पारदर्शी शासनले मात्र मधेस उर्वर बन्छ : प्रदेश प्रमुख कर्ण
मधेश प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले पारदर्शी शासनले मात्र मधेस उर्वर बन्ने बताउनुभएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औँ स्थापना दिवसका अवसरमा आयोगको कार्यालयमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो।
एभरेस्ट चिनी मिलको क्रसिङ तथा उत्पादन बन्द
महोत्तरीको रामनगरस्थित एभरेस्ट चिनी मिलले आन्तरिक कारण जनाउँदै उखु क्रसिङ अस्थायी रूपमा बन्द गरेको छ । कारखानाले आज बिहानदेखि क्रसिङ बन्द भएको जानकारी दिएको हो ।
मिथिला माध्यमिकी परिक्रमाको तयारी सुरु
मिथिला तथा तराई–मधेसको महाकुम्भ मानिने मिथिला माध्यमिकी परिक्रमाको तयारी थालिएको छ । प्रत्येक वर्ष फागुन शुक्लपक्ष प्रतिपदाका दिन धनुषाको मिथिला बिहारी नगरपालिका–८, कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट सुरु हुने १५ दिने पदयात्राको तयारी सुरु गरिएको हो ।
मुलुकलाई राजनीतिक निकास दिन संविधान पुन:लेखन आवश्यक : उपेन्द्र यादव
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई राजनीतिक निकास दिन संविधान संशोधन वा पुन:लेखन आवश्यक रहेको बताउनुभएको छ।
मधेसमा शिक्षा, स्वास्थ्य र कानुनी सहायताबाट जनता वञ्चित छन् : अध्यक्ष यादव
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर–३ का उम्मेदवार उपेन्द्र यादवले वर्तमान राज्य व्यवस्था नागरिकलाई मौलिक आधारभूत सेवा प्रदान गर्न असफल भएको बताउनुभएको छ ।
धनुषामा तेस्रो लिङ्गीको शव फेला
धनुषामा पहिचान खुल्न नसकेको एक जना तेस्रो लिङ्गीको शव फेला परेको छ ।
जनतामाझ पुगेर कांग्रेसको एजेन्डा राख्न सभापति थापाको आग्रह
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीका उम्मेदवार तथा कार्यकर्तालाई घर–घरमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गर्न निर्देशन दिनुभएको छ ।
धमलाका लागि स्थानीय उम्मेदवार चुनौती
मत माग्ने शैलीका कारण रौतहट क्षेत्र नं. ४ मा चर्चामा रहनुभएका प्रतिनिधि सभा सदस्यका उम्मेदवारी ऋषि धमलालाई त्यहाँका स्थानीय उम्मेदवारसँग भिड्न चुनौती रहेको छ ।
मधेसको नेता होइन, बेटा बन्न आएको हुँ : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेसको नेता बन्न नभई बेटा (छोरा) बन्न मधेस आएको बताउनुभएको छ ।
सशस्त्र प्रहरीमाथि ढुङ्गामुढा गर्ने चार पक्राउ
जिल्ला प्रहरी कार्यालय पर्साले सशस्त्र प्रहरी बल माथि हातपात गरी ढुङ्गा मुढा गर्ने चार जनालाई पक्राउ गरेको छ।
कांग्रेस सभापति थापा आज बर्दिवास आउनुहुँदै
महोत्तरी–१ निर्वाचन क्षेत्रको चुनाव प्रचारको क्रममा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा मङ्गलबार बर्दिवास आउँदै हुनुहुन्छ ।
उखु किसानको खातामा ९३ करोड भुक्तानी
महोत्तरीको रामनगरस्थित एभरेस्ट चिनी मिलले चालु क्रसिङ सिजन २०८२/८३ का लागि उखु किसानलाई भुक्तानी दिन सुरु गरेको छ। मिलले उखु खरिद गरेको सात दिनभित्रै भुक्तानी दिने नीतिअनुसार किसानको खातामा प्रतिक्विन्टल ६२० रुपियाँका दरले रकम जम्मा गर्न थालेको हो।
हंसपुर नगरपालिकाका नगर प्रमुखको निधन
धनुषाको हंसपुर नगरपालिकाका नगर प्रमुख प्रदीपकुमार यादवको निधन भएको छ । मस्तिष्क घातका कारण उहाँको निधन भएको बताइएको छ ।
रौतहट–४ नयाँ र पुराना अनुहारबिच प्रतिस्पर्धा
आसन्न प्रतिनिधि सभा निर्वाचनमा रौतहट क्षेत्र नं. ४ मा नयाँ पुस्ता र पुराना अनुहारबिच प्रतिस्पर्धा हुने देखिएको छ । यस क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र गरी ३६ उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ ।
गगन थापा आज सप्तरी आउनुहुँदै
नेपाली कांग्रेसका केन्द्रीय सभापति गगन थापा मङ्गलबार सप्तरी आउँदै हुनुहुन्छ । उहाँ निर्वाचनलाई लक्षित गर्दै नेता कार्यकर्तालाई भेटघाट गर्न सप्तरी आउन लाग्नुभएको पार्टीका जिल्ला सभापति एवम् सप्तरी क्षेत्र नम्बर १ का उम्मेदवार रामदेव साहले जानकारी दिनुभयो ।
कारागारबाट हतियार बरामद, १३ कैदीलाई सार्ने तयारी
सिरहा सदरमुकामस्थित कारागारमा जिल्ला सुरक्षा समिति सिरहाले सोमबार गरेको अनुगमनमा हतियार बरामद भएको छ ।
आयोजक झापा–११ सेमिफाइनलमा
आयोजक झापा–११ बिर्तामोडमा जारी सातौँ झापा गोल्डकप फुटबल प्रतियोगितामा जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
पुल निर्माण कार्य सुचारु गराउन स्थानीय युवा आन्दोलनमा
हुलाकी मार्ग अन्तर्गत सहजा नदीमा यथाशिघ्र पुल निर्माणकार्य सुचारु गर्ने माग सहित स्थानीय युवाहरु आन्दोलनमा उत्रिएका छन् ।
महोत्तरीमा पहिलो चरणमा आठ पालिकामा एचपिभी खोप लगाउन सुरु
महोत्तरी जिल्लाको आठ पालिकामा पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी. खोप दिन सुरु गरिएको छ ।
तस्कर समूहको आक्रमणबाट तीन प्रहरी घाइते
पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका–१० स्थित एक अवैध गोदाममा सशस्त्र प्रहरीले छापा मार्ने क्रममा तस्कर समूहले आक्रमण गर्दा तीनजना सशस्त्र प्रहरी घाइते भएका छन् ।
पञ्चायतदेखि सङ्घीय गणतन्त्रसम्म भण्डारीको निरन्तर चुनावी यात्रा
नेपालको राजनीतिक इतिहास निरन्तर परिवर्तन, आन्दोलन र प्रयोगको साक्षी रहँदै आएको छ । यही परिवर्तनशील राजनीतिमा केही यस्ता व्यक्तित्व छन्, जसले शासन प्रणाली जेसुकै भए पनि जनमतको परीक्षणबाट कहिल्यै पन्छिन चाहेनन् ।
सिआइबीको असई हुँ भन्दै लाखौँ ठगी गर्ने महिला पक्राउ
आफूलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) की असई भन्दै सर्वसाधारणलाई झुक्याई लाखौँ रुपियाँ ठगी गरेको आरोपमा एक महिलालाइ प्रहरीले पक्राउ गरेको छ ।
वीरगन्जको भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारी आयातमा निर्भर
वीरगन्ज भन्सार कार्यालयको राजस्वको हिस्सा पेट्रोलियम पदार्थको आयात र सवारी साधनको आयातमा निर्भर रहेको छ । कार्यालयले चालु आर्थिक वर्षको प्रथम छ महिनामा रू एक खर्ब १६ अर्ब ५८ करोड राजस्व सङ्कलन गरेको छ ।
दोषीलाई कारबाही गर्न व्यवसायीको माग
रौतहटको गरुडा नगरपालिका–६ शिवनगरस्थित आदर्श आयल स्टोर्सका सञ्चालकले सुरक्षाको प्रत्याभूति तथा दोषीमाथि कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।