• २९ जेठ २०८२, बिहिबार

बासी र सडेगलेका खानेकुरा नखान मन्त्रालयको आग्रह

blog

काठमाडौँ, जेठ २८ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बासी सडेगलेका झिँगा भन्केका खानेकुरा नखान आग्रह गरेको छ । मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो । 

गर्मी तथा वर्षायामसँगै झाडापखाला तथा हैजा जस्ता पानीजन्य रोग फैलने हुँदा यस्ता रोगबाट बच्न बासी सडेगलेका झिँगा भन्केका खानेकुरा नखान मन्त्रालयले आग्रह गरेको हो । 

काँचै खान मिल्ने फलफूल तथा तरकारी शुद्धीकरण गरेका पानी प्रयोग गरी राम्रोसँग सफा गरेर मात्र खान मन्त्रालयको अनुरोध छ ।खानेकुरा र पानीलाई राम्ररी छोपेर राख्न।, भान्सा व्यवस्थित र सफा राख्न, राम्रोसँग पाकेको खानेकुरा मात्रै खान।, भाँडाकुँडालाई राम्रोसँग भित्रबाहिर सफा गर्न मन्त्रालयको सुझाव छ । त्यस्तै, मन्त्रालयले खाना पकाउनु र पस्कनु अघि साबुन पानीले राम्रोसँग हात धुन, बच्चालाई खाना खुवाउने भाँडा ( दुधदानी, चम्चा, कचौरा ) निर्मलीकरण गर्न आग्रह गरेको छ ।