लम्पी स्किन विरुद्धको खोप स्वदेशमै उत्पादन गर्ने तयारी
मुलुकभर पशुचौपायामा महामारीका रूपमा फैलिएको लम्पी स्किन रोगविरुद्धको खोप नेपालमै उत्पादन गर्ने प्रक्रियाको थालनी गरिएको छ ।
प्रहरी हिरासतमा रहेका चार सयभन्दा बढीमा आँखा पाक्ने समस्या
नेपालमा आँखा पाक्ने रोग समस्याका रूपमा फैलिरहेको छ । प्रहरी हिरासतमा रहेकाको आँखा जाँच गर्दा काठमाडौँमा चार सयभन्दा बढीमा आँखा पाक्ने समस्या देखिएको छ ।
बेथिति र विकृति अन्त्यको नेतृत्व पनि माओवादीले नै लिन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा रहेका विकृति र बेथिति अन्त्यको नेतृत्व पनि माओवादी केन्द्रले लिने बताउनुभएको छ ।
प्रधानमन्त्री प्रचण्ड रामेछापमा
नेकपा (माओवादी केन्द्र), दोरम्बा शैलुङ गाउँपालिका संगठन समितिले डाडाँकटेरीमा आयोजना गरेको २० औं दोरम्बा हत्याकाण्ड स्मृति दिवस तथा श्रद्धाञ्जली सभालाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड यहाँ आइपुग्नुभएको हो ।
सडक डिभिजन लाहानका लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन लाहान, सिराहाका लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सर्वोच्चले भन्यो, 'टीकापुर घटना सभ्य समाजमा सोच्नै नसकिने’
सर्वोच्च अदालतले टीकापुर घटनाको पूर्णपाठ सार्वजनिक गर्दै फैसला कानुनको उल्लङ्घनको विषयलाई राजनीतिक सहमति वा राजनीतिक स्वार्थ वा राजनीतिक प्रकृतिको अपराधको नाममा आममाफी दिनु गलत हुने प्रष्ट पारेको छ ।
युवकले आफ्नै संवेदनशील अङ्ग काटेपछि ...
हेटौँडामा एक युवकले आफ्नै संवेदशील अङ्ग (लिङ्ग) काटेर हेटौँडा अस्पताल भर्ना हुनुभएको छ । हेटौँडा उपमहानगरपालिका –१०, बसपार्कस्थित फूलबारी होटेल एन्ड लजमा बस्नुभएका २२ बर्षीय नवीन हुमागाइँले संवेदनशील अंग (लिंग) काटेर घाइते हुनुभएको हो ।
नेपालको बिजुली बङ्गलादेश बिक्रीका लागि सहमति, पहिलो चरणमा ४० मेगावाट जाने
नेपालको बिजुली बङ्गलादेश निर्यातका लागि आवश्यक बहुपक्षीय सहमति भएको छ । सरकारी अधिकारीका अनुसार नेपालले त्यसलाई प्रारम्भिक सहमति भनेर अर्थ्याएको छ ।
भारी वर्षाको सम्भावना
मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेकाले केही दिन वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
१४ हजारभन्दा बढीमा डेंगु पुष्टि, १० सङ्क्रमितको मृत्यु
स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.रुद्र मरासिनीका अनुसार डेंगु सङ्क्रमण हालसम्म ७५ जिल्लामा १४ हजार ३५७ जनामा पुष्टि भएको छ ।
नियमविपरीत प्राध्यापक नियुक्त गरेको भन्दै पाँच विद्यार्थी सङ्गठन आन्दोलित
मकवानपुर बहुमुखी क्याम्पस प्रशासनले क्याम्पसको विधि र विधान विपरीत प्राध्यापक नियुक्ति गरेको विरोध पाँच विद्यार्थी सङ्गठन आन्दोलित बनेका छन् ।
तामाकोशीले गर्यो हकप्रद शेयर निष्कासन
दोलखाको बिगु गाउँपालिका–१ लामाबगर स्थित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले हकप्रद शेयर निष्कासन गरेको छ ।
सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ काठमाडौं जिल्ला अदालतमा हुँदैछ ।
पहिरोले कालीगण्डकी कोरिडोर अवरुद्ध
लोकमार्गको बुर्तिबाङ–पूर्वी रुकुम खण्डअन्तर्गत निसीखोला गाउँपालिका–४ कालापैरा तथा कोरिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिराले सडक अवरुद्ध बनाएको हो । बुधबार साँझदेखि दुवै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभयो ।
सडक निर्माण पूरा नहुँदा नारायणगढ बजार अस्तव्यस्त
चितवनको गोन्द्राङ–पुलचोक छ लेन सडक निर्माणको काम निर्धारित समयमा नसकिँदा नारायणगढ बजार अस्तव्यस्त बन्न पुगेको छ । चितवन र आसपासका जिल्लाको मुख्य व्यापारिक केन्द्र नारायणगढको मुख्य बजारमा सडक निर्माणको काम अलपत्र पर्दा वर्षामा डुबान हुने गरेको छ । साढे दुई वर्षअघिदेखि सडक विस्तारको काम सुरु भए पनि समयमा निर्माण सम्पन्न नहुँदा र खनेर छाडेपछि बजार अस्तव्यस्त बनेको हो ।
गोसाइँकुण्ड मेला : चिकित्सक टोली तयारी अवस्थामा
रसुवाको गोसाइँकुण्ड आउने तीर्थयात्रुको उपचारका लागि चिकित्सक टोली तयार गरिएको छ । आगामी भदौ महिनामा लाग्ने गोसाइँकुण्ड मेला भर्न आउने तिर्थालुलाई सहजताका लागि चिकित्सक टोली तयारी अवस्थामा राखिएको छ ।
भदौ १ देखि चित्लाङमा केन्द्रीय कार्यालय सञ्चालन हुने
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय अब उत्तरी मकवानपुरको चित्लाङबाट सञ्चालनमा आउने भएको छ । मकवानपुरको थाहा नगरपालिका–९, चित्लाङबाट विश्वविद्यालय सञ्चालन गर्ने गरी तयारी अन्तिम चरणमा पुगेको छ । हाल केन्द्रीय कार्यालय ललितपुरको सैँबुबाट सञ्चालन हुँदै आएकोमा अब भने चित्लाङमा केन्द्रीय कार्यालय र काठमाडौँ उपत्यकामा सम्पर्क कार्यालय रहने भएको छ ।
लालपुर्जा छ, जग्गा छैन
हरियो फर्कंदै गरेको कमलामाई नगरपालिका–९, बतासेका किसान ठाकुरदास श्रेष्ठको घरमुनिको खेत रातभरिको बाढीले बगरमा परिणत गरिदियो । साउन २२ गते राति कमला नदीमा आएको बाढीले उहाँको झन्डै १६ कट्ठा धानखेत बगर बनाएको हो । “रातभरि परेको पानीले पत्याउनै नसक्ने गरी खेत बगाएर सुकुमवासी बनायो । सपना जस्तै लागेको छ,” उहाँले भन्नुभयो । साउन २२ गते राति परेको पानीका कारण कमला नदीमा आएको बाढीले उहाँ जस्तै धेरैको खेत कटान गरी बगर बनेको हो ।
बीमा संस्थान अव पब्लिक लिमिटेड कम्पनी
राष्ट्रिय बीमा संस्थान अव पब्लिक लिमिटेड कम्पनी बन्ने भएको छ । संस्थानले भदौ १५ गते विशेष साधारण सभाको आयोजना गरी कम्पनीमा लाने तयारी गरेको हो ।
शिक्षा विधेयक सच्याउन माग
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले प्रतिनिधि सभामा पेस भएको विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै ध्यानाकर्षणपत्र बुझाएको छ । महासङ्घले बागमती प्रदेशको सामाजिक विकासमन्त्री कुमारी मोक्तानलाई बुधबार पाँचबुँदे सुझावसहित ध्यानाकर्षणपत्र बुझाएको हो । मन्त्री मोक्तानले ध्यानाकर्षणपत्र बुझ्दै सम्बन्धित निकायमा पत्र पठाउने र प्रदेश सरकारको तर्फबाट आवश्यक समन्वय गर्न तयार रहेको बताउनुभयो ।
जमिन भासिँदै गएपछि खानीगाउँ पहिरोको जोखिममा
उत्तरी गोरखाको धार्चे गाउँपालिका–७, खानीगाउँ पहिराको जोखिममा छ । पहिरोका कारण बस्ती भएको जमिन चिराचिरा परेको छ । यहाँ ३२ घर पहिरोको उच्च जोखिममा छन् ।
खानी खोजतलास गर्न ४३२ कम्पनीलाई अनुमतिपत्र
खानी तथा भूगर्भ विभाग लैनचौरले मुलुकभित्र रहेका खानी खोजतलास गर्नका लागि चार सय ३२ कम्पनीलाई अनुमतिपत्र प्रदान गरेको छ । विसं २०३३ देखि खानी र भूगर्भको क्षेत्रमा काम गर्दै आएको सो विभागले नेपालको खनिजजन्य उद्योग प्रवद्र्धनका लागि सम्भावित खानीको खोजतलास गर्न ती कम्पनीलाई अनुमतिपत्र प्रदान गरेको हो ।
‘अधिक उत्पादन गैरकानुनी लाभ होइन’
विशेष अदालतले स्वीकृत माइनिङ स्किमभन्दा बढी खानीजन्य पदार्थको उत्खनन गरे पनि नियमबमोजिमको दस्तुर तिरे गैरकानुनी रूपमा लाभ लिएको भन्न नमिल्ने व्याख्या गरेको छ। नौ वटा चुनढुङ्गा उद्योगले तोकिएभन्दा बढी चुनढुङ्गा उत्खनन गरी राजस्वमा हानि पु-याएको सम्बन्धी मुद्दामा विशेष अदालतले शुल्क तिरेपछि अधिक उत्खनन कसुर नहुने व्याख्या गरेको हो।
धादिङमा ४१ करोड विद्युत महशुल उठाउन बाँकी
धादिङमा विद्युतको बक्यौदा उच्च देखिएको छ । नेपाल विद्युत प्राधिकरण धादिङ शाखाले दिएको जानकारी अनुसार ४१ करोड ३८ लाख ४५ हजार छ सय १६ रुपैयाँ विद्युत महशुल उठ्न बाँकी देखिएको हो ।