सरकारी सूचना प्रवाहलाई एकद्वार प्रणालीबाट व्यवस्थित गरिनुपर्छ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माले सरकारी सूचना प्रवाहलाई एकद्वार प्रणालीबाट व्यवस्थित गर्नुपर्ने बताउनुभएको छ ।
तीन महिनामा १४ हिमाल चढेर हरिला र शेर्पाद्वारा नयाँ रेकर्ड
काठमाडौँ नर्वेकी आरोही क्रिस्टिन हरिला र नेपाली गाइड तेन्जेन (लामा) शेर्पाले विश्वको दोस्रो अग्लो केटु हिमालको सफल आरोहण गर्नुभएको छ ।
भित्तेचित्र कोर्नुहुँदै ८२ वर्षीय चित्रकार
भक्तपुर नगरपालिका–९ तचपालस्थित भीमसेन मन्दिरको पाटीमा कालभैरवको भित्तेचित्र कोरिएको छ । ८२ वर्षीय रामकृष्ण चित्रकारले भिमसेन मन्दिरको पाटीमा कालभैरबको भित्तेचित्र कोर्नुभएको हो ।
दृढताका साथ काम गर्न विमानस्थलका कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन
अर्थमन्त्री डा प्रकाशशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भन्सार विभागमा कार्यरत कर्मचारीलाई दृढताका साथ काम गर्न निर्देशन दिनुभएको छ ।
आइटी जनशक्तिलाई देशभित्रै काम गर्ने वातावरण बनाउँछौँ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा काम गर्ने जनशक्तिलाई सरकारी सेवामा सम्मानजनक काम गर्ने वातावरण बनाउन लागिरहेको बताउनुभएको छ ।
‘लम्पी स्किन’ रोगलाई महामारी घोषणा गर्न माग
राष्ट्रिय किसान सञ्जालले मुलुकभर पशुमा देखिएको ‘लम्पी स्किन’ रोगलाई महामारी घोषणा गर्न माग गरेको छ । साथै रोगको शीघ्र नियन्त्रण, पशुबस्तुमा क्षति पुगेका किसानलाई राहत, क्षतिपूर्ति र बिमाको भुक्तानी दिन पनि सञ्जालले माग गरेको छ ।
बहुवर्षीय योजनाको मापदण्ड नहुँदा समस्या : मुख्यमन्त्री जम्कट्टेल
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बहुवर्षीय योजनाको मापदण्ड नहुँदा प्रदेशबाट जथाभावी योजना परेकाले ती योजनाको निर्माण सम्पन्न गर्न समस्या भइरेहको बताउनुभएको छ ।
‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ राष्ट्रिय सभाबाट पारित
राष्ट्रिय सभाको दोस्रो बैठकले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’, २०८० पारित गरेको छ । मिटरब्याज पीडितको समस्यालाई सम्बोधन गरी पीडकलाई कारबाही गर्ने प्रयोजनका लागि सो विधेयक ल्याइएको हो ।
हाँडे/गलफुलो लक्षण देखिए स्वास्थ्य संस्थामा सम्पर्क गर्न मन्त्रालयको आग्रह
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हाँडे/गलफुलो लक्षण देखिए स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेको छ ।
वैदेशिक रोजगारीका लागि पठाइदिन्छु भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ
वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
एमालेले तोक्यो प्रदेश कमिटीको अधिवेशन
नेकपा (एमाले)ले प्रदेश कमिटी अधिवेशनको मिति तोकेको छ । गण्डकीबाहेक सबै प्रदेश कमिटीले अधिवेशनको मिति तोकेको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
राष्ट्रिय सभा बैठक : ‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ टेबुल
राष्ट्रिय सभाको बैठकमा प्रतिनिधिसभाबाट पारित भई सन्देशसहित प्राप्त ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’, २०८० बैठकमा टेबुल भएको छ ।
डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै : चार दिनमै थपिए ३३०
पछिल्लो समय डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीका अनुसार पछिल्लो चार दिनमा ३३० जना डेंगु सङ्क्रमित थपिएका छन् ।
कोशी सरकार गठनविरुद्धको मुद्दाको फैसला आज
सर्वोच्च अदालत दायर भएको कोशी प्रदेशमा सरकार गठन प्रक्रियाविरुद्धको मुद्दाको फैसला आज आउने भएको छ ।
उपरदाङगढीको जीर्णोद्धार थालियो
चितवनको ऐतिहासिक क्षेत्र उपरदाङगढीेको जीर्णोद्धार सुरु गरिएको छ । इच्छाकामना गाँउपालिकाले जिल्लाको पुरानो सदरमुकामसमेत रहेको उपरदाङगढीको भौतिक संरचना संरक्षणका लागि जीर्णोद्धार सुरु गरेको हो ।
तोकिएको समयमा कर बुझाउन महानगरको आग्रह
काठमाडाैं महानगरपालिकाले तोकिएको अवधिभित्रै आफ्नो व्यवसायको कर बुझाउन आग्रह गरेको छ । काठमाडौँ महानगर पालिकाको राजस्व विभागले सूचना जारी गर्दै कर बुझाउन तथा र छुट सुविधा लिनसमेत अनुरोध गरेको छ ।
आजदेखि बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घट्ने
बागमती प्रदेशले आज (बिहीबार) देखि सार्वजनिक यातायातको भाडा घटाउने भएको छ । गत जेठ ११ मा भाडा समायोजन गरेको प्रदेशले पुनः भाडादर घटाउन लागेको हो ।
रसुवागढी नाकामा चहलपहल बढ्यो
चीनसित जोडिएको उत्तरी नाका रसुवागढीमा पछिल्लो समय चहलपहल बढ्दै गएको छ । कोरोना महामारीपश्चात् आवतजावत बन्द भएको सो नाका गत चैत १८ गतेदेखि पुनःसञ्चालनमा आएपछि व्यापार तथा पर्यटकीय गतिविधि बढेको हो ।
उच्च शिक्षण संस्थामा घट्दै छन् विद्यार्थी
नेपालका ५३६ मध्ये पाँच सय वटा सामुदायिक क्याम्पसमा एक सयभन्दा कम विद्यार्थी छन् । पछिल्ला केही वर्षयता विश्वविद्यालय र क्याम्पसले विद्यार्थी चरमको अभाव झेल्न थालेका छन् । कृषि तथा वन विश्वविद्यालयमा कोटाको करिब ६० प्रतिशत सिट पूर्ति हुन सकेको छैन । इन्जिनियरिङ कलेजले सिट सङ्ख्याको करिब ४० प्रतिशत विद्यार्थी भर्ना पाएनन् । निकै स्तरीय मानिएको काठमाडौँ विश्वविद्यालयले समेत यति बेला पूर्ण सङ्ख्यामा विद्यार्थी भर्ना गर्न पाएको छैन । प्राविधिक शिक्षामा करिब ५१ प्रतिशत सिट रिक्त छन् । आयुर्वेद शिक्षामा पनि विद्यार्थी भर्ना दर घट्दो दरमा छ ।
सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाइए
काठमाडौँको टोखा नगरपालिकाले नगरभित्र सार्वजनिक जग्गा मिचेर बनाएका अवैध संरचना हटाएको छ । नगरभित्रको सार्वजनिक जग्गा अवैधरुपमा कब्जा गरेर बनाएका संरचना डोजर लगाएर हटाउन थालिएको हो ।
आकर्षक गन्तव्य बन्दै नारायणी नदी किनार
प्रदर्शनी मैदानको नामले परिचित नारायणी नदी किनार हिजोआज आन्तरिक पर्यटकका लागि गन्तव्य बनेकोे छ । नारायणी नदीको पुलदेखि उत्तरतर्फ समुद्री तट (सी बिच) कै झल्को दिने गरी पूर्वाधार निर्माण गरिएपछि यसको आकर्षण बढेको हो ।
आफ्नै स्रोतबाट पुल निर्माण गर्दै मेलम्ची
मेलम्ची नगरपालिकाले आफ्नै स्रोतबाट वडा नं. ११ को फट्टेस्थित मेलम्ची नदीमा मोटरेबल पुल निर्माण गर्ने भएको छ । २०७८ असार १ को भीषण मेलम्ची बाढीले फट्टेको पक्की पुल बगाएपछि दुई वर्षसम्म अस्थायी रूपमा नदीमा ह्युमपाइप राखेर स्थानीयले आवतजावत गर्दै आएका थिए ।
माथिल्लो तामाकोसीको हकप्रद शेयर निष्कासन गर्ने तयारी
दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले भदौ महिनाको दोस्रो साता हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ । आयोजनाले रोल्वालिङ डाइभर्सन निर्माणका लागि थप पुँजी सङ्कलन गर्न शेयर धनीहरूलाई १ः१ का दरले हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको हो ।
एक सय ३९ वटा विवाद मेलमिलापबाट समाधान
चितवनका खैरहनी नगरपालिकाको न्यायिक समितिले एक सय ३९ वटा विवादलाई मेलमिलापबाट समाधान गरेको छ ।