सुन प्रकरणमा अर्को छानबिन समिति बनाउँदा प्रमाण नष्ट हुन्छ : शर्मा
पूर्व अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का उप–महासचिव जनार्दन शर्माले सुन तस्करी काण्डमा सिआईबीले गरिरहेको छानबिन प्रकृयालाई बीचमा नै रोकेर अहिले फेरि अर्को छानबिन समिति बनाउँदा प्रमाण झन् नष्ट हुने बताउनुभएको छ।
नेपाल एयरलाइन्सले साउदी अरेबियाको दमाममा उडान गर्दै
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले साउदी अरेबियाको दमाममा सिधा उडान गर्ने भएको छ ।
तीन स्रष्टाका तीन कृति विमोचन
साहित्यकार मोतिशोभा श्रेष्ठ, प्राडा सृजना श्रेष्ठ र प्राडा सविना श्रेष्ठका तीन कृति विमोचन गरिएको छ ।
बागमतीमा डेंगु सङ्क्रमित सङ्ख्या तीन हजार नाघ्यो
बागमती प्रदेशमा डेंगु सङ्क्रमित सङ्ख्या तीन हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार भदौ १ गते शुक्रबारसम्म प्रदेशका १३ जिल्लामा तीन हजार एकसय १९ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।
‘बालबालिका राष्ट्रिय गौरव हुन्, तस्बिरमा बालबालिका’ फोटो प्रदर्शनी
काठमाडौँको हनुमानढोका परिसरमा १८४ औँ फोटोग्राफी दिवसको अवसरमा फोटो प्रदर्शनीको आयोजना गरिएको छ ।
काभ्रे अदालतमा बढ्दो सम्बन्ध विच्छेदका मुद्दा
काभ्रेपलान्चोकमा पछिल्ला केही वर्षदेखि सम्बन्ध विच्छेदन गर्ने विवाहित जोडीको सङ्ख्या बढ्दैगएको छ ।
हरेक नागरिकलाई समृद्ध बनाउने कांग्रेसको लक्ष्य : प्रवक्ता डा.महत
नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले कांग्रेसको लक्ष्य भनेको आर्थिक समृद्धि सिर्जना गर्ने र त्यो समृद्धिको पहुँचमा हरेक नागरिकलाई पुर्याउने लक्ष्य भएको बताउनुभएको छ ।
गोर्खा वारियरमा हाम्रो कथा देखाइएको छ : प्रधानसेनापति शर्मा
शुक्रबार बेलुकी आयोजित चलचित्र ‘गोर्खा वारियर’को विशेष प्रदर्शनी हेरेपछि नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले चलचित्रमार्फत गोर्खालीको वीरता प्रस्तुत भएको प्रतिक्रिया दिनुभयो ।
भोलि सदन खुल्छ: प्रधानमन्त्री
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आइतबारबाट संसद्को अवरोध हट्ने बताउनुभएको छ ।
शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा सातजना पक्राउ
नेपाल प्रहरीले एमबिबिएस कोर्ष अध्ययन गर्न जाने प्रयोजनका लागि शैक्षिक प्रमाणपत्र नक्कली बनाएको आरोपमा सात जनालाई पक्राउ गरेको छ ।
बने सुविधासम्पन्न विद्यालय भवन
वि.सं. २०७२ को भूकम्पले सिन्धुली जिल्लामा भत्किएका अधिकांश सामुदायिक विद्यालयमा नयाँ भवन निर्माण भएका छन् । भूकम्पपछिको पुनर्निर्माण
धादिङमा बस दुर्घटना हुँदा २६ घाइते, तीनको अवस्था गम्भीर
पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ हुग्दीखोला नजिक यात्रु बस दुर्घटनामा २६ यात्रु घाइते भएका छन् ।
सर्प संरक्षणमा विद्यार्थी
कृषि तथा वनविज्ञान विश्वविद्यालयमा अध्ययनरत छात्रा महिमा पौडेल सर्प पहिचान गर्न सक्ने हुनुभएको छ । “पहिला मैले रङ हेरेर मात्रै सर्प पहिचान गर्थें, अहिले छाला हेरेर सर्प पहिचान गर्न सक्ने भएको हुँ । सर्पले डस्दा के गर्ने, सर्पको व्यवस्थापन कसरी गर्ने भन्नेबारे पनि ज्ञान हासिल गरिसकेको छु,” पौडेलले भन्नुभयो ।
मापदण्डभित्र रहेर उडान अनुमति
नेपाल नागरिक उड्डयन प्राधिकरणले पहाडी क्षेत्रमा रहेका विमानस्थलमा तोकेको उडान अवधिपछि निश्चित मापदण्ड पालना गरेर मात्र उडान अनुमति दिने भएको छ। यसअघि प्राधिकरणले साउन तेस्रो साता एक दर्जनभन्दा बढी पहाडी तथा हिमाली विमानस्थलमा असोज दोस्रो सातासम्म बिहान ६ देखि दिउँसो १२ बजेसम्म मात्रै उडान गर्न पाउने मापदण्ड तोकेको थियो। प्राधिकरणले बिहीबार पहाडी क्षेत्रका छोटो उडान र अवतरण हुने (स्टोल) विमानस्थलमा उडानका लागि चार वटा निर्णय गर्दै उडान खुला गरेको जनाएको छ।
अतिथिलाई कोसेली तरकारबीको पोको
अतिथिलाई स्वागत र सम्मान गर्दै माला, खादा, टोपी, ब्याच लगाउने गाउँदेखि सहरसम्मको प्रचलन छँदै छ । कार्यक्रम समापनको समयमा पनि विशेषतः प्रमुख अतिथि र कतिपय कार्यक्रममा अतिथिलाई मायाको चिनो वा सौगात दिने क्रम बढ्दो छ ।
महिला कबड्डी टोली आज भारत जाँदै
चीनको हाङझावमा हुने १९ औँ एसियाली खेलकुदको विशेष प्रशिक्षणका लागि महिला कबड्डी टोली आज (शनिबार) भारत जाने भएको छ ।
भरतपुर अस्पतालमा शय्या निःशुल्क
भरतपुर अस्पतालले अन्तरङ्ग सेवाका चार सय जनरल बेड (शय्या) निःशुल्क गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशनअनुसार अस्पतालले शुक्रबारदेखि शय्या निःशुल्क उपलब्ध गराएको हो ।
बागमतीको पानी वितरण
बाढीपहिरोले क्षति पुर्याउने भन्दै मेलम्ची खानेपानी आयोजनाको पानी बन्द गरिएपछि काठमाडौँमा बागमतीको पानी वितरण गरिएको छ । बाढीपहिरोले विगतका वर्ष झैँ आयोजनाको हेडवक्र्स र सुरुङमा क्षति पुर्याउन नदिन पूर्वतयारीस्वरूप असारको पहिलो हप्तादेखि मेलम्चीको पानी वितरण प्रणाली बन्द गरिएको छ । मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले मेलम्चीको पानी वितरण सुरु नहुन्जेल काठमाडौँमा पानीको समस्या हुन नदिन अस्थायी रूपमा बागमतीको पानी वितरण सुरु गरिएको जानकारी दिनुभयो ।
नेपाल–बङ्गलादेश विद्युत् व्यापार छिट्टै
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल र बङ्गलादेशबिचको विद्युत् व्यापार छिट्टै सुरु हुने बताउनुभएको छ। नेपाल विद्युत् प्राधिकरणको ३८ औँ वार्षिकोत्सव समारोहको शक्रबार उद्घाटन गर्दै उहाँले चालु आर्थिक वर्षभित्र बङ्गलादेशसँग विद्युत् व्यापार गर्ने गरी तयारी भइरहेको जानकारी दिनुभयो। उहाँले यसै वर्षायामभित्र नेपाल–बङ्गलादेश विद्युत् व्यापार सुरु हुने गरी नेपाल, भारत र बङ्गलादेशका सम्बन्धित निकायबिच सम्झौतामा हस्ताक्षरको अन्तिम तयारी भइरहेको जानकारी दिनुभयो।
काठमाडौँ–तराई/मधेश द्रुत मार्गमा सुरुङ थपिने
काठमाडौँ–तराई/मधेश द्रुत मार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) संशोधन भएको छ। संशोधनसँगै आयोजनाको लागत र समय घट्ने छ भने सुरुङ मार्गको सङ्ख्या थपिने छ। संशोधन अनुसार द्रुत मार्गमा थप तीन वटा सुरुङ निर्माण गरिने छन्। सबै गरेर सुरुङको कुल लम्बाइ ८.६ किलोमिटर पुग्ने छ। अहिले तीन वटा सुरुङ निर्माण भइरहेका छन्।
रङ्गीन बिजुली बजार पुलको दृश्य (फोटो फिचर)
काठमाडौंको बिजुली बजारमा नयाँ प्रविधिको प्रयोग गरी निर्माण गरिएको पुल (आर्क एण्ड ब्रिज)मा रङ्गिन बत्ती जडान गरिएको छ
जातीय भेदभावविरुद्ध आवाज उठाउने सांसदको प्रतिवद्धता
वागमती प्रदेश सभाका सांसदले जातीय भेदभाव तथा छुवाछूतविरुद्ध सामुहिक आवाज उठाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । जागरण मिडिया सेन्टरद्वारा शक्रबार सम्पन्न अन्तरक्रियामा दलित समुदायमाथि अहिले पनि भेदभाव कायमै रहेको भन्दै छुवाछूतविरुद्ध कानुन निर्माणलगायतका सवालमा आफूहरुको एउटै आवाज हुने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।
बाढीले खानेपानी पाइप बगाउँदा करिब ५० लाखको क्षति
वर्षाका कारण खानेपानी मुहानको पाइप बगाउँदा नुवाकोट सदरमुकाम विदुरलगायत नगरक्षेत्रमा खानेपानी आपूर्तिमा समस्या उत्पन्न भएको छ ।
प्राविधिक शिक्षालय सञ्चालक धर्नामा
चिकित्सा शिक्षा ऐन परिमार्जन गरेर चिकित्शा शिक्षामा देखिएको समस्या समाधानको माग गर्दै निजी प्राविधिक शिक्षालय सञ्चालकहरु धर्नामा बसेका छन्।