सैँतीस साना सिँचाइ सम्पन्न
सिन्धुली जिल्लामा गत आर्थिक वर्षमा ३७ वटा साना सिँचाइ योजना निर्माण सम्पन्न भएका छन्। कृषि ज्ञान केन्द्रका अनुसार गत आव २०७८/७९ को वार्षिक कार्यक्रमअन्तर्गत २८ लाख ८० हजार रुपियाँको लागतमा किसानको फर्म, सहकारी र समूहमार्फत ती योजना सम्पन्न भएका हुन्।
सङ्घीय सरकारसँग प्रदेश सरकार असन्तुष्ट
मधेश प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रदेश प्रमुखमार्फत सङ्घीय सरकारविरुद्ध सात दिने अल्टिमेट दिने जानकारी दिनुभयो। मधेशको राजधानी जनकपुरधामस्थित गृह तथा सञ्चार मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उहाँले सङ्घ सरकारले प्रदेशलाई बेवास्ता गरेकाले सङ्घीय सरकारका प्रतिनिधि प्रदेश प्रमुखमार्फत यही २२ गते सात दिने अल्टिमेटम दिने तयारीमा लागेको बताउनुभएको हो।
खुम्बु क्षेत्रमा तेह्र विदेशीको मृत्यु
एक वर्षको अवधिमा खुम्बुक्षेत्र भ्रमणमा आएका १३ जना विदेशी पर्यटकको मृत्यु भएको छ भने दुई जना हराइरहेका छन्। २०७८ को जेठदेखि ०७९ को जेठसम्ममा खुम्बु भ्रमणमा आएका १३ जना विदेशीको मृत्यु भएको र दुई जना बेपत्ता रहेको पर्यटक प्रहरी कार्यालय लुक्ला सोलुखुम्बुले जनाएको छ।
महिला र बालबालिका बेचविखनको उच्च जोखिममा
पश्चिम नेपालका तराई र पहाडी जिल्लाका महिला तथा बालबालिका बेचविखनको उच्च जोखिममा रहेका छन् । अशिक्षा, गरिबी र चेतनाको कमीले उहाँहरु जोखिममा पर्दैगएको बेचविखन नियन्त्रणमा सक्रिय संघ संस्थाले जनाएका छन् ।
ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु
पूर्व–पश्चिम राजमार्गको भरतपुर–भण्डारा खण्डको राप्ती नगरपालिकाको बीरेन्द्रनगर चोकमा चितवनमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । घटनाको विरोधमा स्थानीयले पूर्व–पश्चिम राजमार्गमा स्थानीय बासिन्दाले अवरोध गरेका छन् ।
नागरिकता लिने विद्यार्थीको घुइँचो
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन पश्चात् सर्लाहीमा नागरिकता बनाउने विद्यार्थी ह्वात्तै बढेका छन् । सर्लाहीको सदरमुकाम मलङ्गवास्थित जिल्ला प्रशासन कार्यालयसहित हरिवन र बरहथवामा रहेका इलाका प्रशासन कार्यालयबाट नागरिकता जारी हुनेगरेको छ ।
सुनसान छन् बागलुङका घरबास
बर्खा लागेपछि बागलुङका घरबास (होमस्टे) पाहुनाविहीन बनेका छन् । असार–साउनमा बागलुङमा पर्यटकको आगमनसमेत ह्वात्तै घटेको छ भने घरबास सञ्चालकसमेत खेतीपातीको काममा व्यस्त भएका छन् ।
घोप्टेभीरको पहिरोका कारण वैकल्पिक मार्ग
लगातारको वर्षाका कारण सोमबार मुस्ताङको थासाङ गाउँपालिका–४, घोप्टेभीरमा पहिरो गई सडक अवरुद्ध हुँदा वैकल्पिक मार्गको प्रयोग गरिएको छ । सोमबार बिहानै घोप्टेभीरमा पहिरो जाँदा बेनी–जोमसोम सडकखण्ड अवरुद्ध भएपछि उक्त मार्गबाट पैदल यात्रा अहिले सम्भव छैन । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीका अनुसार अहिले पैदल यात्रा पनि बेनी–जोमसोम सडकखण्डको काभ्रे भीर हुँदै असम्भव छ । म्याग्दीको अन्नपूर्ण गउँपालिकाको दाना, काभ्रे, बाँदरजुङ, घोप्टेभीर हुँदै जाने बेनी–जोमसोम सडकखण्ड अव
मतदान स्थल थप्न माग
जिल्लामा बसेको सर्वपक्षीय बैठकले दुर्गमको मासपुरसहित दसवटा स्थानमा नयाँ मतदान स्थल कायम गर्न माग गरेको छ । मतदातालाई मतदान गर्न १३ घण्टा पैदल हिँड्नुुपर्ने र मतदाता सङ्ख्या पनि बढी भएका कारण नयाँ मतदान स्थल कायम गर्न निर्वाचन आयोगसमक्ष माग गरिएको हो ।