मेलम्ची क्षेत्रमा पुलको सर्भे
गत वर्षको मेलम्ची बाढीले बगाएका मेलम्ची क्षेत्रका पक्की पुलहरूमा बेलिब्रिज निर्माणका लागि सर्भे गरिएको छ । चरीकोट–मेलम्ची–इन्द्रावती जोड्नका लागि ६५ मिटर लम्बाइ र ५ दशमलव ६० मिटर चौडाइ रहेको पुलको सर्भे गरिएको सडक डिभिजन प्रमुख अर्जुन सुवालले जानकारी दिनुभयो । त्यस्तै मेलम्ची नजिकै रहेको फट्टे हुँदै दुवाचौर, बाँसखर्क, शेर्माथान जोड्ने ८७ मिटर लम्बाइ र सात मिटर चौडाइको पुल, तालामाराङबाट दुवाचौर हुँदै विभिन्न गाउँ जोडने पुलको पनि सर्भे गरिएको छ ।
बगैँचाबाटै सुन्तला बिक्री
अर्घाखाँचीका किसानको घरमै पुगेर व्यापारीले सुन्तला खरिद गर्ने गरेका छन् । अर्घाखाँचीको सुन्तला पकेट क्षेत्रमा व्यापारी ट्रक लिएर नै किसानको घरमा पुग्ने गरेका हुन् । यस जिल्लाको सुन्तला उत्पादन हुने मुख्य क्षेत्र पाणिनि गाउँपालिकाका सिम्ले, पटौटी, निगाली देउराली, पोखराथोकलगायतका गाउँमा व्यापारी सुन्तला खरिद गर्न बगैँचामै पुग्न थालेका हुन् ।
सडक विभागको बदमासी : पुल निर्माणमा तीन पटक थपियो म्याद
तनहुँको दुई पालिका जोड्ने पक्की पुल निर्माणका लागि तीन पटक म्याद थप गरिएको छ । सडक विभागको बदमासीका कारण सात वर्ष बितेपनि अझै पुल निर्माण हुन सकेको छैन ।
कार र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
जिल्लाको बगनासकाली–३, आर्यभाङ्ज्याङ् नजिकै मोटरसाइकल र कार आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
सुन्तला भण्डारण गर्न समस्या
रुकुमपूर्वको सिस्ने गाउँपालिका–८, सुनखानाका सबैजसो घरमा सुन्तलाको बगैँचा छ । यहाँका किसानले सुन्तलाबाट वार्षिक तीन/चार लाख रुपियाँसम्म पनि आम्दानी गर्दै आएका छन् । यस वडाका झिमखोला, पाटा, स्यालापाखा, लम्पाकोट, सुनखाना र भुरुङ्गालगायतका ठाउँमा सुन्तला पाकेर पहेँलपुर भएका छन् । किसानलाई सुन्तला टिप्न भ्याइनभ्याइ छ । यहाँका प्रत्येक किसानको बगैँचामा यस पटक राम्रै उत्पादन भएको छ । राम्रो फलेका कारण यस वर्ष राम्रै आम्दानी हुनेमा यहाँका किसान आशावादी देखिन्छन् । तर, शीतभण्डारको अभावले सस्तोमा बेच्नुपर्ने बाध्यता किसानको छ ।
नागरिक धम्काउने नक्कली प्रहरी प्रकाउ
प्रहरी बनेर हिड्ने २ जना नक्कली प्रहरीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी भन्दै सन्धिखर्क नगरपालिकाको बसपार्कमा स्थानीयलाई धम्काउने ती व्यक्तिलाई प्रहरीले बसपार्कबाट शुक्रबार प्रकाउ गरेको हो ।
राज्यले विशेष आर्थिक नीति ल्याउनुपर्छ : महासचिव विप्लव
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द विप्लवले राज्यले विशेष आर्थिक नीति नल्याए नेपाल श्रीलंकाभन्दा थप संकटमा पर्नेे बताउनुभएको छ । रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालयले कपिलवस्तुमा शुक्रबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
धेरै भ्रष्टचार हुने जिल्लाको सूचीमा बैतडी
सुदूरपश्चिमको कैलाली र कञ्चनपुरपछि धेरै भ्रष्टाचार हुने जिल्लाको सूचीमा रहेको बैतडी सात पहाडी जिल्लामध्ये पहिलो नम्बरमा रहेको तथ्य सार्वजनिक भएको छ ।
भ्रष्टाचारविरुद्धको दिवस मनाइयो
अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवस २०२२ विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘भ्रष्टचार गर्दैनौँ, सहँदैनौँ, म घुस लिन्न, म घुस दिन्न’ प्ले कार्डसहित आज बजार परिक्रमा गरिएको थियो ।