भूमिहीनलाई लालपुर्जा वितरण
मकवानपुरको बकैया गाउँपालिका–५ का ११ जना भूमिहीन र दलित परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) पाएका छन्। मकवानपुरको बकैया गाउँपालिकामा शनिबार आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जग्गाधनी पुर्जा वितरण गर्नुभएको हो।
टिकौलीमा सारिँदै कृष्णसार
पूर्वी चितवनको टिकौली जङ्गलमा कृष्णसार ल्याइने भएको छ। कृष्णसारको दीर्घकालीन संरक्षणका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट चितवनमा स्थानान्तरण गर्ने तयारी गरिएको हो। प्राविधिक पक्षको अध्ययन गरी रत्ननगर नगरपालिकाको टिकौलीमा कृष्णसार राख्न आवश्यक तयारीको काम सकिएको नगर प्रमुख प्रह्लाद सापकोटाले जानकारी दिनुभयो। “कृष्णसारलाई आवश्यक पर्ने बासस्थानको निर्माण भइसकेको छ अब विभागले निर्देशन दिएपछि यहाँ ल्याउने छौँ,” उहाँले भन्नुभयो। कृष्णसार आगामी दसैँअघि नै स्थानान्तरण गर्ने गरी काम अगाडि बढेको उहाँले बताउनुभयो।
बालबालिकासम्बन्धी नीतिको मस्यौदा तयार
बालबालिकासँग सम्बन्धित विषयमा राज्यको सरोकार बढ्दै गएको र शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा लगानी वृद्धि हुँदै गएको छ। बालबालिकाको शिक्षामा पहुँच र भर्ना दर बढेसँगै शिशु तथा बाल मृत्यु दर घटेको छ तर बालविवाहको दर उल्लेख्य रूपमा घट्न नसकेको र कतिपय बालबालिका आधारभूत अधिकार उपभोग गर्नबाट वञ्चित रहेको अवस्था छ। बालबालिकासम्बन्धी यी मुद्दा सम्बोधन गर्न तथा बालबालिकाको हक अधिकारसम्बन्धी प्रावधानको व्यावहारिक कार्यान्वयन गर्न प्रदेशको सामाजिक विकास मन्त्रालयले बालबालिकासम्बन्धी नीति, २०८० ल्याउन लागेको छ।
महामारी बन्दै डेङ्गु
नेपालमा डेङ्गु महामारीका रूपमा देखा परेको छ । दुई सातामै दुई हजार नौ सय डेङ्गुका बिरामी थपिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले डेङ्गु महामारी बढ्दै गएको बताउनुभयो । उहाँले शनिबार बेलुकीसम्म सुनसरीमा मात्रै दुई हजार पाँच सय जना डेङ्गुका बिरामी पुष्टि भएको जानकारी दिनुभयो । महाशाखाले गत असार २५ गते सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत पुसदेखि एक हजार १९२ डेङ्गुका सङ्क्रमित थिए । त्यसयता सङ्क्रमितको सङ्ख्या चार हजार पुगेको बताउँदै उहाँले भन्नुभयो, “हामी डेङ्गु नियन्त्रणका लागि अहिले धरानमा छौँ ।”
ललिता निवास प्रकरण : अधिकांशको बयान सकियो
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नापी विभागका तत्कालीन कर्मचारी अरुणकुमार श्रेष्ठ रहेको ब्युरोले जनाएको छ । श्रेष्ठले उक्त सरकारी जग्गामा मोही प्रमाणित गराई व्यक्तिका नाममा नामसारी गर्न भूमिका निर्वाह गरेको ब्युरोले जनाएको छ । सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले श्रेष्ठसँगै ललिता निवास प्रकरणमा जोडिएका हालसम्म १९ जना पक्राउ परेको जानकारी दिनुभयो । उहाँले यस प्रकरणमा थप व्यक्तिको समेत मिलेमतो देखिएकाले उनीहरूमाथि ब्युरोले अनुसन्धानसँगै निगरानी पनि बढाएको बताउनुभयो । उहाँले पक्राउ परेका आरोपितमध्ये अधिकांशको बयान तथा सोधपुछ सकिएको समेत जानकारी दिनुभयो ।
ललिता निवासको सरकारी जग्गा प्रकरण थप एक पक्राउ
ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा प्रहरीले आज थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नापी विभागका तत्कालीन कर्मचारी अरुणकुमार श्रेष्ठ रहेका केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले राससलाई जानकारी दिनुभयो ।
पुष्पलाल नेपालको राष्ट्रिय विभूति हुनुहुन्छ : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल राष्ट्रिय विभूति भएको भन्दै समग्र रामेछापको विकासका लागि उहाँको जन्मथलो भंगेरीको विकासमा दलगत स्वार्थभन्दा माथि उठ्न आवश्यक रहेको बताउनुभएको छ ।
मौद्रिक नीति पारित गर्न राष्ट्र बैंक सञ्चालन समितिको बैठक
राष्ट्र बैंकका सूचना अधिकारी नारायणप्रसाद पोखरेलका अनुसार मौद्रिक नीति पारित गर्नका लागि अहिले सञ्चालन समितिको बैठक बसिरहेको छ ।
वन मन्त्रालयका आठ सहसचिवको सरुवा
वन तथा वातावरण मन्त्रालयले मातहतका आठ सहसचिवको सरुवा गरेको छ । मन्त्रालयले बिहीबार सहसचिवहरु सरुवा गरेको जनाएको छ ।
झ्याप् झ्याप् विद्युत जाने समस्याले हैरान उपत्यकावासी
काठमाडौं उपत्यकामा पछिल्लो समय पटक–पटक विद्युत जाने समस्या दाेहोरिएको छ । कीर्तिपुरका विनोद थापा खाना पकाउने समयमा विद्युत जाँदा अप्ठ्यारो परेको बताउनुहुन्छ । उहाँ जस्तै उपत्यकाबासीले यो हैरानी खेप्नु परेको छ ।
आफ्नो-आफ्नो पसल थापेका कम्युनिष्टहरुलाई एकताबद्ध गर्नुपर्छ: अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिस्ट पार्टीहरूलाई एक ठाउँमा ल्याउने कुरामा हरेस खानु नहुने बताउनुभएको छ ।
वडाध्यक्षको पारिश्रमिकबाट विपन्नको बिमा र सुत्केरीलाई पोषण
चितवनको इच्छाकामना गाउँपालिका–४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीले आफ्नो पारिश्रमिकबाट ६१ परिवारको निःशुल्क स्वास्थ्य बिमा गराउनुभएको छ। आर्थिक वर्ष २०७९/८० मा वडाध्यक्षको हैसियतले आफूले पाउने एक वर्षको रकमबाट विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बिमा गराएको वडाध्यक्ष उप्रेतीले जानकारी दिनुभयो। वडाध्यक्ष उप्रेतीले गाउँपालिका स्वास्थ्य शाखा अन्तर्गत बिमा बोर्डलाई दुई लाख १३ हजार पाँच सय रुपियाँको चेक हस्तान्तरण गर्नुभएको छ। वडाध्यक्ष उप्रेतीले भन्नुभयो, “वडावासीको स्वास्थ्यको विषयमा चुनावमा मैले जे बोलेको थिएँ, त्यो क्रमशः पूरा गर्दै जाने छु।”
विद्यार्थी टिकाउ दर र आकर्षण वृद्धि
सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढाउन बागमती प्रदेश सरकारले ती विद्यालयलाई बस खरिदमा अनुदान दिँदै आएको छ। सामुदायिक विद्यालयमा माथिल्लो कक्षा चढ्दै जाँदा विद्यार्थी टिकाउ दर घट्दै जाने प्रवृत्ति देखिएपछि प्रदेश सरकारले विद्यालयलाई बसमा अनुदान दिन थालेको हो। विद्यालयको आफ्नै बस भएपछि टाढाबाट विद्यालय आउने सामुदायिक विद्यालयका विद्यार्थीलाई समयको बचत र आउजाउ गर्न सहज भएको छ। प्रदेश सरकारले बस खरिदमा प्रतिविद्यालय २५ लाख रुपियाँ अनुदान दिँदै आएको छ। अनुदानमा आयात गरिने बसमा भन्सारलगायतका कर विद्यालयले छुट पाउने व्यवस्था रहेको छ।
‘लम्पी स्किन’बाट काभ्रेमा छ सय ८१ पशु मरे
लम्पी स्किनका कारण काभ्रेपलाञ्चोकमा ३० हजार सात सय ४३ पशु सङ्क्रमित बनेका छन् । यो रोगबाट जिल्लामा छ सय ८१ पशुचौपाया मरेका भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।
वीरका कार्यकारी निर्देशकको राजनीतिक आबद्धताबारे छानबिन
राजनीतिक दलको सदस्य रहेको आरोप प्रमाणित भएपछि चार जना प्राध्यापकलाई कारबाहीको सिफारिस गरेको निर्वाचन आयोगले वीर अस्पतालका कार्यकारी निर्देशक डा. सन्तोष पौडेल राजनीतिक दलको सदस्य रहेको उजुरीमा कारबाही अगाडि बढाएको छ। निर्देशक पौडेल नेकपा (एमाले) को सङ्गठित सदस्य तथा जनसङ्गठन राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपालको महासचिव पदमा कार्यरत रहेको उजुरी परेको थियो।
जनशक्ति अभाव झेल्दै परराष्ट्र
जनशक्तिको अभावका कारण परराष्ट्र मन्त्रालयको कार्यसम्पादनमै गहिरो असर परेको छ । परराष्ट्र आमजनतासँग प्रत्यक्ष नजोडिने भए पनि राहदानीको अत्यावश्यक सेवा भने यसै मन्त्रालयअन्तर्गत छ । राहदानी विभागमा आवश्यक कर्मचारी तथा प्राविधिक नहुँदा राहदानी प्रदान गर्ने सेवा नै प्रभावित हुने गरेको छ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय र पर्यटन समितिको बैठकमा केही दिनअघि प्रस्तुत गर्नुभएको प्रतिवेदन अनुसार पनि मन्त्रालयमा जनशक्तिको चरम अभाव छ । जनशक्ति अभावका कारण राहदानी वितरण र मन्त्रालयको आवश्यक काममा असर पुगेको जानकारी उहाँले गराउनुभएको थियो । उहाँका अनुसार मन्त्रालय अन्तर्गत देशभित्र र बाहिरका निकायमा कर्मचारीको सङ्ख्या अत्यन्त न्यून छ, जसका कारण विदेशस्थित दूतावासले सेवा विस्तार गर्न सकेका छैनन् । त्यसक्रममा उहाँले भन्नुभयो, “अत्याधुनिक प्रविधि ल्याएका छौँ तर त्यसको सञ्चालन गर्ने प्राविधिक जनशक्ति पर्याप्त नहुँदा व्यवस्थित सेवा दिन सकेका छैनौँ ।”
बीपी सङ्ग्रहालयमा विशेष काव्य वाचन
नेपाली राजनीति तथा साहित्यका शिखर पुरुष विश्वेश्वरप्रसाद कोइरालाको ४१ औं स्मृति दिवसका अवसरमा विद्युतकर्मी साहित्य समाजद्वारा शनिबार सुन्दरीजलस्थित बीपी सङ्ग्रहालयमा आयोजित विशेष काव्य वाचन कार्यक्रम सम्पन्न भएको छ ।
अर्थतन्त्रमा देखिएका बेथिति अन्त्य गर्न लागेको छु : अर्थमन्त्री डा. महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका बेथितिको अन्त्य गर्न लागिपरेको बताउनु भएको छ ।
राजमार्ग विस्तार र सुरुङ मार्ग निर्माणको काम अघि बढ्छ : मन्त्री ज्वाला
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सरकारले बीपी राजमार्गको विस्तार तथा सुरुङ मार्ग निर्माणको विषयमा जापान सरकारसँग छलफल गरी काम अघि बढाउने बताउनुभएको छ ।
सत्तारुढ गठबन्धनलाई तोड्ने षडयन्त्र भइरहेको छ : माधवकुमार नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धनलाई तोड्ने अनेक षडयन्त्र भइरहेको दाबी गर्नुभएको छ।
नाटकघरमा ‘ट्रान्जिट’ र ‘हिउँभन्दा चिसो’
बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा नाटक ‘ट्रान्जिट’ मञ्चन भइरहेको छ । शुक्रबारदेखि नियमित मञ्चन भइरहेको उक्त नाटक भदौ २ गतेसम्म मञ्चन हुनेछ ।
बलियो कम्युनिष्ट पार्टी अहिलेको आवश्यकता : पम्फा भुसाल
नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले बलियो कम्युनिष्ट पार्टी अहिलेको आवश्यकता भएको बताउनुभएको छ ।
उपत्यकामा थुप्रिएको फोहोर उठ्न थाल्यो
काठमाडौं महानगरपालिकाले उपत्यकामा थुप्रिएको फोहोर व्यवस्थापन गर्न थालेको छ । नुवाकोटको सिसडलका बासिन्दाले केही दिन अघि फोहोरका कारण दुर्गन्ध फैलिएको भन्दै फोहोर फाल्न अवरोध गर्दै आएका थिए ।
बीपी कोइराला गतिशील व्यक्तित्व हुनुहुन्थ्यो : अर्थमन्त्री डा. महत
नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले बीपी कोइराला गतिशील व्यक्तित्व भएको बताउनुभयो ।