बस दुर्घटनामा परेका कर्मचारी मृत फेला
मकवानपुरको बकैया गाउँपालिका–३ चिसापानी बजारमा बस दुर्घटनामा परी घाइते भएका हेटौँडा उपहानगरपालिका १८ हर्नामाडीका विमल ढुंगाना मृत अवस्थामा भेटिनुभएको छ ।
चट्याङ लागेर एकको मृत्यु
जिल्लामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका–१० लिसेपानी बस्ने वर्ष ७२ को यमबहादुर घर्तीको चट्याङ लागेर मृत्यु भएको हो ।
जडिबुटी कम्पनीका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको आरोपमा जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड शाखा कार्यरत कैलालीका प्रमुख स्टोर सहायक तह– ५ (प्र) मा कार्यरत प्रेमबहादुर रावलविरुद्ध विशेष अदालत काठमडाौंमा मुद्दा दायर भएको छत ।
सडक निर्माणको माग गर्दै कर्णाली पुलमा सुतेर अनशन गर्दै भण्डारी
चिसापानी–कुइने सडक निर्माणको माग गर्दै कैलालीका एक युवाले चिसापानी पुलमा अनशन थाल्नु भएको छ । स्थानीय नेत्र भण्डारीले पुलमाथि सुतेर अनशन थाल्नु भएको हो ।
जनतालाई निरोगी बनाउन स्थापना गरिएको कार्यालय आफैँ बिरामी
स्वच्छ र स्वस्थ खाद्यान्न उपभोग गराई गण्डकी प्रदेशका जनतालाई निरोगी बनाउने उद्देश्यले स्थापना गरिएको कार्यालय आफैँ बिरामी परेको छ ।
सामाजिक विकास मन्त्री खड्काद्वारा आगलागी क्षेत्रको निरीक्षण
आगलागीबाट नष्ट भएको बान्नीगढी जयगढ क्षेत्रको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले निरीक्षण गर्नुभएको छ ।
वर्षाका कारण नारायणघाट–बुटवल सडक अवरुद्ध
बिहीबार बिहानदेखि परेको हल्का वर्षाका कारण नारायणघाट–बुटवल सडक अवरुद्ध भएको छ । धुलो बाटोमा हल्का वर्षा भएपछि हिलो र चिप्लो भएका कारण राजमार्गको दाउन्ने खण्ड बिहान ९ बजेदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
हावाहुरीले पोल ढलेपछि बाँकेमा विद्युत सेवा अवरुद्ध
बाँकेमा बुधबार राती आएको भिषण हावाहुरीका कारण ठाउँठाउँमा विद्युतका पोल ढलेर क्षतिग्रस्त भएपछि जिल्लाका अधिकांश स्थानको विद्युत सेवा बुधवार रातीबाटै अवरुद्ध भएको छ ।
अर्थ राजनीति र छिमेकी मुलुक
अर्थ राजनीतिको उत्पत्ति पुँजीवादी समाज व्यवस्थाको विश्लेषणका रूपमा भएको हो ।
गभर्नर नियुक्तिको प्रसङ्ग
नेपाल राष्ट्र बैङ्कको १८ औँ गभर्नर को होलान् ? बैङ्क र वित्तीय संस्थालाई मात्र होइन, गभर्नरले गर्ने निर्णयले प्रत्येक नेपाली तथा देशकै आर्थिक गतिविधि प्रभावित हुन्छ ।
बजेट तर्जुमाअघि सोच्नुपर्ने विषय
अर्थ मन्त्रालयले २२ चैत २०८१ को सूचनामार्फत आर्थिक वर्ष २०८२/८३ को बजेट तथा कार्यक्रमका लागि सुझाव माग गरेको छ ।
प्रतिगमन असफल
राजतन्त्र पुनर्स्थापना गर्न चाहने दल तथा समूहद्वारा आह्वान गरिएको चैत १५ को आन्दोलन अन्ततः असफल हुन पुगेको छ ।
आगामी तीन दिन हल्का हिमपातको सम्भावना
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशभरका हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताएको छ।
सार्वजनिक बिदामा पनि सेवा प्रवाह हुने
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले सार्वजनिक बिदाको दिनमा पनि सेवा प्रवाह गर्ने भएको छ । बिहीबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले आउँदो वैशाख १ गतेदेखि सार्वजनिक बिदाका दिनमा कार्यालय खुलाएर सेवा प्रवाह गर्ने भएको हो ।
गौतमबद्ध अन्तर्राष्ट्रिय विमानस्थल उडानको माग राख्दै आन्दोलनको घोषणा
गौतमबद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान पुनः नियमित सुचारुको माग राख्दै संयुक्त रूपमा आन्दोलनको घोषणा गरिएको छ ।
महोत्तरीमा जताततै डढेलो
महोत्तरीका वनक्षेत्रमा अहिले जताततै डढेलो छ । पूर्वपश्चिम राजमार्ग दायाँबायाँमात्र नभएर चुरे पर्वत श्रेणीका वनक्षेत्र र विपी राजमार्गको दायाँबायाँ क्षेत्रमा पनि डढेलोले वन सखाप पारेको छ । जता हेर्यो डढेका ठुटा र खरानी मात्र देखिन्छ ।
अग्निपीडितलाई नगर प्रमुखले एक महिनाको सेवासुविधा दिने
मङ्गलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहराले जयगढका अग्निपीडितलाई एक महिनाको सेवासुविधा प्रदान गर्ने घोषणा गर्नुभएको छ ।
झुण्डिएको अवस्थामा मृत फेला परे वडाध्यक्ष
जिल्लाको ताराखोला गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष मृत भेटिनुभएको छ । सो वडाको काँक्राखोर बस्ने ५० वर्षीय कर्णबहादुर भण्डारी मृत अवस्थामा भेटिनुभएको हो ।
बर्सेनि आगलागीको चपेटामा पर्दै सप्तरी
प्रत्येक वर्ष आगलागीको चपेटामा पर्दै आएको सप्तरीलाई यस वर्ष पनि आगलागीले पिरोलेको छ । यस आर्थिक वर्षको नौ महिनामै आगलागीका कारण ठुलो क्षति भएको तथ्याङ्कले देखाउँछ ।
नारायणी नदीमा बेपत्ता भएका दुवै जनाको शव फेला
पूर्वी नवलपरासी जिल्लाको गैडाकोट नगरपालिका–१ स्थित नारायाणी नदीमा बेपत्ता भएका दुवै जनाको शव फेला परेको छ ।
जयगढका अग्निपीडितलाई कांग्रेस अछामद्वारा एक लाख सहयोग
अछामको बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ बजारका आगलागी पीडितलाई नेपाली कांग्रेस अछामले एक लाख सहयोग गर्ने भएको छ । कांग्रेस अछामका सहसचिव दिनेशकुमार अनुसार जयगढका आगलागी पीडितलाई एक लाख सहयोग गरिने भएको हो ।
पूर्वी तराईमा मेघगर्जन र चट्याङसहित वर्षा
पूर्वी तराईमा मेघगर्जन र चट्याङसहित भीषण वर्षा भएको छ । बुधबार बिहानदेखि नै पूर्वी तराईको झापा, मोरङलगायतका जिल्लामा भीषण वर्षा भएको हो ।
जयगढ बजार आगलागी : गाउँपालिकाले ६ लाख सहयोग गर्ने
ग्यासको सिलिण्डर पड्किएर आगलागी भएका पीडितलाई गाउँपालिकाले ६ लाख उपलब्ध गराउने भएका छन् ।
सतुंगलबाट लागु औषधसहित तीन जना नियन्त्रणमा
सशस्त्र प्रहरीले काठमाडौंको सतुंगलबाट लागु औषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकाहरुमा मोरङ्गको मिक्लाजुङ्ग–८ घर भई काठमाडौं बस्ने वर्ष ४५ का अमरबहादुर दर्जी, महोत्तरीको मनरासिस्वा नगरपालिका–२ बस्ने वर्ष ३० का सन्दिप सिंह र काठमाडौं महानगरपालिका–८ बस्ने वर्ष ३३ का आसिक सिंह छन् ।