• १७ असार २०८१, सोमबार

नेपाल संवतलाई राष्ट्रिय रूपमा मान्यता दिन आवश्यक: मन्त्री श्रेष्ठ

blog

फाइल फाेटाे

गाेरखापत्र अनलाइन

काठमाडाैं, मंसिर २० गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले नेपाल सम्वतलाई राष्ट्रिय रूपमा मान्यता दिन आवश्यक रहेको बताउनुभएको छ । मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाल सम्वत न्हूँद राष्ट्रिय समारोह समितिसँगको सहकार्यमा आयोजना गरेको नेपाल सम्वत न्हूँद विषयक गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेपाल सम्वत न्हूँद राष्ट्रिय समारोह समिति समारोह गर्नका लागि मात्रै गठन नभएको चर्चा गर्नुहुँदै उहाँले अहिले शंखधर शाख्वाका नाममा काम गर्ने धेरै संस्थाहरू भए पनि राष्ट्रिय रूपमा प्रचार हुन नसकेको बताउनुभयो ।

उहाँले राष्ट्रिय रूपमा प्रचारको लागि शंखधर शाख्वाको नाममा राष्ट्रियस्तरको प्रतिष्ठान बन्न आवश्यक रहेको बताउनुभयो । मन्त्री श्रेष्ठले राष्ट्रिय स्तरको प्रतिष्ठान भएमात्रै नेपाल सम्वत र शंखधर शाख्वाको इतिहास र योगदानको प्रचार हुने बताउनुभयो । 

उहाँले भन्नुभयो, ''नेपाल सम्वत न्हूँद राष्ट्रिय समारोह समिति एउटा समा समारोह गर्न मात्रै गठन भएको जस्तो भएको छ । हाम्रो प्रचलन पनि त्यस्तै छ । त्यसैले शंखधर शाख्वाका नाममा काम गर्ने कतिपय संस्थाहरू पनि छन् । शंखधर शाख्वाको नाममा राष्ट्रियस्तरको प्रतिष्ठान आवश्यक छ । राष्ट्रिय रूपमा नै स्वीकार्य हुने राष्ट्रिय रूपमा प्रतिनिधित्व हुने गरी प्रतिष्ठान विकास गरेर अगाडि बढाउन सक्यौँ भने शाख्वाका जीवन, योगदान र इतिहासका विषयमा राष्ट्रियस्तरमा जानकारी लिन सहज हुनसक्छ ।''

उहाँले नेपाल सम्वतलाई राष्ट्रिय रूपमा मान्यता दिन पर्यटन मन्त्रालयले गर्नुपर्ने आवश्यक काम अगाडि बढाउन मन्त्रालय तयार रहेको पनि बताउनुभयो ।