लिम्बू चासोक तङ्नामको तयारी
लिम्बू जातिको महान् चाड चासोक तङ्नाम (उधौली पर्व)का अवसरमा मोरङको उर्लाबारी–९, आम्बारीमा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ। किराँत याक्थुङ चुम्लुङ उर्लाबारीको आयोजनामा मङ्सिर २२ देिख २४ गतेसम्म चासोक तङ्नाम मनाउन लागिएको हो। चासोकलाई उत्सवका साथ मनाइने तयारी गरिएको किराँत याक्थुङ चुम्लुङ उर्लाबारीकी अध्यक्ष बानु सुब्बाले जानकारी दिनुभयो।
अर्थतन्त्रमा १५.७ प्रतिशत हिस्सा
प्रदेश १ ले नेपालको कुल अर्थतन्त्रमा १५.७ प्रतिशत हिस्सा ओगटेको पाइएको छ । नेपाल राष्ट्र बैङ्कले तयार गरेको ‘प्रादेशिक आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन’का अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा उक्त प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ता मूल्यमा सात खर्ब ६३ अर्ब हुने देखाएको हो ।
नेपाल संवतलाई राष्ट्रिय रूपमा मान्यता दिन आवश्यक: मन्त्री श्रेष्ठ
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले नेपाल संवतलाई राष्ट्रिय रूपमा मान्यता दिन आवश्यक रहेको बताउनुभएको छ ।
तारा एयरको दुर्घटनागस्त विमानको अवशेष सङ्कलन हुँदै
जेठ १५ गते मुस्ताङमा २२ जनाको ज्यान जाने गरी भएको दुर्घटनाका अवशेषहरू सङ्कलन गर्न थालिएको छ । सो बेला तारा एयरको विमानमा रहेका तीन चालकदलका सदस्यसहित २२ जनाको मृत्यु भएको थियो ।
रुकुमपूर्वका उम्मेदवारले निर्वाचन खर्च बुझाउँदै
मङ्सिर ४ गते भएको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा रुकुमपूर्वबाट उम्मेदवार भएका छ जनाले खर्च विवरण बुझाउनु भएको छ ।
प्रदेश सभाले पारित गरेको राजधानी सार्नुको विकल्प छैन–मन्त्री खड्का
लुम्बिनी प्रदेशका अर्थ तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले लुम्बिनी प्रदेशको राजधानी दाङ सार्नुको विकल्प नभएको बताउनुभएको छ ।
बाजुरामा प्रतिनिधि सभाको समानुपातिकमा कांग्रेस पहिलो
बाजुरामा प्रतिनिधि सभा तर्फको समानुपातिकमा पनि नेपाली कांग्रेस नै पहिलो भएको छ । प्रतिनिधि सभा सदस्य तर्फको समानुपातिक तर्फको मतगणना हुँदा अन्य दलको भन्दा एक हजार ६७३ मत बढी ल्याएर नेपाली कांग्रेस पहिलो बनेको हो ।
काभ्रेपलान्चोकको महाभारतका दुई वडामा रेबिजको त्रास
पछिल्ला केही महिनादेखि काभ्रेपलाञ्चोक जिल्लाको विभिन्न स्थानीय तहमा रेबिज रोगको आतङ्क सुरु भएको छ । गत साउन महिनाको दोस्रो साता जिल्लाको भुम्लु गाउँपालिका–१ सापिङ आरनटोलमा रेबिजको आतङ्क फैलिएको थियो ।
नरभक्षी चितुवालाई गोली हानी मारियो
तनहुँको बन्दीपुर गाउँपालिका–२ पार्नेमा नरभक्षी चितुवालाई गोली हानी मारिएको छ । प्रहरी नायब निरीक्षक रामशरण रानाको कमाण्डमा खटिएको टोलीले गोली हानी चितुवा मारिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख राजेन्द्रबाबु रेग्मीले जानकारी दिनुभयो ।