• १५ असार २०८१, शनिबार

स्याङ्जा २ मा अर्याल भन्दा गुरुङ २४ सयले अगाडि

blog

राधाकृष्ण डुम्रे

वालिङ, मङ्सिर १६ गते । स्याङ्जा निर्वाचन क्षेत्र नं. २ को पछिल्लो मत परिणाम अनुसार नेपाली काँग्रेसका धनराज गुरुङले अग्रता कायमै राख्नु भएको छ । उहाँले नेकपा नेकपा (एमाले ) का उम्मेदवार पद्मा कुमारी अर्याललाई दुई हजार ४१८ मतले पछि पार्नु भएको हो । 

काँग्रेसका गुरुङले ११ हजार ९२०  मत पाउनु भएको छ भने एमाले की अर्यालको  नौ हजार ५०२  मत रहेको छ । स्याङ्जा २ को (क) अन्तर्गत गल्याङ नगरपालिकाको वडा नम्बर ६ र ७ तथा भीरकोट नगरपालिकाको वडा नम्बर ५, ६, ७,८र ९ वालिङको १,२,५,६,७,८,९,१०,११,१२ र१३ नम्बर वडाको मत गणना भइसकेको छ । अव वडा नं १४ मात्र बाँकी रहेको छ । 

यस्तै स्याङ्जा २ मा स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले पाँच हजार १९२ मत प्राप्त गर्नु भएको छ । प्रतिनिधि सभा तर्फ अहिले सम्म २८ हजार ५६० मत गणना भएको मा एक हजार ८५ मत बदर भएको छ । 

स्याङ्जा २ मा एक लाख १६ हजार सात सय ७८ मतदाता मध्ये ७० हजार एक सय ९१  मत खसेको थियो । यसैबिच प्रदेश सभा (क) मा काँग्रेसका भोजराज अर्याल दुई हजार ६५२ मतान्तरले अगाडि हुनुहुन्छ । 

भोजराज अर्याल १३ हजार ८४७ मत ल्याउँदा  एमालेका मोहन रेग्मीले ११ हजार १९५ मत पाउनु भएको छ । सो प्रदेशमा अव वडा नं. १४ को दुई हजार ८३८ मत मात्र गणना बाँकी रहेको छ ।