• १३ साउन २०८१, आइतबार

ललितपुरको भिद्यं जात्रा सम्पन्न

blog

काठमाडौं, भदौ ५ गते । ललितपुरमा मनाइने भिमसेन जात्रा अर्थात् भिंद्य जात्रा शनिबार राति सम्पन्न भएको छ । मङ्गलबजारबाट सुरु भएको भीमसेनको खट यात्रा ललितपुरको भित्री शहरमा नगर परिक्रमा गराइ पुनः मङ्गलबजारमै पुगेर सम्पन्न भएको थियो ।

भीमसेन मूर्तिलाई मन्दिरबाट बाहिर ल्याई खटमा राखेर नगर परिक्रमा गराइने परम्परा छ । भीमसेन खटयात्रा सँगसँगै भक्तजनहरु पनि बासनादार धूप बाली नगर परिक्रमा गर्दछन् । भीमसेनलाई विशेषत नेवार समुदायले आफनो व्यापार व्यवसायको सफल कामनाका लागि मान्ने गरेको पाइन्छ ।

कोरोना सङ्क्रमणकालका कारण गत दुई वर्षदेखि रोकिएको यस वर्ष भक्तजनहरुको उल्लेख्य उपस्थिति देखिएको थियो । यो जात्रा भाद्र कृष्ण नवमी अर्थात् कृष्ण जन्माष्टमीको भोलिपल्ट मनाइने गरिन्छ ।




तस्विरहरुः मनोजरत्न शाही

Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।