सुनको मूल्य हालसम्मकै उच्च
बिहीबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च अर्थात् प्रतितोला एक लाख १३ हजार छ सय रुपियाँ कायम भएको छ ।
विमानस्थल बाहिरबाट बरामद सुन जोख्न राष्ट्र बैङ्क लगिँदै
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँच पास भइसकेपछि बरामद भएको सुनबारे अनुसन्धान भइरहेको राजस्व अनुसन्धान विभागले जनाएको छ ।
एकीकृत समाजवादीको सचिवालय बैठक सुरु
कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा सुरु भएको आजको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले सदस्यहरुले राखेका जिज्ञासाको जवाफ दिनुहुने तथा वर्तमान परिस्थिति र हाम्रो कार्यभारको एजेण्डामा विचार राख्नु हुने सो पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
डेङ्गुबाट चितवनमा दुई हजार सङ्क्रमित
जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार गत आवमा जिल्लाका विभिन्न अस्पतालमा १४ हजार ७२८ जनाको परीक्षण गरिएकामा तीन हजार तीन सय २४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । चितवन बाहिरका छ सय ९५ जना र ठेगाना नखुलेका तीन सय २३ जना डेङ्गुबाट सङ्क्रमित भएका थिए ।
सुन बरामद प्रकरण : एजेन्टसहित छ जना पक्राउ
विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी छ । पक्राउ परेकाको पहिचान खुलाइएको छैन । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको खोजतलासका क्रममा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको उक्त सुन विभागको टोलीले बरामद गरेको थियो ।
उन्नाइस प्रतिशत बालबालिकामा कुपोषण
मकवानपुरको राक्सिराङ गाउँपालिकाका बालबालिकामा कुपोषणको समस्या देखिएको छ। सो गाउँपालिकाको स्वास्थ्य शाखाले पहिलो पटक गरेको बालबालिकाको पोषण अवस्था लेखाजोखा अध्ययनबाट १९ प्रतिशत बालबालिकामा कुपोषण रहेको पाइएको हो। गाउँपालिकाको स्वास्थ्य शाखाका स्वास्थ्य संयोजक विजयकुमार कापरीले स्वास्थ्यकर्मीसहितको टोलीले नौ वटै वडाका टोल र बस्तीमा पुगेर एक हजार ६०४ जना बालबालिकाको पोषण अवस्था जाँच गर्दा तीन सय जना अर्थात् करिब १९ प्रतिशत बालबालिकामा कुपोषणको जटिल समस्या रहेको पाइएको जानकारी दिनुभयो।
मर्मतपछि सञ्चालनमा आयो तेल दल्ने झोलुङ्गे पुल
एक सय वर्षभन्दा अघि बनेको दोलखाको बिगु गाउँपालिका–३ र गौरीशङ्कर गाउँपालिका–८ जोड्ने तामाकोशी नदीको जीर्ण तेल दल्ने जामुने साङ्ले झोलुङ्गे पुल मर्मतपछि प्रयोगमा आएको छ। स्थानीय आचार्यका पुर्खाले १९७३ सालमा र त्यसपछि २००४ सालमा पुनर्निर्माण गरिएको सो पुल मर्मतपछि तेल दलेर सञ्चालनमा आएको छविलाल आचार्यका पनाति अमृतकुमार आचार्यले जानकारी दिनुभयो।
लम्पी स्किनबाट एक सय ५९ पशु मरे
रसुवामा लम्पी स्किन रोगका कारण धमाधम पशुचौपाया मर्न थालेका छन् । पशुचौपाया मर्न थालेछि यहाँका किसान चिन्तित बनेका छन् । हालसम्म जिल्लामा लम्पी स्किनबाट एक सय ५९ पशुचौपाया मरेका छन् ।
सेवा सदनमा महानगरको डोजर
काठमाडौँ महानगरपालिकाले अनामनगरस्थित भद्रकुमारी घले सेवा सदनको भवन भत्काएको छ । महानगरको प्रहरी टोलीले बुधबार डोजर लगाएर सेवा सदनको भवन भत्काएको हो । महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले महानगरको अर्बौं रुपियाँ पर्ने सार्वजनिक जग्गा कब्जा गरी निर्माण गरिएका सो सेवा सदनका केही भवन भत्काइएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “काठमाडौँ महानगरको क्षेत्रमा सो जग्गा पर्छ । सो जग्गाको जग्गाधनी प्रमाणपुर्जा कसैको नाममा छैन । सार्वजनिक जग्गा खाली गराउने महानगरको अभियान अन्तर्गत ती संरचनामा डोजर चलाइएको हो ।”
श्रमिकको अधिकारप्रति संवेदनशील हुन आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले आप्रवासी श्रमिकको अधिकारप्रति संवेदनशील भई वैदेशिक रोजगार व्यवस्थापनमा जिम्मेवार निकायबीच प्रभावकारी समन्वय गर्न आग्रह गरेको छ ।
सही बाटोमा ललिता निवास अनुसन्धान, सुशासनको नवीन आशा
विसं २०२२ जेठ २४ गतेदेखि २०६९ सम्म आइपुग्दा जननिर्वाचित सरकारका प्रथम उपप्रधानमन्त्री एवं नेपाली कांग्रेस संस्थापक सुवर्णशमशेरको नाममा रहेको ललिता निवासको जग्गा सरकारी छाप तथा दस्तखत किर्ते गरी भूमाफियाको कब्जामा पुग्यो। सरकारी कर्मचारी र भूमाफियाको चार सयभन्दा बढीको सङ्गठित गिरोहले करिब २० वर्षको अवधिमा ललिता निवासको १४३ रोपनी सरकारी जग्गा नक्कली मोही खडा गरेर व्यक्ति र नक्कली गुठीका नाममा ल्याएको थियो।
बुढीगण्डकी नदी र आसपास क्षेत्र
गोरखाको गण्डकी गाउँपालिका–८ सिउरेनिटारस्थित बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको फिल्ड कार्यालय उद्घाटन गर्न जाँदा बुढीगण्डकी नदीको अवलोकनका क्रममा बुधबार हेलिकप्टरबाट लिएको बुढीगण्डकी नदी र आसपास क्षेत्रको दृश्य । तस्बिर: प्रदीपराज वन्त/रासस
ल्याण्डफिल्ड साइटका स्थानीयवासी र सरकारको बैठक बिना निष्कर्ष सकियो
ल्याण्डफिल्ड साइट क्षेत्रका प्रभावित स्थानीयवासी र सहरी विकास मन्त्रालयबीचको बैठक बिना निष्कर्ष सकिएको छ ।
ज्यान मुद्दाका सम्राट् शेरचन पक्राउ
वि.सं. २०६६ मा कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादी सम्राट् शेरचन प्रहरीले पक्राउ गरेको छ ।
भद्राकुमारी घलेको घरमा डोजर चल्यो
काठमाडौं, साउन ३ गते । काठमाडौं महानगरपालिकाले धोबीखोला किनारमा रहेको समाजसेवी भद्राकुमारी घलेको निवास भत्काएको छ । सो निवासको नाम भद्रा कुमारी घले सदन राखिएको थियो । महानगरको टोलीले धोबीखोला किनारतर्फ रहेको भवनको पर्खाल डोजरद्वारा भत्काएको हो । अनधिकृत रुपमा सरकारी जमिनमा बनाइएकाले सो भवन भत्काइएको महानगरको टोलीले जनाएको छ ।
कक्षा १२ को नतिजा साउन अन्तिममा आउने
यस वर्षको कक्षा १२ को परीक्षाफल साउन अन्तिम साता प्रकाशन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले कक्षा १२ को परीक्षाफल साउन अन्तिममा प्रकाशन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
‘काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीको यात्रुसँग दुई मिनेट कार्यक्रम’
काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले आजबाट साताव्यापी ‘यात्रुसँग दुई मिनेटʼ ट्राफिक चेतनामूलक कार्यक्रम सुरु गरेको छ ।
विद्यालय शिक्षा ऐन मन्त्रिपरिषदमा विचाराधीन छ : मन्त्री राई
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शिक्षा क्षेत्रमा ऐन, कानुनको रिक्ततालाई पूर्ति गर्न आफूले प्राथमिकता दिएको बताउनुभएको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको आजको बैठकमा उहाँले विद्यालय शिक्षा (सङ्घीय) ऐनको मस्यौदा अहिले मन्त्रिपरिषद्को विषयगत समितिमा विचाराधीन रहेको उल्लेख जानकारी दिनुभयो ।
सुनको मूल्य बढ्यो
बुधबार सुनको मूल्य वृद्धि भएको छ । आज तोलामा छ सय रुपियाँले बढेर एक लाख १३ हजार एक सय रुपियाँ कायम भएको हो ।
प्रदेश समितिलाई उपेक्षा गरे पार्टी सङ्गठन कमजोर बन्छ : सभापति शर्मा
नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पार्टीले प्रदेश समितिलाई उपेक्षा गरेको बताउनुभएको छ ।
असारे विकासको विकल्प खोज्न जरूरी छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बनेका पूर्वाधार नटिक्ने र दुर्लभ स्रोतको सही सदुपयोग नहुने असारे विकासको प्रवृत्तिलाई त्याग्नुपर्ने बताउनुभएको छ ।
सम्पत्ति विवरण बुझाउन राष्ट्रिय सतर्कता केन्द्रको आग्रह
राष्ट्रिय सतर्कता केन्द्रले सार्वजनिक पदधारण गरेका पदाधिकारी तथा कर्मचारीलाई सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० अनुसार सार्वजनिक पद धारण गरेका व्यक्ति तथा कर्मचारीलाई आव २०७९/८० को सम्पत्ति विवरण बुझाउन आग्रह गरिएको उक्त केन्द्रका सूचना अधिकारी तथा उपसचिव हरिप्रसाद शर्माले राससलाई जानकारी दिनुभयो ।
मतदाता अद्यावधिकको अधिकार स्थानीय तहलाई प्रत्यायोजन गर्ने तयारी
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने कार्य, मतदानस्थल र केन्द्र व्यवस्थापन, निर्वाचन र मतदाता शिक्षा प्रदान गर्ने कार्य तथा निर्वाचन सामग्री व्यवस्थापनबारे स्थानीय तहलाई अधिकार प्रत्यायोजनबारे आवश्यक तयारी भइरहेको बताउनुभएको छ ।
सरकारले बनायो डेंगु रोकथाम र नियन्त्रणको कार्ययोजना
सरकारले अहिलेसम्म डेंगु नियन्त्रण कार्यक्रम गर्दै आए पनि स्पष्ट वार्षिक कार्ययोजना बनाइ लागू गरेको यो पहिलो पटक हो ।