दनुवार सङ्ग्रहालय निर्माण अलपत्र
सिन्धुली जिल्लाको कमलाखुँज क्षेत्रमा मुख्य बसोबास रहेको दनुवार समुदायको कला, संस्कृतिको संरक्षण र संवद्र्धन गर्न निर्माण सुरु गरिएको दनुवार कला सङ्ग्रहालय बजेट अभावमा अलपत्र बनेको छ। दनुवार जागरण समितिले २०७६ सालमा नै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी निर्माण सुरु गरिएको उक्त सङ्ग्रहालयको काम अहिले बजेट अभावमा अघि बढ्न सकेको छैन। सिन्धुली जिल्लाको दुधौली नगरपालिका–५, सिर्थौलीमा पाँच हजार वर्गफिट क्षेत्रफलमा निर्माण हुन लागेको दनुवार कला सङ्ग्रहालयको डीपीआरअनुसार निर्माण लागत ११ करोड ६९ लाख रुपियाँ रहेको समितिले जनाएको छ।
प्रदेशका मन्त्रीदेखि पूर्वसभामुखसम्म पराजित
गत आइतबार सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा बागमती प्रदेशका वर्तमान मन्त्रीदेखि निवर्तमान सभामुखसम्म पराजित हुनुभएको छ। वर्तमान १८ सदस्यीय मन्त्रिमण्डलका मुख्यमन्त्रीसहित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा गरी आठ मन्त्री उम्मेदवार बनेकामा एक मात्र मन्त्री पराजित हुनुभएको छ। नेकपा (माओवादी केन्द्र)बाट चितवन जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को (क)मा प्रदेश सभा सदस्य उम्मेदवार बन्नुभएका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहाल नेकपा (एमाले)का कृष्णप्रसाद सिलवालसँग पराजित हुनुभएको हो।
तल्ला कक्षामा पढाउने शिक्षक अभाव
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशमा विद्यालय तह (कक्षा ११ र १२)मा अध्यापन गराउने शिक्षकको अभाव रहेको बताउनुभएको छ। काठमाडौँ विश्वविद्यालय (केयू) परिसरमा निर्माण भएको वातावरण विभागको भवन उद्घाटन कार्यक्रममा बोल्दै उहाँले विद्यार्थीलाई तल्लो तहदेखि नै गुणस्तरयुक्त बनाउनुपर्ने भए पनि यही तहमा अध्यापन गराउने शिक्षकको अभाव रहेको बताउनुभयो।
पढाउनभन्दा विद्यार्थी जोगाउनै चुनौती
सुरक्षित र सुन्दर भवन, बालमैत्री कक्षाकोठा, चुस्त दुरुस्त प्रशासनिक तथा व्यवस्थापकीय कक्षहरू, बालमैत्री एवं छात्रामैत्री शौचालय, सिर्जनात्मक अभ्यास कक्ष, इन्डोर र आउटडोर खेल मैदानहरू हरेक विद्यालयको न्यूनतम आधारभूत आवश्यकताहरू हुन् तर रामेछापको मन्थली नगरपालिका–६, भलुवाजोरमा रहेको भीमेश्वर आधारभूत विद्यालयमा यी कुनै पनि पूर्वाधार पुग्न सकेको छैन। मन्थली नगरपालिका–६, भलुवाजोरस्थित डाँडाखर्कमा रहेको यो विद्यालयमा कक्षा १ देखि कक्षा ३ सम्म पढाइ हुन्छ। यो विद्यालयसँग ३४ जना विद्यार्थी पढिरहेको तथ्याङ्क भए पनि नियमित पढ्न विद्यालय आउने विद्यार्थी निकै कम छन्।
बिनाठेक्का कर्णालीबाट ढुङ्गा सङ्कलन
टीकापुर नगरपालिकाले ढुङ्गा, गिट्टी, बालुवाको ठेक्का नलगाउँदै कर्णाली नदीमा ढुङ्गा सङ्कलन सुरु गरिएको छ। नगरपालिकाले अघिल्ला वर्षदेखि ढुङ्गा, गिट्टी, बालुवा उठाउन रोक लगाएको टीकापुर पार्कपछाडिको क्षेत्रमा यसरी ढुङ्गा उठाउन थालिएको हो। नदीको किनारपट्टि उत्खनन बढेका कारण कर्णाली नदी टीकारपुरतिर सोझिइरहेका बेला टीकापुर पार्क पछाडि थुप्रिएको ढुङ्गा उठाए जोखिम बढ्ने स्थानीयवासीको भनाइ छ।
एमाले–जसपा गठबन्धनलाई लाभ, कांग्रेस र माओवादीमा असर
सिरहा जिल्लाको चारवटै प्रतिनिधि सभा क्षेत्रमा–एमाले जनता समाजवादी गठबन्धनले जितेको छ भने सत्ता गठबन्धनका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई हानी पुगेको छ। सिरहा–१ बाट प्रतिनिधि सभामा नेकपा (एमाले)का उम्मेदवार रामशङ्कर यादव नेपाली कांग्रेसका उम्मेदवार पदमनारायण चौधरीलाई पराजित गर्नुभएको छ। सिरहा–२ मा जनता समाजवादी पार्टीका उम्मेदवार राजकिशोर यादवले नेपाली कांग्रेसकी नेत्री चित्रलेखा यादवलाई पराजित गर्दै विजयी हुनुभएको छ।
डोटीमा चौध हजार ३५६ मत बदर
डोटीमा प्रत्यक्ष र समानुपातिक गरेर १४ हजार ३५६ मत बदर भएको छ। मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको अन्तिम मतपरिणामअनुसार ठूलो मात्रामा मत बदर भएको हो। प्रत्यक्षतर्फको आठ हजार ६२० र समानुपातिकतर्फका पाँच हजार ७३६ मत बदर भएको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेयले बताउनुभयो। मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतपरिणामअनुसार प्रतिनिधि सभातर्फ ६३ हजार ५५२ मत खसेको थियो। जसमध्ये आठ हजार ६२० मत बदर हुँदा ५४ हजार ९३२ मत मात्रै सदर भएको छ।
चौबीस सिटमा बीस नयाँ
कर्णाली प्रदेश सभाका प्रत्यक्षतर्फका २४ सिटमध्ये चार जना मात्रै पुराना सांसद दोहोरिएका छन्। २० जना नयाँ अनुहार प्रदेश सभामा प्रवेशका लागि जनताबाट अनुमोदित भएका छन्। यसपालि दोहोरिने अनुहारमा कर्णालीका वन तथा वातावरणमन्त्री माओवादीबाट डोल्पा प्रदेश (क)बाट वीरबहादुर शाही, सुर्खेत क्षेत्र नं. २ (ख)बाट माओवादीका विन्दमान विष्ट, सुर्खेत क्षेत्र नं. २ (क)बाट नेकपा (एमाले)का यामलाल कँडेल र हुम्ला (ख)बाट कांग्रेसका जीवनबहादुर शाही निर्वाचित हुनुभएको छ। उहाँ कर्णाली प्रदेशको मुख्यमन्त्रीसमेत हुनुहुन्छ।
पारिवारिक पुनर्मिलन गराउँदै आश्रम
मानव सेवा आश्रम सुर्खेतले हालसम्म १५० जनाको पारिवारिक पुनर्मिलन गराएको छ। सडकमा कष्टकर जीवन बिताइरहेका व्यक्तिलाई उद्धार गरेर मानव आश्रममा ल्याइएका १५० जनालाई पारिवारिक पुनर्मिलन गराइएको हो। कर्णालीलाई सडक मानवमुक्त गराउने उद्देश्यले २०७५ मा सुर्खेतमा मानव सेवा आश्रम स्थापना गरिएको हो। मानव सेवा आश्रम सुर्खेतका संयोजक संजिता गौतमका अनुसार हालसम्म १५० जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ। अहिले ७६ जनाले आश्रय लिइरहेका छन्।