बागमतीले अन्तर प्रदेश राष्ट्रिय खेलकुद गर्ने
प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशले अन्तर प्रदेश राष्ट्रिय खेलकुद फागुनमा आयोजना गर्ने भएको छ ।
सदन खुलाउने विषयमा जुटेन सहमति
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद् अवरोध खुलाउने उद्देश्यका साथ दलका प्रमुख सचेतकसँग छलफल गरे पनि सहमति जुट्न सकेको छैन । सभामुख घिमिरेको सिंहदरबारस्थित कार्यकक्षमा आज बसेको बैठकमा सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका सचेतकले आआफ्नो अडान कायमै राखेपछि संसद् खोल्ने विषयमा सहमति जुट्न नसकेको हो ।
चोरी पैठारी नियन्त्रणमा सरकार प्रतिबद्ध छ : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भन्सार नाकाबाट हुने चोरी पैठारी र अवैध आयात नियन्त्रणका लागि सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ ।
बक्सर घिमिरेलाई उपाधि
नेपालका अन्तर्राष्ट्रिय किक बक्सिङ खेलाडी अविरल घिमिरेले जापानको टोकियोमा आयोजित ‘प्रोफेसनल किक बक्सिङ हिट ५२ च्याम्पियनसीप’को उपाधि जितेका छन् । शनिबार दक्षिण कोरियाली खेलाडी चाङ ओन याङलाई हराउँदै उनी च्याम्पियन बनेका हुन् ।
मकवानपुरगढीमा आन्तरिक पर्यटकको घुइँचो
वर्षायाममा धेरै मानिस खेतीपातीमा व्यस्त छन् । तर देशकै सबैभन्दा ठुलो ऐतिहासिक मकवानपुरगढी दरबार घुम्नेको सङ्ख्यामा भने कृषिको चटारो अनि झमझम परिरहेको पानीले पनि कमी ल्याउन सकेको छैन ।
राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेतासँग छलफल गर्नुहुँदै प्रधानमन्त्री
सङ्घीय संसद्मा देखा परेको गतिरोधलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेताहरूको बैठक आह्वान गर्नुभएको छ ।
प्रस्तावित प्रधानन्यायाधीशको भोलि संसदीय सुनुवाइ हुने
संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको भोलि संसदीय सुनुवाइ गर्ने भएको छ ।
सुनकोशी मरिण डाइभर्सन आयोजना : सुरुङ निर्माणमा गति
अधिकांश राष्ट्रिय गौरवका परियोजनामा समय र लागत दुवै बढिरहेका बेला एउटा आयोजनाले भने यतिबेला धेरैको ध्यान आकृष्ट गरेको छ । नेपालमा पनि यो गतिमा यसरी काम हुनसक्छ र भन्दै अधिकांशले आश्चर्य प्रकट गरेका छन् । आयोजनाको निर्माणमा देखिएको सकारात्मक प्रभाव अन्यमा समेत पर्ने भन्दै खुसी व्यक्त गर्नेहरु पनि उत्तिकै छन् ।
बागमतीमा ४० हजार पशुचौपायालाई लम्पी स्किनविरुद्धको खोप लगाइयो
बागमती प्रदेशका विभिन्न जिल्लामा रहेका ४० हजारभन्दा बढी पशुचौपायालाई लम्पी स्किनविरुद्धको खोप लगाइएको छ । लम्पी स्कीनरोग विरुद्धको एक हप्ते खोप अभियान अन्तर्गत खोप लगाइएको प्रदेश सरकारको पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।
सत्रौँ राष्ट्रिय सूचना दिवस : ओखरेनी गाउँमा जागरण कार्यक्रम
सत्रौँ राष्ट्रिय सूचना दिवसका अवसरमा गोकर्णेश्वर नगरपालिका वडा नं १ स्थित ओखरेनी गाउँमा सूचनाको हकसम्बन्धी समुदाय जागरण अभियान सम्पन्न भएको छ ।
समाजवादी मोर्चाको बैठक बस्दै
समाजवादी मोर्चाको बैठक आज(आइतबार) साँझ ६ बजे नेकपा (एकीकृत समाजवादी) को पार्टी केन्द्रीय कार्यालय आलोक नगरमा बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहालको निधन भएपछि मोर्चाको बैठक बस्न सकेको थिएन ।
काठमाडौँको ढुङ्गेधारामा बसले ठक्कर दिँदा दुई जनाको मृत्यु, एक घाइते
काठमाडौँको वनस्थली ढुङ्गेधारामा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । बालाजुबाट कलङ्कीतर्फ जाँदै गरेको ना५ख ५०९२ नम्बरको गोरखा दरौँदी यातायात कम्पनी प्रालिको बसले आज बिहान विपरीत दिशाबाट आउँदै गरेको प्रदेश०२–०३७प ०७५५ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।
सदन खुलाउन ठुला दलका सचेतकसँग छलफल हुँदै
सदन अवरोध खुलाउने विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरुसँग छलफल गर्ने हुनु भएको छ ।
मतदाता नामावली दर्ता र अद्यावधिक कार्य स्थानीय तहलाई प्रत्यायोजन गरिँदै
निर्वाचन आयोगले मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने कार्यलाई स्थानीय तहमा प्रत्यायोजन गर्ने तयारी गरेको छ। नेपालको संविधान र कानुनले भने निर्वाचन प्रयोजनका लागि मतदाताको नामावली तयार गर्ने कार्य निर्वाचन आयोगले गर्ने स्पष्ट व्यवस्था गरेको छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थानीय तहमा मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने कार्यका लागि स्थानीय तहसँगको समन्वय र सहकार्यमा मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्नेसम्बन्धी कार्यविधि तर्जुमा गर्न लागेको बताउनुभयो।
पाइप बगाउँदा खानेपानीको समस्या
बर्सातका कारण खानेपानीको मुहान र पाइप बगाउँदा नुवाकोटको सदरमुकाम विदुरलगायत नगर क्षेत्रमा खानेपानी आपूर्तिमा समस्या भएको छ ।
डेङ्गुको उच्च जोखिम
बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या तीन हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबारसम्म प्रदेशभरमा तीन हजार ११९ जनामा डेङ्गु सङ्व्मण पुष्टि भएको छ । डेङ्गु सङ्क्रमणका कारण मकवानपुर र चितवनमा एक-एक जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. रविन भुसालले जानकारी दिनुभयो ।
नेकपा एसको पोलिटब्यूरो बैठक बस्दै
नेकपा (एकीकृत समाजवादी) को पोलिटब्यूरो बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा आज दिउँसो बस्ने सो बैठकमा पार्टीको आसन्न केन्द्रीय कमिटी बैठकको लागि कार्यसूची तय गर्नेलगायत विभिन्न विषयमा छलफल हुने छ ।
सुन तस्करीमा पक्राउ परेका चिनियासँग भारतीय आधारकार्ड र नेपाली नागरिकता फेला
हङ्कङबाट मोटरसाइकलमा राख्ने ब्रेक सुमा हालेर ल्याइएको करिब ६१ किलो सुन तस्करीमा पक्राउ परेका चिनियाँ नागरिकसँग भारतीय आधार कार्ड पनि फेला परेको छ ।
भारतका प्रितम राई मेरो भ्वाइस विजेता
नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिभर्स’को उपाधि प्रितम राई (भारत)ले र नृत्यतर्फको ‘मेरो डान्स युनिभर्स’ को उपाधि खुशी कार्की (थाइल्यान्ड)ले हात पारेका छन् ।
पशुपति क्षेत्र विकास कोषलाई आठबुँदे प्रस्टीकरण
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषलाई आठबुँदे स्पष्टीकरण सोधेको छ। मन्त्रालयले पशुपति क्षेत्र विकास कोषबाट व्यवस्थापन भइरहेका विभिन्न विषयमा प्रस्ट जानकारीसहित सात दिनमा जवाफ बुझाउन पत्र पठाएको हो। मन्त्रालयले कोष अन्तर्गतका पसल, भवन, पार्क, धर्मशालाको सञ्चालनका निम्ति कोषसँग कुन बेहोराको सम्झौता भएको छ भन्ने विषयमा सम्झौताका प्रमाणित प्रतिलिपि पेस गर्नुभनेको छ। पत्रमा सम्झौता अनुरूप कोषलाई तिर्न बुझाउनुपर्ने तोकिएको रकममध्ये हालसम्म असुल भएको रकम तथा बक्यौता रकम अङ्क कति छ र सम्झौताबमोजिमको असुलउपर हुनुपर्ने पूरै रकम असुल उपर नभई बक्यौता रहेको भए सोको विवरण र कारण पेस गर्न भनिएको छ। पशुपति क्षेत्र विकास कोषबाट गरिएका सम्झौताबमोजिमको असुलउपर
सल्लाहकार महर्जन र उपसम्पादक तिवारी सम्मानित
गोरखापत्र संस्थानका सल्लाहकार सम्पादक उपेश महर्जन र दी राइजिङ नेपालका अनलाइन संस्करण संयोजक एवं उपसम्पादक नन्दलाल तिवारी सम्मानित हुनुभएको छ। इनर ह्विल क्लबको शनिबार कीर्तिपुरमा आयोजित पाँचौँ वार्षिकोत्सव तथा चार्टड डे सेलिब्रेसन कार्यक्रममा उहाँहरूलाई सम्मानित गरिएको हो। विकास र महिला सशक्तीकरणको पक्षमा पत्रकारिताका माध्यममार्फत योगदान पु-याएको भन्दै महर्जन र तिवारीलाई सम्मान गरिएको हो। इनर ह्विलकी अध्यक्ष रञ्जना महर्जनले संस्थाले स्वार्थभन्दा सेवा भावलाई उच्च स्थानमा राखेर रक्तदान, मानव तथा सामाजिक सेवा, वृक्षरोपण, सांस्कृतिक प्रवर्धनमा विभिन्न काम गर्दै आएको बताउनुभयो।
चक्रपथका तीन ठाउँमा ‘अन्डरपास’ बन्ने
दोस्रो चरण अन्तर्गत विस्तार गर्न लागिएको चक्रपथको कङ्लकी–महाराजगन्ज खण्डको तीन ठाउँमा गाडी गुड्ने ‘अन्डरपास’ (भेहिकल अन्डरपास) निर्माण हुने भएको छ । कङ्लकी–वसुन्धारा खण्डको गोङ्गबुस्थित नयाँ बसपार्क, बालाजुको ढुङ्गेधारा र वसुन्धरामा ‘अन्डरपास’ निर्माण हुने भएको हो । ‘अन्डरपास’ निर्माणका लागि चीनसँग सहमति भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभागले जनाएको छ । सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले कङ्लकी–महाराजगन्ज खण्डको तीन ठाउँमा गाडी ‘अन्डरपास’ निर्माणका लागि चीनसँग सहमति भएको जानकारी दिनुभयो ।
कामपामा कक्षा १० सम्म दिवा खाजा
काठमाडौँ महानगरपालिकाले मातहतका सबै सामुदायिक विद्यालयका कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराउनेभएको छ। महानगरपालिकाको नगर कार्यपालिकाका अनुसार दिवा खाजा कार्यक्रम भदौ १ देखि लागु गरिएको छ। महानगरपालिकाले यसअघि कक्षा ८ सम्मका विद्यार्थीलाई दिवा खाजा कार्यक्रम सञ्चालन गरेको थियो। सङ्घीय सरकारले कक्षा ५ सम्मका विद्यार्थीलाई दिवा खाजा कार्यक्रम सञ्चालन गरिरहेको छ।
आज राष्ट्रिय सूचना दिवस मनाइँदै
राष्ट्रिय सूचना आयोगले सूचनाको हकको कार्यान्वयनमा सक्रियतापूर्वक भूमिका निर्वाह गर्न/गराउन सार्वजनिक निकायलाई आह्वान गरेको छ । १७ औँ राष्ट्रिय सूचना दिवसका अवसरमा आयोगले शुभकामना तथा प्रतिबद्धतापत्र जारी गरी सो आह्वान गरेको हो । सूचनाको हकसम्बन्धी संवैधानिक तथा कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न/गराउन सार्वजनिक निकायको भूमिका महत्त्वपूर्ण हुने र माग गरिएको सूचना सहज रूपमा प्राप्त गर्दा सार्वजनिक निकायप्रति नागरिकको धारणा सकारात्मक हुने पत्रमा उल्लेख छ ।