विराटनगर आईसीपी : थप पूर्वाधार निर्माणको प्रक्रिया सुरु
विराटनगर–१८, बुधनगरमा निर्माण गरिएको कस्टम यार्ड विस्तार प्रक्रिया अगाडि बढाइएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिले कन्टेनर यार्ड, रेल यार्ड र पहुँचमार्ग निर्माणका लागि बोलपत्र आह्वान गरेको हो । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार कन्टेनर र रेल यार्डका लागि ७० करोड रुपियाँको लागत अनुमान गरिएको छ । तत्कालका लागि कस्टम यार्ड र एकीकृत जाँच चौकी (आईसीपी) जोड्ने पहुँचमार्ग विस्तारका लागि ६० लाख रुपियाँको लागत अनुमान गरिएको छ ।
रामेछापबाट काँग्रेसका कान्छाराम विजयी
रामेछापको प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम) विजयी हुनुभएको छ । तामाङले नेकपा एमालेका कैलाश प्रसाद ढुङ्गेललाई १६ हजार ३६९ मतले पराजित गर्नुभई उहाँ विजयी हुनु भएको छ ।
पूर्ण क्षमतामा उत्पादन गर्दै मर्स्याङ्दी जलविद्युत्
तनहुँको मस्र्याङ्दी जलविद्युत् आयोजनाले पूर्ण क्षमतामा विद्युत् उत्पादन गरिरहेको छ। यस वर्ष वर्षा धेरै भएकाले नदीमा पानीको बहाव बढेपछि पूर्ण क्षमता ६९ मेगावाट विद्युत् उत्पादन भएको केन्द्रले जनाएको छ।
सिरहा–२ मा राजकिशोर यादव विजयी
जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार राजकिशोर यादव निर्वाचित हुनुभएको छ । यादवले नेपाली कांग्रेसकी नेत्री चित्रलेखा यादवलाई पराजित गर्दै सिरहा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
रौतहट २ प्रदेश सभा (ख) मा एसका पटेल निर्वाचित
रौतहट निर्वाचन क्षेत्र २ (ख) मा नेकपा (एस) का कनिश पटेल निर्वाचित हुनुभएको छ । पटेलले १० हजार ४४२ मत ल्याई विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिस्पर्धी निवर्तमान प्रदेश सभा सदस्य एवम् जसपाका उम्मेदवार रामकिशोर यादवले १० हजार ३३ मत प्राप्त गर्नुभयो ।
डोटीमा प्रत्यक्षतर्फ ८ हजार ६२० मत बदर
डोटीमा प्रत्यक्षतर्फको ८ हजार ६२० मत बदर भएको छ । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको अन्तिम मत परिणामअनुसार ठूलो मात्रामा मत बदर भएको पाइएको हो ।
धनुषा क्षेत्र २ (क) बाट प्रदेशसभामा एमालेका दास निर्वाचित
धनुषा निर्वाचन क्षेत्र नं.२ को (क) बाट प्रदेशसभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार लखन दास निर्वाचित हुनुभएको छ । उहाँले जनमत पार्टीका उम्मेदवार दिपेन्द्रकुमार यादवभन्दा चार हजार १५१ मत बढी ल्याएर निर्वाचित हुनुभएको हो ।
काभ्रेपलाञ्चोक १ प्रदेश (क) मा माओवादीका ढकाल विजयी
काभ्रेपलाञ्चोकको प्रतिनिधि सभा १ अन्तर्गतको प्रदेश सभा (क) मा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार रत्न ढकाल विजयी हुनुभएको छ । प्रदेश सभा (क) मा ढकाल दोस्रो पटक विजयी हुनुभएको हो । विजयी हुनुभएका ढकालले एमालेका उम्मदेवार दिलबहादुर तामाङ (दिलिप) लाई नौ हजार ४४२ मतान्तरले पराजित गर्नुभयो । ढकालले २० हजार ७२० मत प्राप्त गर्नुभयो भने एमालेका तामाङ ११ हजार २७८ मत प्राप्त गर्नुभयो ।
कञ्चनपुर १ (ख) मा कांग्रेसका विष्ट निर्वाचित
कञ्चनपुर क्षेत्र नं. १ प्रदेशसभा १ (ख) मा गठबन्धनका उम्मेदवार कांग्रेसका दिवानसिंह बिष्ट बिजयी हुनुभएको छ । एमालेका उम्मेदवार पल्लबराज भट्टलाई हराउँदै बिष्ट निर्वाचित हुनुभएको हो ।