विद्यार्थीलाई गुन्द्री बुन्नेदेखि दुनाटपरी तयार गर्ने सीप
आधुनिकताका नाममा परम्परागत गुन्द्री बुन्ने, दुनाटपरी बनाउने चलन हराउँदै गएको अवस्थामा यहाँको एक विद्यालयले प्रयोगात्मकसँगै व्यवहारिक ज्ञान, सीप सिकाउने अभियान थालेको छ ।
सुकेटार–विराटनगर परीक्षण उडान
नेपाल वायु सेवा निगमले ताप्लेजुङ–विराटनगर परीक्षण उडान गरेको छ । उडान बन्द भएको करिब १४ वर्षपछि ताप्लेजुङको सुकेटार विमानस्थलबाट विराटनगर विमानस्थलमा बिहीबार परीक्षण उडान गरेको हो ।
दोलखामा माओवादीकाे अग्रता
एक मात्र निर्वाचन क्षेत्र रहेको दोलखामा सुरु भएको प्रारम्भिक मत गणनाअनुसार लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा(माओवादी केन्द्र)का उम्मेदवार गङ्गा कार्कीले अग्रता लिएको छ ।
मायाको हत्यामा गाउँकै युवा आरोपित
धारिलो हतियार प्रयोग गरी घाँटी काटिएको अवस्थामा मृत फेलापरेकी २१ वर्षीया माया लुहारको हत्यामा सशस्त्र प्रहरीमा कार्यरत गाउँकै एक युवाको हात रहेको प्रहरीको शङ्का छ। भर्खरै सम्पन्न निर्वाचनमा म्यादी प्रहरीका रूपमा समेत खटिएकी माया लुहारलाई मृत अवस्थामा भेटिएको थियो। सो घटनामा १५ वर्षीया बालिका नेहा लुहार घाइते अवस्थामा भेटिएको थियो। उहाँको उपचार डडेल्धुरा अपस्तालमा भइरहेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा घाइते बालिकाले दिएको बयानअनुसार घटनामा सशस्त्र प्रहरी बलमा कार्यरत गाउँकै स्थानीय युवा भरत कोलीको हात रहेको खुलेको छ।
अढाई दशकदेखि अलपत्र सुवर्ण फर्मास्युटिकल्स
मोरङको सुन्दरहरैँचा नगरपालिका–११, कर्जुनामा निर्माण सुरु गरिएको एक औषधि उद्योग सम्पन्न नभई अलपत्र अवस्थामा रहेको छ । औषधि उत्पादनका लागि सरकारी लगानीमै निर्माण गर्न थालिएको सुवर्ण फर्मास्युटिकल्सको भवनलगायतका पूर्वाधारको ८५ प्रतिशत काम सम्पन्न भएको छ तर बाँकी काम सम्पन्न गर्ने र उद्योग सञ्चालन गर्न भने सम्बद्ध निकाय लागि परेको देखिँदैन ।
भिरबाट लडेर महिलाको मृत्यु
जाजरकोटको बारेकोटमा भिर बाट लडेर एक महिलाको मृत्यु भएको छ । घाँस काट्नका लागि नजिकको भिरमा गएकि बारेकोट —५ धुमाकी ३५ बर्षीया पदमकली चलाउनेको भिर बाट लडेर मृत्यु भएको हो ।
धनगढीमा निषेधाज्ञा
ग्रेडरले ठक्कर दिँदा विद्यार्थीको ज्यान गएपछि धनगढीमा उत्पन्न असहज परिस्थितिलाई नियन्त्रणमा लिन निषेधाज्ञा जारी गरिएको छ । स्थानीय प्रशासनले बिहीबार बेलुका ७ बजेबाट अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको हो । पूर्वमा धनगढी–१ को पुरानो फूलबारी बसपार्क, पश्चिममा धनगढी–४ रातोपुल, उत्तरमा धनगढी–५ सामुदायिक प्रहरी सेवा केन्द्रको भवन र दक्षिणमा वडा नं. १, २ स्थित हुलाकी राजमार्गमा निषेधाज्ञा जारी गरिएको छ ।
स्याङ्जा २ मा अर्याल भन्दा गुरुङ २४ सयले अगाडि
स्याङ्जा निर्वाचन क्षेत्र नं. २ को पछिल्लो मत परिणाम अनुसार नेपाली काँग्रेसका धनराज गुरुङले अग्रता कायमै राख्नु भएको छ । उहाँले नेकपा नेकपा (एमाले ) का उम्मेदवार पद्मा कुमारी अर्याललाई दुई हजार ४१८ मतले पछि पार्नु भएको हो ।
महोत्सव स्थल सम्याउन प्लास्टिकजन्य फोहोर प्रयोग
आउँदो पुस अन्तिम सातादेखि आयोजना हुने चितवन महोत्सवका लागि स्थल सम्याउने क्रममा सङ्कलित प्लास्टिक नारायणी नदी किनारमा विसर्जन गरिएको छ। वर्षामा नारायणीको बाढीले बनाएको खाल्डोमा यस पटक करिब डेढ सय ट्याक्टर प्लास्टिकजन्य फोहोर फालिएको छ। फोहोर फ्याँक्दै माथिबाट ढुङ्गाले थिचेर माटोले पुरी मैदान सम्याइएको हो। उसो त भरतपुर महानगरपालिकाभित्र मात्रै दैनिक ७० टनभन्दा बढी फोहोर निस्कन्छ। यसरी निस्केको फोहोरलाई नारायणी नदी किनारसँगै रहेको वन क्षेत्रमा नियमित फालिँदै आएको छ।