विद्यालयका अध्यक्ष र प्रधानाध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा
कागेश्वरी मनोहरा, नगरपालिका वडा नं. १ स्थित श्री सिद्धि गणेश माध्यमिक विद्यालय, काठमाडौँका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार थापा र प्रधानाध्यापक बुद्धि विलास धितालविरुद्ध भ्रष्टाचार गरेको अभियोग लागेको छ ।
विद्युत् उत्पादनमा देश आत्मनिर्भर हुने सपना पूरा हुँदैछ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार विद्युत् उत्पादनबाट देशको अर्थतन्त्रमा आत्मनिर्भर हुने सपना पूरा गर्न लागि परेको बताउनुभएको छ ।
प्रधानन्यायाधीश श्रेष्ठले आज शपथ लिनुहुँदै
नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आज पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ ।
कामपाले लामखुट्टेको लार्भा नष्ट गर्न जैविक औषधि प्रयोग गर्ने
काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार महानगरपालिकाले हाल महामारीको रूपमा फैलिएको डेंगु रोग नियन्त्रणका लागि लामखुट्टेको लार्भा नष्ट गर्ने बायो लार्भासित (जैविक औषधि) छर्किन लागेको हो ।
जसपाले तोक्यो प्रदेश र विभागको जिम्मेवारी
जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना पार्टीका नेताहरुको प्रदेश र विभागको जिम्मेवारी तोकेको छ । सो पार्टीको सम्पन्न केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रदेश र विभागको जिम्मेवारी तोकेको हो ।
तेह्र वर्षमा सकियो पश्चिम नेपाल जोड्ने प्रसारण लाइन
सामान्यता कुनै एउटा आयोजना सम्पन्न हुन के कति समय लाग्ला रु आम मानिसलाई लाग्छ, एकाध वर्षमा नै सकिन्छ । ठूला परियोजना भए थप केही समय थप लाग्न सक्छ । सामान्य वा मझौला खालका आयोजना भए एकाध वर्षमा नै सम्पन्न हुनसक्छ । तर, कूल ७४ किलोमिटर लामो एउटा परियोजना सम्पन्न गर्न १३ वर्ष लागेको छ ।
ललिता निवास जग्गा हिनामिना प्रकरणबारे सिआईबीले बुझायो प्रतिवेदन
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणसम्बन्धी प्रतिवेदन आज जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा बुझाएको छ ।
नेकपा एसको केन्द्रीय कमिटीको बैठक सुरु
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । ललितपुरको बालकुमारीमा सुरु भएको बैठकमा पार्टीका सबै तहका कमिटी तथा जनवर्गीय सङ्गठनको समीक्षा गरी महाधिवेशनको मिति र स्थान तय गरिने छ ।
बङ्गलादेशसँग छिट्टै विद्युत व्यापार सम्झौता : मन्त्री बस्नेत
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले बङ्गलादेशसँग विद्युत व्यापार सम्झौता छिट्टै हुने बताउनुभएको छ ।
राष्ट्रियसभाको बैठक दिउँसो ३ः१४ बजेलाई सारियाे
राष्ट्रियसभाको बैठक सरेको छ । आज दिउँसो १ बजेर १ मिनेटका लागि बोलाइएको बैठक दिउँसो ३ बजेर १४ बजे बस्ने भएको हो । सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले आज जारी गर्नुभएको सूचनामा विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसक्ने भएकाले सवा दुई घण्टा ढिला सारिएको उल्लेख छ ।
नारायणगढ– मुग्लिङ सडक एकतर्फी सञ्चालनमा ल्याउने तयारी
सोमबार राती ८ः३० बजे देखि पहिरोको कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिङ सडक अन्य अवरोध नभए मङ्गलवार अपराह्न सम्म एकतर्फी खोल्न सकिने सडक डिभिजन भरतपुरले जनाएको छ ।
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दाको समस्या सम्बोधन हुन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दाको समस्या सम्बोधन गरिने जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो, “यसका लागि वन ऐन संशोधनका क्रममा रहेको छ, यसले मध्यवर्ती क्षेत्रका बासिन्दाको समस्या सम्बोधन गर्नेमा मैले विश्वास लिएको छु ।”
केन्द्रीय कारागार निर्माणमा अन्योल
आवश्यक स्रोत सुनिश्चित नहुँदा नुवाकोटमा निर्माणाधीन केन्द्रीय कारागारको तेस्रो तथा अन्तिम चरणको भवन निर्माणमा अन्योल उत्पन्न भएको छ । सात हजार कैदीबन्दी राख्ने क्षमतासहितको यो कारागार निर्माणको पहिलो र दोस्रो चरणको काम सम्पन्न भएको छ ।
एक सय ९२ जनालाई राप्ती र नारायणी नदीमा माछा मार्न अनुमति
चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती र नारायणी नदीमा माछा मार्नका लागि एक सय ९२ जनाले अनुमति पाएका छन् । परम्परागतरूपमा माछा मार्दै आएका उनीहरूको अनुमतिपत्र निकुञ्जले नवीकरण गरेको हो ।
धुलिखेल अस्पतालले ‘अनुसन्धान केन्द्र’ बनाउँदै
काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिकामा ‘स्वास्थ्य अनुसन्धान केन्द्र’ निर्माण गरिने भएको छ । धुलिखेल अस्पतालले नमोबुद्ध नगरपालिका–११, स्वाँराडाँडामा आवासीय स्वास्थ्य तालिम केन्द्रसहितको स्वास्थ्य अनुसन्धान केन्द्र निर्माण गर्ने भएको हो ।
प्रधानमन्त्री कार्यालयमा सर्वदलीय बैठक बस्दै
आज प्रधानमन्त्री कार्यालयमा सर्वदलीय बैठक बस्दै छ । बैठकमा सुन तस्करी प्रकरणबारे अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति बनाउनका लागि कार्यविधि बनाउने जिम्मा दिएका तीन दलका नेताहरूले तयार पारेको कार्यविधिमाथि छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रदेश सभा अनिर्णयको बन्दी
बागमती प्रदेशको प्रदेश सभा डेढ महिनादेखि बस्न सकेको छैन । चालु आर्थिक वर्षको बजेट पारित भएसँगै अर्को सूचना नभएसम्मका लागि भन्दै स्थगित गरिएको प्रदेश सभाको बैठक अझै बस्न नसकेको हो ।
नेकपा एसको केन्द्रीय कमिटीको बैठक बस्दै
नेपाल कम्युनिष्ट पार्टी [एकीकृत समाजवादी]को केन्द्रीय कमिटीको बैठक आज बस्ने भएको छ । ललितपुरको बालकुमारीमा बस्ने बैठकमा पार्टीका सबै तहका कमिटी तथा जनवर्गीय सङ्गठनको समीक्षा गरी महाधिवेशनको मिति र स्थान तय गरिने छ । पार्टी स्थापना भएको करिब दुई वर्षमा पनि महाधिवेशन हुनसकेको छैन ।
बेनीमा परम्परागत ‘बर्खे नाच’ प्रदर्शनी
म्याग्दी सदरमुकाम बेनीमा परम्परागत बर्खेनाच देखाउन सुरु भएको छ । बेनी बजारमा बस्ती बसेदेखि नै बर्खेनाच सुरुआत भएको जनाइएको छ । बेनीमा विशेषगरी नेवार समुदायका अगुवाइमा यो नाचले निरन्तरता पाउँदै आएको छ ।
बागमती प्रदेशको श्रम नीति सार्वजनिक : वार्षिक पचास हजारलाई रोजगारी
बागमती प्रदेश सरकारले वार्षिक कम्तीमा ५० हजार जनालाई रोजगारी दिने लक्ष्यसहित ‘प्रदेश श्रम तथा रोजगार नीति, २०८०’ सार्वजनिक गरेको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले सोमबार आयोजना गरेको कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सार्वजनिक गर्नुभएको प्रदेश श्रम तथा रोजगार नीतिमा प्रदेशभित्र कम्तीमा ५० हजार जनालाई रोजगारी दिन प्रदेश सरकारले मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्ने भनिएको छ । मुख्यमन्त्री जम्कट्टेलले श्रमसम्बन्धी मूल अधिकार सङ्घमा रहेको, श्रमसम्बन्धी अधिकार प्रदेशमा कम रहेको र केही अधिकार मात्र स्थानीय तहमा रहेको बताउँदै नेपालमा कृषि नै प्रमुख रोजगारीको क्षेत्र भएको बताउनुभयो ।
मुग्लिङ–नारायणगढ सडक अवरुद्ध
चितवनको मुग्लिङ नारायणगढको तोपेखोलामा पहिरो खसेपछि सोमबार साँझदेखी बाटो अवरुद्ध भएको छ ।
सुधार गृह तोडेर भागे कैदीबन्दी, १९४ जना प्रहरीको सम्पर्कमा
समयमै उपचार नभएर सहकर्मीको मृत्यु भएको भन्दै आन्दोलनमा उत्रिएका बाल सुधार केन्द्रका किशोरहरू झ्याल र पर्खाल फुटाएर भागेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार भागेका मध्ये १९४ लाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । बाँकी फरार २६ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । ७५ जना कैदीबन्दी भने नभागी सुधार गृहमै रहेको बताइएको छ ।
सर्वदलीय बैठकमा संसद् खुलाउने सहमति
प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलहरूको बैठकले संसद् खुलाउन सहमतिको मस्यौदा तयार गर्न तीन सदस्यीय समिति गठन गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आह्वानमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार राति बसेको बैठकले सत्ता साझेदार र प्रतिपक्षी दलका नेता सम्मिलित समिति गठन गरेको हो । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, नेपाल कम्युनिस्ट पार्टी (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे सम्मिलित समिति गठन गरिएको हो ।
डा.आचार्यको पक्षमा स्वास्थ्यमन्त्री बस्नेतको ‘लबिङ’
विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) को दक्षिण पूर्वी एसिया क्षेत्रका लागि क्षेत्रीय निर्देशकको उम्मेदवार बन्नुभएका डा. शम्भु आचार्यका पक्षमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले भारत भ्रमणका बेला माल्दिभ्स, भारत, म्यान्मार, भुटान, श्रीलङ्का, थाइल्याण्ड, कोरिया लगायतका देशका स्वास्थ्य मन्त्रीहरूसँग ‘लबिङ’गर्नुभएको छ ।