसार हाल बिमामा पहुँच पुगेको जनसङ्ख्या कति छ ? ४७.३९ प्रतिशत
सेवा प्रवाहमा जवाफदेहिता : विषयगत प्रश्नोत्तर
सेवा प्रवाहमा जवाफदेहिता १. नवीन सार्वजनिक व्यवस्थापन भनेको के हो ? यस अवधारणाले अगाडि सारेका आधारभूत मान्यता उल्लेख गर्दै यससम्बन्धी आलोचनासमेत प्रस्तुत गर्नुहोस् । के नवीन सार्वजनिक व्यवस्थापन नेपालको वर्तमान शासकीय परिवेशमा सान्दर्भिक रहेको ठान्नुहुन्छ ? तर्कपूर्ण विश्लेषण गर्नुहोस् । निजी क्षेत्रको व्यवस्थापन शैली, कार्यदक्षता र नतिजामूलक कार्यसम्पादनलाई सार्वजनिक क्षेत्रमा आत्मसात् गरी सरकारको कार्यसम्पादनमा मितव्ययितता, दक्षता र प्रभावकारिता हासिल गर्दै सार्वजनिक क्षेत्रमा देखिएका विकृति
आज देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान
हाल देशको पश्चिम र मध्य भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव छ ।