• २६ जेठ २०८२, सोमबार

बेगनासतालमा बेपत्ता श्रेष्ठको शव फेला

blog

बेगनासतालमा बेपत्ता व्यक्तिको शव निकाल्दै । तस्बिर : सशस्त्र प्रहरी

फडिन्द्र अधिकारी
लेखनाथ, जेठ २६ गते ।
 कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ३१, माझीकुनामा बेगनासतालमा बेपत्ता एकको शव निकालिएको छ । गोरखाको सहिद लखन गाउँपालिका वडा नम्बर ३, मनकामना बस्ने ४३ वर्षीय राजेश श्रेष्ठ आइतबार पौडी खेल्ने क्रममा बेपत्ता हुनुभएको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले आइतबार साँझ पौडी खेल्ने क्रममा बेगनास तालमा बेपत्ता श्रेष्ठको शव सोमबार निकालिएको जानकारी दिनुभयो ।

“नेपाल प्रहरी र सशस्त्रको संयुक्त टोलीसहित स्थानीयको प्रयासबाट सोमबार शव निकालिएको छ,” बस्नेतले भन्नुभयो ।

आइतबार साँझ बेपत्ता श्रेष्ठको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल नं.२४ कालिका गणबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डम गोताखोर सहितको टोली, नेपाल प्रहरी र स्थानीय परिचालित भएका थिए । व्यावसायिक डुङ्गा सैर हुने भए पनि बेगनासतालमा उद्धारका लागि अहिलेसम्म डुङ्गासहितको उद्धारक टोलीको व्यवस्था छैन ।