न्यायको खोजीमा भौँतारिँदै गर्भवती
झापाको दमक–९ की ३५ वर्षीया गर्भवती कविता बस्नेत यतिबेला न्यायका लागि दौडिरहनुभएको छ। वैदेशिक रोजगारमा जानुपूर्व दिइने स्वास्थ्य परीक्षणको रिपोर्ट गलत दिएपछि बस्नेत दुबईमा पाँच दिन काम गरेर फर्किनुभएको हो। उहाँले झापाको दमकमा रहेको बुद्ध डायनोस्टिक एन्ड मेडिको प्रालिबाट स्वास्थ्य परीक्षण गराउनुभएको थियो।
चीलसँग ठोकिएर क्षति भएको जहाज मर्मत पछि उडान
आकाशमा चीलसँग ठोकिएर क्षति भई सिमकोट विमानस्थलमा ग्राउण्डेड भएको तारा एयरको ट्वीन्टर विमानको मर्मतपछि आज उडान भरेको छ ।
लैङ्गिक हिंसा विरुद्धको अभियान समापन
दार्चुलामा विभिन्न कार्यक्रमको आयोजना गरी लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समापन गरिएको छ ।
अस्पताल आफैँले पैसा थपेर पाठेघरको अप्रेसन
धौलागिरि अस्पताल बागलुङले पाठेघरको अप्रेसनको लागि आफैँ पैसा थप गरेर ३६ जना महिलाको निःशुल्क पाठेघरको अप्रेसन गरेको छ ।
मतदातालाई धन्यवाद दिने कार्यक्रम सम्पन्न
नेकपा (एमाले) दार्चुलाले जिल्लाका नौँ वटै स्थानीय तहमा मतदातालाई धन्यवाद दिने तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
कालिगण्डकीमा १५० मेगावाट विधुत परियोजनाको तयारी
नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कालिगण्डकी नदीमा १५० मेगावाटको जलविद्युत परियोजना निर्माणको तयारी थालिएको बताउनुभएको छ ।
घाँस खेतीबाट वार्षिक २० लाख रुपियाँ गोकर्णकाे आम्दानी
गुल्मीको इस्मा गाउँपालिका–३ गहतेका गोकर्ण नेपाली उमेरले २३ वर्षको हुनुभयो । चित्रकारका रूपमा समेत अब्बल नेपाली स्वदेशमै क्रान्ति गर्नुपर्छ भन्ने सोचका साथ घाँस खेती गर्दै आउनुभएको छ ।
कृषि क्षेत्रमा जलवायु परिवर्तन, विज्ञहरूद्वारा चिन्ता व्यक्त
कर्णालीमा खाद्य सुरक्षाको समस्या कायमै रहेको बेला जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा असर देखिन थालेकोप्रति विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।
सुरक्षित गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि
कलिलै उमेरमा आमा बनेकी कैलालीको घोडाघोडी नगरपालिका १ का माया (परिवर्तित नाम) अहिले २५ वर्षको हुनुभयो । उहाँको अहिले चारजना छोरी छन् भने पाँचपटक गर्भपतन गराइसक्नुभएको छ ।