• २९ जेठ २०८२, बिहिबार

अत्यधिक गर्मीले पूर्वी तराईको जनजीवन प्रभावित

blog

सचिन पोख्रेल
इटहरी, जेठ २८ गते ।
अत्यधिक गर्मीले पूर्वी तराईको जनजीवन प्रभावित भएको छ । केही दिनदेखि पूर्वी तराईमा गर्मी बढ्ने क्रम जारी रहेकोमा बुधबार झापा, मोरङ र सुनसरी जिल्लाको औसत तापक्रम बढेर ३७ डिग्रीसम्म पुग्दा जनजीवन कष्टकर बनेको छ ।  

गर्मी अत्यधिक रूपमा गर्मी बढ्दा सर्वसाधारणको दैनिक कार्यसमेत प्रभाव भएको छ । तीन दिन यता पूर्वी तराईका जिल्लाहरूमा निरन्तर गर्मी बढिरहेको छ । गर्मी बढिरहेको समयमा वर्षा नहुँदा थप जनजीवन कष्टकर बन्दै आएको सर्वसाधारणको भनाइ छ ।

गर्मीका कारण दैनिक ज्यालादारी काम गर्ने मजदूरहरू बढी प्रभावित भएका छन् भने बालबालिका, ज्येष्ठ नागरिकहरू समेत प्रभावित बन्न पुगेका छन् । त्यस्तै, विद्यालयहरूमा अध्ययन गर्न आउने विद्यार्थीको सङ्ख्या न्यून भएको छ ।

गर्मीले पठनपाठन समेत प्रभावित बनाएपछि पूर्वी तराईको सुनसरी, मोरङ र झापाका विराटनगर महानगरपालिका, इटहरी उपमहानगरपालिका, इनरुवा नगरपालिका, कमल गाउँपालिकालगायतका केही पालिकाले बुधबारदेखि केही दिनका लागि विद्यालय बन्द गरेका छन् ।