• १९ असार २०८१, बुधबार

नागरिक धम्काउने नक्कली प्रहरी प्रकाउ

blog

गणेश खनाल

अर्घाखाँची, मंसिर २३ गते । प्रहरी बनेर हिड्ने २ जना नक्कली प्रहरीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी भन्दै सन्धिखर्क नगरपालिकाको बसपार्कमा स्थानीयलाई धम्काउने ती व्यक्तिलाई प्रहरीले बसपार्कबाट शुक्रबार प्रकाउ गरेको हो ।

‘हामी सादा पोशाकमा खटिएका प्रहरी हौंं भन्दै अभद्र व्यवहार गर्ने दुई जनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक कृष्णप्रसाद घिमिरेले जानकारी दिनुभयो । भुमिकास्थान नगरपालीका –६, खिल्जीका ३५ वर्षीय बाबुराम पौडेल र मालारानी गाउँपालिका –५ बाँगीका २० वर्षीय दिपक केसीलाई  प्रहरीले प्रक्राउ गरेको हो । 

उनिहरुले मादक पदार्थ सेवनगरी सन्धिखर्क नगरपालिकाको बसपार्क क्षेत्रमा होटल तथा पसल लगायतमा चेकजाँच गर्ने, स्थानीयलाई गालीगलौच तथा अभद्र व्यवहार गर्नेगरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलिले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी मुकुन्द रिजालले जानकारी दिनुभयो । नियन्त्रणमा लिई सोधपुछ गर्दा उल्टै प्रहरीमाथि हातपात र अभद्र व्यवहार गरेको प्रहरीको भनाइ छ ।