बम बनाउने क्रममा विष्फोट हुँदा विप्लव नेकपाका दुई कार्यकर्ता घाइते
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० भृकुटीनगरस्थित दिवाकर विक्रम मल्लको घरमा बम बनाउने क्रममा प्रेसर कुकर बम विस्फोट भएको छ । बुधबार राती करिब साढे आठ बजेतिर मल्लको घरमा विद्यार्थीले भाडामा लिएको कोठामा बम विस्फोट भएको थियो । नेत्र बिक्रम चन्द नेतृत्वको विप्लव समुहका कार्यकर्ताले बम बनाउने क्रममा विस्फोट भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
गाउँमा डेरी चलाउनेलाई किसानको मत
ग्रामीण भेगका किसानले पशुपालन गरेर उत्पादन गरेको दूध बिक्री गर्न डेरी सञ्चालन गरिदिन विश्वासिलो आधार दिने उम्मेदवारहरूलाई मत दिने किसानले बताएका छन्। लहानको मुख्य चोकमा सडक किनारमा बिहानै आई घण्टौँ उभिएर दूध बिक्री गर्न समस्या खेपिरहेका ग्रामीण भेगका किसानले यस्तो माग गरेका हुन्। लहान–२० का शिवनाथ साह, रामप्रसाद महतोलगायत तीन दर्जनभन्दा बढी किसान दूध बिक्री गर्न चोकमा आउँछन्। उनीहरूले चार/पाँच घण्टा उभिएर दूध बिक्री गर्नु परिरहेको बाध्यता व्यक्त गर्दै यो समस्या समाधान गर्ने दलहरूलाई मत दिने बताए।
अति संवेदनशील मतदान स्थलमा विशेष सुरक्षा
मङ्सिर ४ गते सम्पन्न हुने निर्वाचनका लागि बाँकेका मतदान केन्द्रमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई मतदान केन्द्र व्यवस्थापन तालिम प्रदान गरिएको छ। संवेदनशील र अति संवेदनशील मतदान केन्द्रको व्यवस्थापनलाई तालिममा विशेष प्राथमिकता दिइएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताउनुभयो।
एक महिनामा ५३८ मिटर खनियो
राष्ट्रिय गौरवको आयोजना सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ मार्ग निर्माण तीव्र गतिमा भइरहेको छ। टनेल बोरिङ मेसिनबाट सुरुङ खन्न सुरु गरिएको एक महिनाको अवधिमा मङ्गलबारसम्म ५३८ मिटर सुरुङ खनिएको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाले जनाएको छ। आयोजना प्रमुख मित्र बरालका अनुसार १३ दशमलव तीन किलोमिटर लामो सुरुङ असोज २८ गतेदेखि कमलामाई नगरपालिका–२, कुसुमटारबाट खन्न सुरु गरिएको थियो।
सीमानाका बन्द हुने
कैलालीसँग जोडिएको नेपाल भारत सीमानाका प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मङ्सिर १ गते राति १२ बजेदेखि बन्द हुने भएको छ । निर्वाचन सुरक्षालाई सुदृढ बनाउनका लागि स्थानीय प्रशासनले तीन दिनसम्मका लागि नाका बन्द गराउन लागेको जनाइएको छ । मङ्सिर ४ गते राति १२ बजेसम्म नाका बन्द रहने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । कैलालीमा नेपाल–भारत सीमानाका १०१ किलोमिटर रहेको छ । निर्वाचनलाई स्वच्छ, पारदर्शी, स्वतन्त्र, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि नाका बन्द रहने जोशीले बताउनुभयो ।
सदरमुकाममै खानेपानी हाहाकार
डडेल्धुरा सदरमुकाम अमरगढी नगरपालिका–८, लटाउली गाउँको खानेपानी समस्या, पुस्ताँैदेखिकै हो । डडेल्धुरा–बैतडी जोड्ने महाकाली राजमार्गसँगै जोडिएको लटाउलीगाउँ प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा मन्दिरको पूर्वतर्फ छ । राजमार्गको तलतिर रहेको गाउँबाट अहिले स्थानीय सडक छेउछाउमा घर बनाएर बस्दै आएका छन् । गाउँ छोडेर स्थानीय सडक छेउछाउको जमिनमा बसोबास गर्दै आइरहे पनि खानेपानीको समस्या भने समाधान हुन सकेको छैन । स्थानीयहरू उग्रतारा मन्दिरको धारामा आउने पानी, मन्दिरमुनि रहेको नाउला (कुवा)सहित छेउछाउका नाउला र डकले बजारको एक धाराकै भरमा स्थानीय छन् ।
निर्वाचन चर्चामै सीमित सुनथराली विमानस्थल
कालीकोटमा रहेको सुनथराली विमानस्थल चुनावी एजेन्डा मात्रै बन्ने गरेको छ । सो विमानस्थल निर्वाचनका समयमा निकै चर्चामा आउने गरे पनि निर्वाचन सकिएपछि विस्तारै चर्चा सेलाउँदै जाने गर्छ । अहिले फेरि निर्वाचन आएको छ । उम्मेदवारहरूले उक्त विमानस्थल बनाउने चुनावी एजेन्डा आफ्नो प्रतिबद्धतापत्रमा उल्लेख गरेका छन् । तीन दशकदेखि निर्माण कार्य थालिएको सुनथराली विमानस्थलको निर्माण अहिलेसम्म पनि पूरा हुन सकेको छैन ।
अस्पताल निर्माण र भौतिक पूर्वाधारमा जोड
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेदवारहरूले आफ्ना प्रतिबद्धतापत्र सार्वजनिक गरिरहेका छन् । मतदाता रिझाउन उम्मेदवारहरूले विकासका आश्वासन बाँडेर मत मागिरहेका छन् । अहिले राजनीतिक दल तथा उम्मेदवारहरू घरदैलो अभियान, आम सभालगायतका चुनावी प्रचारप्रसारमा आफ्ना एजेन्डा लिएर घुमिरहेका छन् । कर्णाली प्रदेशका ग्रामीण भेगका नागरिकले आधारभूत स्वास्थ्य सुविधासमेत पाउन सकेका छैनन् । भौतिक पूर्वाधारलाई मुख्य प्राथमिकता दिएका दल तथा राजनीतिक दलहरूले ल्याएका प्रतिबद्धतापत्रमा स्वास्थ्यका क्षेत्रका मुद्दालाई पनि समेटिएको छ ।
धनुषा–४ मा कांग्रेस र एमाले उम्मेदवारबीच प्रतिस्पर्धा
धनुषा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ४ मा सत्ता गठबन्धन र एमालेसहित २९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । यस क्षेत्रमा एमाले–जसपाको गठबन्धन छैन । एमाले र जसपाले छुट्टाछुट्टै उम्मेदवार खडा गरेका छन् । सत्ता गठबन्धनबाट कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव, नेकपा (एमाले)का रघुवीर महासेठ, जनता समाजवादी पार्टी (जसपा)बाट महाजन यादवलगायत आठ जना विभिन्न पार्टीबाट र २१ जना स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।